ग्यास उद्योगीले पिडिओ खरीद गरे, आजबाट ग्यासको बिक्री वितरण सहज  « Khabarhub

ग्यास उद्योगीले पिडिओ खरीद गरे, आजबाट ग्यासको बिक्री वितरण सहज 


२२ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल आयल निगमसँग सहमति भएसँगै ग्यास उद्योगीले आजदेखि एलपी ग्यासको ‘प्रोडक्ट डेलिभरी अर्डर’ (पिडिओ) खरीद गर्ने भएका छन् ।

निमगसँगको सहमतिपछि आजैदेखि ग्यास उद्योगीले निगमबाट पिडिओ खरीद गर्ने नेपाल एलपी ग्यास उद्योग सङ्घले जनाएको छ । कमिसन वृद्धिलगायतको माग राखेर आन्दोलन गर्दै आएका उद्योगीले यही फागुन १७ गतेदेखि पिडिओ खरीद गरेका थिएनन् ।

निगम र उद्योगीबीच मङ्गलबार एलपी ग्यासको पिडिओ खरीद गरी ग्यासको बिक्री वितरण सहज बनाउने समझदारी भएको थियो । एलपिजीलगायत पेट्रोलियम पदार्थको व्यवस्थापन तथा समग्र सुधारको मार्गचित्र तय गर्न एक उच्चस्तरीय समिति गठन गर्ने समझदारी भएको छ ।

व्यवसायीले पिडिओ खरीद नगर्दा ग्यासको आयात बन्द भएको थियो । आयात ठप्प भएपछि बजारमा ग्यासको असन्तुलन देखिएको थियो । हाल नेपालमा ५९ वटा ग्यास उद्योग रहेका छन् । ती उद्योगले भारतका पारादिप, हल्दिया, बरौनी र मथुरामा रहेको रिफाइनरीबाट ग्यास लोड गर्दै आएका थिए ।

प्रकाशित मिति : २२ फाल्गुन २०७५, बुधबार  १२ : १९ बजे

तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणले गति लिँदै

तनहुँ- तनहुँको ऋषिङ गाउँपालिका-१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ

दसैँअघि यातायात सञ्चालनयोग्य सडक बनाउन विपद् व्यवस्थापन समितिको निर्देशन

खोटाङ – जिल्ला विपद् व्यववस्थापन समिति खोटाङले दसैँअघि जिल्लाका सबै

ब्राजिलमा लुला र बोल्सोनारोबीच प्रतिस्पर्धा हुने राष्ट्रपतीय चुनावका लागि मतदान

काठमाडौं – ब्राजिलका जनता आइतबार राष्ट्रपति चयनका लागि भएको चुनावमा

हरित क्रान्तिमार्फत समृद्धिको सङ्कल्प पूरा गर्नुपर्छ : घिसिङ

काभ्रे – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले हरित क्रान्तिलाई

२६ तस्बिरमा कांग्रेस महाधिवेशन

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिकका प्रश्न, असहमति