पहिलो पटक विश्वकप खेलेको केप भर्डेको तहल्का: स्पेनपछि उरुग्वेलाई झट्का « Khabarhub

पहिलो पटक विश्वकप खेलेको केप भर्डेको तहल्का: स्पेनपछि उरुग्वेलाई झट्का

पूर्वविजेता उरुग्वे २-२ को बराबरीमा रोकियो


८ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


870
Shares
  • change font
  • change font
  • change font

मियामी – पहिलो पटक विश्वकप खेलिरहेको केप भर्डेले आफ्नो सनसनीपूर्ण प्रदर्शनलाई जारी राख्दै दुई पटकको पूर्वविजेता उरुग्वेलाई रोमाञ्चक बराबरीमा रोकेको छ। मियामीमा सोमबार बिहान सम्पन्न समूह ‘एच’ को खेलमा केप भर्डेले उरुग्वेसँग २-२ गोलको बराबरी खेल्दै अंक खोस्न सफल भएको हो।

आफ्नो पहिलो खेलमा बलियो स्पेनलाई गोलरहित बराबरीमा रोकेर सबैलाई आश्चर्यमा पारेको केप भर्डेले खेलको २१ औं मिनेटमै खेलमा अप्रत्याशित अग्रता लिएको थियो। केभिन पिनाले करिब ३० यार्ड टाढाबाट प्रहार गरेको फ्रिकिक उरुग्वेको डिफेन्सिभ वालको बीचबाट छिर्दै गोलमा परिणत भएको थियो।

अग्रतापछि आक्रामक बनेको केप भर्डेको डिफेन्समा कमजोरी देखिन थाल्यो, जसको फाइदा उरुग्वेले उठायो। डिफेन्डर सिड्नी लोपेस काब्रालले आफ्नै पोस्टतर्फ क्लियर गर्न खोजेको बललाई म्याक्सी अराउजोले डाइभिङ हेडरमार्फत गोल गर्दै खेललाई १-१ को बराबरीमा ल्याए। पहिलो हाफको इन्जुरी समयमा अगस्टिन कानोबियोले प्रहार गर्दै उरुग्वेलाई २-१ को अग्रता दिलाए।

दोस्रो हाफमा उरुग्वेको बलियो ‘प्रिन्टिङ गेम’ का सामु केप भर्डेलाई बल अघि बढाउन कठिन भइरहेको थियो। तर, उरुग्वेको डिफेन्समा भएको एउटा गम्भीर गल्तीको फाइदा उठाउँदै केप भर्डले खेलमा पुनरागमन गर्‍यो। उरुग्वेका म्याथियास ओलिभेराले आफ्नै पेनाल्टी बक्समा दिएको गलत पासलाई केप भर्डेका हेलियो वारेलाले खोस्दै गोलकिपरलाई छलाएर बललाई खाली पोस्टको दिशा दिए।

खेलको अन्त्यतिर उरुग्वेका स्टार फेडरिको भाल्भर्डेले गोल गरे पनि भिडियो असिस्टेन्ट रेफ्रीले त्यसलाई अफसाइड घोषित गरिदिएपछि उरुग्वे जितबाट विमुख भयो। इन्जुरी समयमा दुवै टोलीले गोलका केही अवसर पाए पनि सदुपयोग गर्न सकेनन्।

यो बराबरीसँगै समूह ‘एच’ मा दुई खेलबाट समान २ अंक जोडेका उरुग्वे दोस्रो र केप भर्ड तेस्रो स्थानमा छन्। अब केप भर्डले समूह चरणको अन्तिम खेलमा साउदी अरेबियाको सामना गर्नेछ भने उरुग्वेले बलियो स्पेनविरुद्ध खेल्नेछ। दुवै टोलीका लागि नकआउट (अन्तिम ३२) मा पुग्न अन्तिम खेल निर्णायक हुनेछ।

प्रकाशित मिति : ८ असार २०८३, सोमबार  ६ : ३८ बजे

जलवायुजन्य विपतका प्रभावितलाई न्यायको माग गर्दै वसन्तपुरमा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं– जलवायु परिवर्तनका कारण बढ्दो विपद् र जलवायु न्यायको माग

नेपाली कांग्रेसको महाधिवेशनमा केन्द्रीय कार्यसमितिको मनोनयन दर्ता सोमबार हुने

काठमाडौं- नेपाली कांग्रेसको आगामी १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका

आर्थिक कूटनीतिलाई राष्ट्रिय समृद्धिसँग जोड्नुपर्छः परराष्ट्रमन्त्री खनाल

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको कूटनीतिलाई राष्ट्रिय आर्थिक हित र

वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै

काठमाडौं– रसुवामा बाढीका कारण क्षतिग्रस्त गल्छी-वेत्रावती सडकखण्डमा अस्थायी ट्र्याक खुलेसँगै

जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान इलेक्ट्रिक प्राइम मुभर र इलेक्ट्रिक टिपर

काठमाडौं– शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले सान्क्सी अटोमोबाइल ग्रुप (स्याकम्यान) सँगको सहकार्यमा