पहिलो पटक विश्वकप खेलेको केप भर्डेको तहल्का: स्पेनपछि उरुग्वेलाई झट्का « Khabarhub

पहिलो पटक विश्वकप खेलेको केप भर्डेको तहल्का: स्पेनपछि उरुग्वेलाई झट्का

पूर्वविजेता उरुग्वे २-२ को बराबरीमा रोकियो


८ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


870
Shares
  • change font
  • change font
  • change font

मियामी – पहिलो पटक विश्वकप खेलिरहेको केप भर्डेले आफ्नो सनसनीपूर्ण प्रदर्शनलाई जारी राख्दै दुई पटकको पूर्वविजेता उरुग्वेलाई रोमाञ्चक बराबरीमा रोकेको छ। मियामीमा सोमबार बिहान सम्पन्न समूह ‘एच’ को खेलमा केप भर्डेले उरुग्वेसँग २-२ गोलको बराबरी खेल्दै अंक खोस्न सफल भएको हो।

आफ्नो पहिलो खेलमा बलियो स्पेनलाई गोलरहित बराबरीमा रोकेर सबैलाई आश्चर्यमा पारेको केप भर्डेले खेलको २१ औं मिनेटमै खेलमा अप्रत्याशित अग्रता लिएको थियो। केभिन पिनाले करिब ३० यार्ड टाढाबाट प्रहार गरेको फ्रिकिक उरुग्वेको डिफेन्सिभ वालको बीचबाट छिर्दै गोलमा परिणत भएको थियो।

अग्रतापछि आक्रामक बनेको केप भर्डेको डिफेन्समा कमजोरी देखिन थाल्यो, जसको फाइदा उरुग्वेले उठायो। डिफेन्डर सिड्नी लोपेस काब्रालले आफ्नै पोस्टतर्फ क्लियर गर्न खोजेको बललाई म्याक्सी अराउजोले डाइभिङ हेडरमार्फत गोल गर्दै खेललाई १-१ को बराबरीमा ल्याए। पहिलो हाफको इन्जुरी समयमा अगस्टिन कानोबियोले प्रहार गर्दै उरुग्वेलाई २-१ को अग्रता दिलाए।

दोस्रो हाफमा उरुग्वेको बलियो ‘प्रिन्टिङ गेम’ का सामु केप भर्डेलाई बल अघि बढाउन कठिन भइरहेको थियो। तर, उरुग्वेको डिफेन्समा भएको एउटा गम्भीर गल्तीको फाइदा उठाउँदै केप भर्डले खेलमा पुनरागमन गर्‍यो। उरुग्वेका म्याथियास ओलिभेराले आफ्नै पेनाल्टी बक्समा दिएको गलत पासलाई केप भर्डेका हेलियो वारेलाले खोस्दै गोलकिपरलाई छलाएर बललाई खाली पोस्टको दिशा दिए।

खेलको अन्त्यतिर उरुग्वेका स्टार फेडरिको भाल्भर्डेले गोल गरे पनि भिडियो असिस्टेन्ट रेफ्रीले त्यसलाई अफसाइड घोषित गरिदिएपछि उरुग्वे जितबाट विमुख भयो। इन्जुरी समयमा दुवै टोलीले गोलका केही अवसर पाए पनि सदुपयोग गर्न सकेनन्।

यो बराबरीसँगै समूह ‘एच’ मा दुई खेलबाट समान २ अंक जोडेका उरुग्वे दोस्रो र केप भर्ड तेस्रो स्थानमा छन्। अब केप भर्डले समूह चरणको अन्तिम खेलमा साउदी अरेबियाको सामना गर्नेछ भने उरुग्वेले बलियो स्पेनविरुद्ध खेल्नेछ। दुवै टोलीका लागि नकआउट (अन्तिम ३२) मा पुग्न अन्तिम खेल निर्णायक हुनेछ।

प्रकाशित मिति : ८ असार २०८३, सोमबार  ६ : ३८ बजे

रुस, युक्रेन र अमेरिकाबीच अबु धाबीमा वार्ता हुने सम्भावना

मस्को- रुस, युक्रेन र संयुक्त राज्य अमेरिकाबीच आगामी नोभेम्बरमा संयुक्त

जलवायु परिवर्तनले हिउँ चितुवाको बासस्थानमा ह्रास

काठमाडौँ- दुर्लभ हिउँचितुवाको संरक्षणका निम्ति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित २३

विगतका कमीकमजोरी सुधार्दै पार्टीलाई बलियो र एकताबद्ध बनाउछौँ : अजयबाबु

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सहमहामन्त्री अजयबाबु शिवाकोटीले विगतका कमीकमजोरीहरूलाई सुधार

३,१५६ पाउन्डको फर्सीले विश्व कीर्तिमान बनाउने सम्भावना

हाफ मुन बे (क्यालिफोर्निया)- अमेरिकाको रोड आइल्यान्डमा उत्पादित तीन हजार

‘स्टारी नाइट’ को आकाश जुलाई १८८९ को हुन सक्ने

केप क्यानभेरल (फ्लोरिडा)- विश्वप्रसिद्ध चित्रकार भिन्सेन्ट भ्यान गगको चित्र ‘द