१ करोड खर्च भएको वायु सौर्य आयोजना ६ महीनादेखि ठप्प « Khabarhub

१ करोड खर्च भएको वायु सौर्य आयोजना ६ महीनादेखि ठप्प


२२ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौँडा–  १ करोड ११ लाखको लागतमा मकवानपुरको बागमती गाउँपालिकामा निर्माण गरिएको वायु सौर्य मिश्रित आयोजना विगत ६ महिनादेखि ठप्प भएको छ । गाँउपालिका–५ भोर्लेनीमा स्थापित उक्त आयोजना नेपालको दोस्रो वायु सौर्य मिश्रित आयोजना हो । आयोजनाको ब्याट्री पड्किएको र उपकरणको मर्मत सम्भार नगर्दा आयोजनाको काम ठप्प भएको हो ।

२०७२ सालमा निर्माण गरिएको २५ किलोवाट क्षमताको आयोजनामा सौर्य शक्तिबाट १५ किलोवाट र हावाबाट १० किलोवाट विद्युत् उत्पादन हुँदै आएको थियो । भोर्लेनी वायु तथा सौर्य ऊर्जा उपभोक्ता समितिका अध्यक्ष पदमबहादुर घलानका अनुसार आयोजना सञ्चालन भएदेखि नै समस्या थियो । आयोजनामा जडान गरिएका १०० ब्याट्रीमध्ये ४० ब्याट्री मात्र काम लाग्ने थिए । गत असोजमा ती ४० ब्याट्री पनि पड्किएपछि आयोजनाको विद्युत उत्पादन बन्द भएको छ ।

उपभोक्ता समितिको लामो मागपछि वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबाट प्राविधिकरूपमा आयोजनाको निरीक्षण भएको थियो । केन्द्रका प्राविधिकका अनुसार त्यस क्षेत्रमा विद्युत् सेवा गइसकेकाले आयोजनाको इन्भर्टर र ब्याट्रीलगायतका उपकरण परिवर्तन गरी सञ्चालन गरिने र उत्पादित विद्युत् नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय प्रसारण लाइन (ग्रिड) मा जोडिनेछ ।

एक सय ३१ परिवार लाभान्वित हुँदै आएको आयोजनाबाट त्यस क्षेत्रमा राति पाँच घण्टा सौर्य विद्युत वितरण हँुदै आएको थियो । प्राविधिकका अनुसार एशियाली विकास बैंकको सहयोगमा आयोजनाको स्तरोन्नति गरेर विद्युत ग्रिडमा जोड्ने गरी काम हुने बताइएको छ ।

यसअघि नवलपरासीको धौवादीमा वायुसौर्य मिश्रित आयोजना निर्माण गरिएको थियो । हेटौँडादेखि पूर्वी क्षेत्रमा पर्ने बागमतीको भोर्लेनीमा साँझपख निरन्तर हावा चल्ने भएकाले अनुसन्धानपछि त्यहाँ उक्त आयोजना निर्माण गरिएको समितिका अध्यक्ष घलानले बताए।

प्रकाशित मिति : २२ फाल्गुन २०७५, बुधबार  ५ : ०९ बजे

रास्वपा महाधिवेशनमा आज बन्दसत्र हुँदै, सभापति लामिछानेले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को राष्ट्रिय महाधिवेशन अन्तर्गत आज बन्दसत्र

फोटो लाइब्रेरीले खिचेको तोसिमा कार्कीको फोटोमा कसले गर्‍यो छेडखानी ?

काठमाडौँ – चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम

यी भूभागमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

राप्रपा बैठक बहिष्कारबारे पूर्वअध्यक्षको स्पष्टीकरण: ‘पार्टी कमजोर भएको मूकदर्शक बनेर हेर्न सक्दैनौँ’

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को हालै सम्पन्न केन्द्रीय

पहिलो पटक विश्वकप खेलेको केप भर्डेको तहल्का: स्पेनपछि उरुग्वेलाई झट्का

मियामी – पहिलो पटक विश्वकप खेलिरहेको केप भर्डेले आफ्नो सनसनीपूर्ण