१ करोड खर्च भएको वायु सौर्य आयोजना ६ महीनादेखि ठप्प | Khabarhub Khabarhub

१ करोड खर्च भएको वायु सौर्य आयोजना ६ महीनादेखि ठप्प


२२ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौँडा–  १ करोड ११ लाखको लागतमा मकवानपुरको बागमती गाउँपालिकामा निर्माण गरिएको वायु सौर्य मिश्रित आयोजना विगत ६ महिनादेखि ठप्प भएको छ । गाँउपालिका–५ भोर्लेनीमा स्थापित उक्त आयोजना नेपालको दोस्रो वायु सौर्य मिश्रित आयोजना हो । आयोजनाको ब्याट्री पड्किएको र उपकरणको मर्मत सम्भार नगर्दा आयोजनाको काम ठप्प भएको हो ।

२०७२ सालमा निर्माण गरिएको २५ किलोवाट क्षमताको आयोजनामा सौर्य शक्तिबाट १५ किलोवाट र हावाबाट १० किलोवाट विद्युत् उत्पादन हुँदै आएको थियो । भोर्लेनी वायु तथा सौर्य ऊर्जा उपभोक्ता समितिका अध्यक्ष पदमबहादुर घलानका अनुसार आयोजना सञ्चालन भएदेखि नै समस्या थियो । आयोजनामा जडान गरिएका १०० ब्याट्रीमध्ये ४० ब्याट्री मात्र काम लाग्ने थिए । गत असोजमा ती ४० ब्याट्री पनि पड्किएपछि आयोजनाको विद्युत उत्पादन बन्द भएको छ ।

उपभोक्ता समितिको लामो मागपछि वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबाट प्राविधिकरूपमा आयोजनाको निरीक्षण भएको थियो । केन्द्रका प्राविधिकका अनुसार त्यस क्षेत्रमा विद्युत् सेवा गइसकेकाले आयोजनाको इन्भर्टर र ब्याट्रीलगायतका उपकरण परिवर्तन गरी सञ्चालन गरिने र उत्पादित विद्युत् नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय प्रसारण लाइन (ग्रिड) मा जोडिनेछ ।

एक सय ३१ परिवार लाभान्वित हुँदै आएको आयोजनाबाट त्यस क्षेत्रमा राति पाँच घण्टा सौर्य विद्युत वितरण हँुदै आएको थियो । प्राविधिकका अनुसार एशियाली विकास बैंकको सहयोगमा आयोजनाको स्तरोन्नति गरेर विद्युत ग्रिडमा जोड्ने गरी काम हुने बताइएको छ ।

यसअघि नवलपरासीको धौवादीमा वायुसौर्य मिश्रित आयोजना निर्माण गरिएको थियो । हेटौँडादेखि पूर्वी क्षेत्रमा पर्ने बागमतीको भोर्लेनीमा साँझपख निरन्तर हावा चल्ने भएकाले अनुसन्धानपछि त्यहाँ उक्त आयोजना निर्माण गरिएको समितिका अध्यक्ष घलानले बताए।

प्रकाशित मिति : २२ फाल्गुन २०७५, बुधबार  ५ : ०९ बजे

अर्थतन्त्रको दिगो विकासका लागि ठोस गृहकार्य आवश्यक : अध्यक्ष मल्ल

काठमाडौं – नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले मुलुकको

नेपाल बैंक र एक्जिम बैंकबीच आयात निर्यात व्यापार सम्झौता

काठमाडौं – नेपाल बैंक लिमिटेड र एक्जिम बैंक इन्डियाबीच आयात

‘द आर्चिज’बाट को–कस्ले गर्दैछन् डेब्यु ?

काठमाडौं – द आर्चिजबाट कयौँ स्टार किड्ज आफ्नो एक्टिङ डेब्यु

एनसेलको खरिदबिक्री छानबिन गर्न समिति गठन हुने

काठमाडौं – एनसेलको सेयर खरिदबिक्री प्रकरणबारे विस्तृत छानबिन गर्न समिति

‘एनिमल’ले शाहरुखको ‘पठान’लाई उछिन्यो

काठमाडौं – रणवीर कपुर स्टारर ‘एनिमल’ले प्रदर्शनको तीन दिनमा भारतीय