फिल्म दर्शकका लागि बनाइन्छ, समीक्षकलाई होइन: रमेश उप्रेती « Khabarhub

फिल्म दर्शकका लागि बनाइन्छ, समीक्षकलाई होइन: रमेश उप्रेती


२२ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कुनै जमानाका चर्चित अभिनेता उप्रेती पछिल्लो समय फिल्ममा त्यति सक्रिय छैनन् । तर, उनलाई दर्शकले भुलिसकेका भने छैनन् । यसअघि फिल्म ‘ऐश्वर्य’ मा देखिएका उप्रेती पछिल्लो समय फिल्मको प्रिमियरमा फाटफुट भेटिन्छन् ।

मंगलबार अनमोल केसी अभिनित फिल्म ‘क्याप्टेन’ को ‘शो’ मा सीमित कलाकारलाई आमन्त्रण गरिएको थियो । फिल्म हेर्न अभिनेता उप्रेती पनि आएका थिए ।

‘क्याप्टेन’ हेरिसकेपछि उप्रेतीले यो फिल्मले आफ्नो मन जितेको र विषयवस्तुका हिसाबले पनि फिल्म उत्तिकै ‘टफ’ भएको प्रतिक्रिया दिए ।

समीक्षात्मक दृष्टिले भने यो फिल्मलाई ‘फ्लप फिल्म’ भनिएको थियो । यद्यपि व्यापारको हिसाबले ठीकै व्यापार गरेको वितरकले दाबी गरेका छन् ।

अभिनेता उप्रेतीले भने यो फिल्मलाई समीक्षात्मक रुपमा नराम्रो भए पनि मास अडियन्सलाई फिल्म मन पर्ने धारणा राखे ।

‘सिनेमा दर्शकलाई बनाइन्छ, समीक्षकका लागि होइन, मेरो बुझाइमा मासले माया गर्छ, समीक्षकले होइन, समीक्षकले गर्दा सिनेमा चल्ने होइन ।’, उप्रेतीले भने ।

उनले यो फिल्म हेरेर आफूलाई मन परेको बताए । ‘सिनेमा मैले हेरेँ, यो राम्रो फिल्म लाग्यो, विषय आफैमा गहन विषय हो, यस्तो विषयमा फिल्म बनाउनु नै चुनौती हुन्छ ।’, उनले अगाडि थपे ।

‘क्याप्टेन’ लाई दिवाकर भट्टराईले निर्देशन गरेका हुन् । फिल्ममा अनमोल केसी, उपासना सिंह ठकुरी, प्रियंका एमभी, सरोज खनाल, प्रशान्त ताम्राकार, सुनील थापा लगायतका कलाकारले अभिनय गरेका छन् ।

प्रकाशित मिति : २२ फाल्गुन २०७५, बुधबार  ५ : ३५ बजे

एमबाप्पेलाई लगातार दोस्रो पटक गोल्डेन बुट, स्पेनका रोड्रि बने सर्वोत्कृष्ट खेलाडी

काठमाडौँ – सोमबार बिहान सम्पन्न फिफा विश्वकप २०२६ को फाइनल

फिफा विश्वकप २०२६: स्पेनको ऐतिहासिक जितसँगै जोडिएका तीन रोचक तथ्यांक

काठमाडौँ – निक्कै प्रतिस्पर्धात्मक तर केही खिन्न मानिएको फिफा विश्वकप

आज २०८३ साल साउन ४ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन ४ गते सोमबार सन् २०२६

अर्जेन्टिनालाई हराउँदै १६ वर्षपछि स्पेनले जित्यो विश्वकपको उपाधि

काठमाडौं – साविक विजेता अर्जेन्टिनालाई पराजित गर्दै युरोपेली च्याम्पियन स्पेनले

विश्वकप २०२६ फाइनल: पहिलो हाफ गोलरहित, स्पेनको दबाब, अर्जेन्टिनालाई मार्टिनेजको चोट

न्यु जर्सी– फिफा विश्वकप २०२६ को फाइनलमा स्पेन र अर्जेन्टिनाबीचको