आज २०८३ साल असोज २३ गते शुक्रबारको राशिफल « Khabarhub

आज २०८३ साल असोज २३ गते शुक्रबारको राशिफल


२३ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


903
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – २०८३ साल असोज २३ गते शुक्रबार सन् २०२६ अक्टोबर ९ तारिख। असोज कृष्ण पक्षको चतुर्दशी तिथि । विश्व हुलाक दिवस । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : बौद्धिक क्षेत्रमा गम्भीरतापूर्वक लाग्नुपर्नेछ। धेरै नबोल्नु उचित हुनेछ। स्वास्थ्यले साथ दिनेछ। खानपानमा अरुची बढ्नेछ। राजनीतिक क्षेत्रमा सचेत बन्नुपर्ने समय छ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ।

वृष : दिन राम्रो छ। भाग्यको उदय हुनेछ। उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ। व्यापारमा हिम्मत गर्नुपर्ने समय छ। परिवारको साथ र सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

मिथुन : बौद्धिक व्यक्तिसँग तर्क नगर्नु उचित हुनेछ। शिक्षामा गहन अध्ययनको खाँचो देखिन्छ। राज्यका हरेक अंगमा तपाईंको आवश्ष्यकता देखिन्छ। मिहिनेतलाई निरन्तरता दिनुपर्ने देखिन्छ।

कर्कट : दिन राम्रो छ। राजनीतिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ। आफन्तबाट सचेत बन्नुपर्ने समय आएको छ। परिवारको साथमा छोटो दूरीको रमाइलो यात्रा हुनेछ।

सिंह : परिवारसँग बसेर रमाइलो गर्ने अवसर प्राप्त हुने दिन छ। दाम्पत्य जीवन सुमधुर बन्नेछ। व्यपारमा सहभागी भए कम्पनी फाइदामा जानेछ। स्वास्थ्यको ख्याल गर्नुपर्ने दिन छ।

कन्या : व्यापारमा अगाडि बढ्ने दिन छ। सम्पत्ति खर्च भए पनि इज्जत बढ्नेछ। बौद्धिक क्षेत्रका साथीसँग परामर्श लिनुपर्ने दिन छ। परिवारको साथ र सहयोग रहनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

तुला : लगानीका क्षेत्रमा घाटा हुनेछ। नयाँ लगानी नगर्नु उचित हुनेछ। मन अशान्त बन्नेछ।  परिवारमा ठुलालाई सम्मान गरेर अगाडि बढे फााइदा हुनेछ।

वृश्चिक : भाग्यको स्थानमा चन्द्रमा पुगेको छ। राम्रो काममा हिम्मत गर्नुपर्नेछ। स्वास्थ्यको ख्याल नगर्दा समस्या हुनेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारमा बौद्धिक टकराब हुनेछ।

धनु : स्वास्थ्यमा सुधार हुनेछ। परिवारका सदस्यबाट विरोधी आवाज सुनिने भएकाले सचेत बन्नुपर्नेछ। शिक्षामा लगानीको हिम्मत गर्नुपर्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मकर : आम्दानी हुनेछ । दान गरेर दिनको सुरुवात गरेमा सफलता मिल्नेछ। धार्मिक क्षेत्रमा गरेको दानले फाइएदा हुनेछ। परिवारमा रमाइलो गर्ने अवसर मिल्नेछ।

कुम्भ : सानो कुराले मनमा झन्झट बढ्नेछ। स्वास्थ्यमा गढबढी हुने जोखिम छ। परिवारसँगको सहकार्यले मन शान्त बन्नेछ। दक्षिणको लामो यात्रा नगर्नु उचित हुनेछ।

मीन : परीक्षा लेखेको भए सफलता मिल्नेछ। सोचेको काम पूरा हुँदा मनमा खुसी  मिल्नेछ । आज पारिवारिक मेलमिलाप हुनेछ । श्रमको मूल्य प्राप्त हुँदा मनमा उत्साह बढ्ने छ ।

प्रकाशित मिति : २३ आश्विन २०८३, शुक्रबार  ५ : ५० बजे

एनपीएलमा जनकपुर विजयी, काठमाडौं ८ विकेटले पराजित

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा जनकपुर बोल्ट्स

नेप्से परिसूचक ३१ अंकले बढ्यो

काठमाडौँ –  धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज

खर्चको विवरण सार्वजनिक गर्नुपर्नेमा समितिको जोड

काठमाडौँ– भोटेकोशी तथा कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय

बनेपा बजार क्षेत्रको सडक निर्माण अघि बढ्यो

काठमाडौँ– लामो समयदेखि विवादका कारण रोकिएको सूर्यविनायक–धुलिखेल सडक आयोजनाअन्तर्गत बनेपा

काठमाडौँ क्लाइमेट एक्सन विक-२०२६ र खबरहबबीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ–  नेपालमा पहिलोपटक आयोजना हुन लागेको ऐतिहासिक नेपालको राष्ट्रिय जलवायु सप्ताह