अमेरिकी सभामुख पेलोसीले भनिन्- अब ट्रम्पविरुद्धको महाभियोग अघि बढ्छ « Khabarhub

अमेरिकी सभामुख पेलोसीले भनिन्- अब ट्रम्पविरुद्धको महाभियोग अघि बढ्छ


२० मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिकामा संसदको तल्लो सदन प्रतिनिधिसभाकी सभामुख एवं विपक्षी दलकी वरिष्ठ नेता न्यान्सी पेलोसीले राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध शक्तिको दुरुपयोगको आरोपमा महाभियोग लगाइने बताएकी छन्।

राष्ट्रपति ट्रम्पले चाहिँ आरोप गलत भएको भन्दै चाँडो यो प्रक्रिया टुँग्याएर देशका मुद्दामा केन्द्रीत हुन आग्रह गरेका छन् । पेलोसीले अमेरिकाको प्रजातन्त्र दाउमा परेको भन्दै राष्ट्रपतिले अन्य विकल्प आफ्ना सामु नछाडेको बताएको बीबीसीले उल्लेख गरेको छ ।

राष्ट्रपति ट्रम्पले डेमोक्र्याट नेताहरूको सन्तुलन गुमेको भन्दै यदि महाभियोग लगाउने हो भने प्रक्रिया चाँडो थाल्न आह्वान पनि गरेका छन्।

सन् २०२० मा हुने राष्ट्रपतीय निर्वाचनमा आफ्नो प्रतिद्वन्द्वी हुन सक्ने जो बाइडनविरुद्ध भ्रस्टाचारको अनुसन्धान गरेमात्र यूक्रेनलाई सहयोग दिने भनी ट्रम्पले पदको दुरुपयोग गरेको आरोप उनीहरूको छ।

पत्रकार सम्मेलनमा बोल्दै पेलोसीले भनिन्, “तथ्यहरू अकाट्य छन्। राष्ट्रपतिले आफ्नो राजनीतिक फाइदाका निम्ति शक्तिको दुरुपयोग गरेर राष्ट्रिय सुरक्षा दाउमा पारे।”

उनले महाभियोगका औपचारिक अभियोगका धारा मस्यौदा गरेर अघि बढ्न सदनका समितिका अध्यक्षहरूलाई बताएकी छन्।

ट्रम्प विरुद्ध यथेष्ट प्रमाण-अनुसन्धान समिति

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पदीय अधिकारको दुरुपयोगमा महाभियोग लगाउन यथेष्ट प्रमाण रहेको उनीविरुद्ध महाभियोग अनुसन्धानको नेतृत्व गरिरहेको एउटा समितिले जनाएको छ। ‘संयुक्त राज्य अमेरिकाको राष्ट्रिय स्वार्थविपरीत राष्ट्रपति ट्रम्पले आफ्नो व्यक्तिगत लाभका लागि पदीय दुरुपयोग गरेको’ एउटा प्रमुख प्रतिवेदनमा उल्लेख गरिएको छ।

ट्रम्प–युक्रेन महाभियोग अनुसन्धान नामक प्रतिवेदनलाई मंगलबार संसद्को तल्लो सदनको गुप्तचरीसम्बन्धी विषय हेर्ने समितिले सार्वजनिक गरेको हो। प्रतिवेदनमा ट्रम्पमाथि न्यायमा अवरोध पु-याएको तथा आगामी चुनावमा आफ्नो हितका लागि युक्रेनलाई मुछ्न खोजेको आरोप लगाइएका छन्।

राष्ट्रपति ट्रम्पले व्यक्तिगत राजनीतिक स्वार्थलाई संयुक्त राज्य अमेरिकाको राष्ट्रिय स्वार्थभन्दा माथि राखेको देशको तल्लो सदनको गुप्तचरसम्बन्धी विषय हेर्ने समितिले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ।

राष्ट्रपति ट्रम्पले आफूविरुद्धका साक्षीलाई तर्साउन खोजेको अनि समितिले बोलाएका कर्मचारीलाई अटेर गर्न दबाब दिएको पनि आरोप लागेका छन्। राष्ट्रपति ट्रम्पले आफूलाई कानुनभन्दा माथि ठानेको र उनले शक्ति दुरुपयोग गरेकोबारे प्रशस्त प्रमाण रहेको संसद्को तल्लो सदन ‘हाउस अफ रिप्रिजेन्टेटिभ्स’को गुप्तचरीसम्बन्धी विषय हेर्ने समितिका अध्यक्ष एडम सिफले बताएका छन्।

प्रकाशित मिति : २० मंसिर २०७६, शुक्रबार  ७ : २० बजे

मुगुको कार्मारोङमा पहिरो : तीन वर्षीय बालकको मृत्यु

मुगु– मुगुको कार्मारोङ गाउँपालिका–५ पुलु बजारमा गएको पहिरोमा परी एक

धर्मेन्द्र प्रधानको राजीनामालाई सोनम वाङ्चुकले भने- लोकतन्त्रको जित

काठमाडौं- सामाजिक अभियान्ता सोनम वाङचुकले भारतका केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानको

डा. केसीको उपचारमा स्वास्थ्यमन्त्रीको चासो, व्यवस्थापन प्रभावकारी बनाउन निर्देशन

काठमाडौं– २४औँ सत्याग्रहमा रहेका प्राध्यापक डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल

धर्मेन्द्रको राजीनामापछि जन्तर मन्तरमा उत्साह, कक्रोच नेताले के भने ?

नयाँ दिल्ली– भारतीय ​शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामालाई लिएर कक्रोच

चुच्चे नक्सासहित नयाँ सिक्काको डिजाइन तयार

काठमाडौं– सरकारले एक रुपैयाँको नयाँ सिक्कामा नेपालको चुच्चे नक्सासहितको डिजाइन तयार