पूर्वी अफगानिस्तानमा आत्मघाती आक्रमण, १६ जनाको मृत्यु | Khabarhub Khabarhub

पूर्वी अफगानिस्तानमा आत्मघाती आक्रमण, १६ जनाको मृत्यु


२२ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– पूर्वी अफगानिस्तानको ननगरहार प्रान्तको राजधानी जलालाबादमा भएको आक्रमणमा १६ जनाको ज्यान गएको छ ।
जलालाबाद शहरमा रहेको विमानस्थल नजिकैको निर्माणधीन कम्पनीलाई लक्षित गरी भएको आक्रमणमा अरु १० जना घाइते भएको प्रान्तीय गर्भनरका प्रवक्ता आतायोल्लाह खोग्यानीले जनाएका छन् ।

निर्माणाधीन कम्पनीमा दुई आत्मघाती बम आक्रमणकारीले हमला गरेको बताइएको छ । आत्मघाती बम आक्रमणपछि अफगान सुरक्षा बल तथा बन्दुकधारी लडाकुबीच गोली हानाहान समेत भएको जनाइएको छ ।

आक्रमणमा मारिनेमा अधिकांश निर्माणाधीन कम्पनीमा काम गर्ने मजदुर छन् । सुरक्षा बलको जवाफी कारवाहीमा सबै आक्रमणकारी मारिएकाले हाल त्यस क्षेत्रको अवस्था शान्ति रहेको अफगान सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : २२ फाल्गुन २०७५, बुधबार  ६ : ५१ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका