टीकापुर घटनाका ११ अभियुक्त थुनामुक्त « Khabarhub

टीकापुर घटनाका ११ अभियुक्त थुनामुक्त


२२ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- टीकापुर घटनासँग सम्बनि्धत मुद्दाका ११ जना अभियुक्त थुनामुक्त भएका छन् ।

टीकापुर घटनामा ५८ जनाविरुद्ध मुद्दा दर्ता भएकोमा जिल्ला अदालत कैलालीले बुधवार ११ जनालाई थुनामुक्त गरेको हो ।

जिल्ला अदालत कैलालीले प्रतिवादीहरुमध्ये लक्ष्मण थारु (चौधरी), लाहुराम चौधरी, रामकुमार कठरिया, सन्तराम चौधरी, विश्राम भनिने जीत बहादुर डगौरा, प्रेम बहादुर चौधरी, किशनलाल चौधरी, दिलबहादुर चौधरी, संगम भनिने सन्तोष थारु चौधरी, विश्राम चौधरी, चुन्की राम चौधरी र रामप्रसाद चौधरी गरी १२ जनालाई ३ वर्ष कैद सजाय सुनाएको थियो । जसमध्ये ११ जना अभियुक्तको पुर्पक्षका लागि थुनामै रहेका बेला कैद भुक्तान भइसकेकाले थुनामुक्त गर्न अदालतले आदेश जारी गरेको हो ।

३ वर्ष कैद सजाय सुनाइएकामध्ये चुन्नीराम चौधरी ३० फागुन २०७५ देखि थुनामा रहेकाले उनले बाँकी रहेको अवधिसम्म थुनामा बस्नुपर्ने अदालतले फैसला सुनाएको छ ।


*यसअघि समाचारमा थुनामुक्त हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ ।

 

प्रकाशित मिति : २२ फाल्गुन २०७५, बुधबार  १ : ४० बजे

शुक्रबार झापामा सबैभन्दा बढी वर्षा

काठमाडौं- मौसम बदली कायम रहँदा शुक्रबार पनि देशका विभिन्न जिल्लामा

समानुपातिक सांसदको नाम टुंग्याउन रास्वपाले डाक्यो सचिवालय बैठक

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सचिवालय बैठक डाकेको

चुनावमा महावीरले बचाए २७ लाख रुपैयाँ

काठमाडौँ- नवनिर्वाचित स्वतन्त्र सांसद महावीर पुनले आफ्नो चुनावी अभियानबाट करिब

प्रधानमन्त्री कार्कीलाई भेटेपछि सुदनले भने : प्रत्येक मिनेट राष्ट्रका लागि महत्त्वपूर्ण छ

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित प्रतिनिधिसभा सदस्य सुदन गुरुङले प्रधानमन्त्री

राम्रो खेल्न सक्ने नेपाली फुटबल खेलाडी थोरै छन् : मुख्य प्रशिक्षक एरिना

काठमाडौँ– नेपाली राष्ट्रिय फुटबल टोलीका नवनियुक्त मुख्य प्रशिक्षक गुग्लिइल्मो एरिनाले