आज २०८३ साल असोज २३ गते शुक्रबारको राशिफल « Khabarhub

आज २०८३ साल असोज २३ गते शुक्रबारको राशिफल


२३ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – २०८३ साल असोज २३ गते शुक्रबार सन् २०२६ अक्टोबर ९ तारिख। असोज कृष्ण पक्षको चतुर्दशी तिथि । विश्व हुलाक दिवस । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : बौद्धिक क्षेत्रमा गम्भीरतापूर्वक लाग्नुपर्नेछ। धेरै नबोल्नु उचित हुनेछ। स्वास्थ्यले साथ दिनेछ। खानपानमा अरुची बढ्नेछ। राजनीतिक क्षेत्रमा सचेत बन्नुपर्ने समय छ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ।

वृष : दिन राम्रो छ। भाग्यको उदय हुनेछ। उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ। व्यापारमा हिम्मत गर्नुपर्ने समय छ। परिवारको साथ र सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

मिथुन : बौद्धिक व्यक्तिसँग तर्क नगर्नु उचित हुनेछ। शिक्षामा गहन अध्ययनको खाँचो देखिन्छ। राज्यका हरेक अंगमा तपाईंको आवश्ष्यकता देखिन्छ। मिहिनेतलाई निरन्तरता दिनुपर्ने देखिन्छ।

कर्कट : दिन राम्रो छ। राजनीतिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ। आफन्तबाट सचेत बन्नुपर्ने समय आएको छ। परिवारको साथमा छोटो दूरीको रमाइलो यात्रा हुनेछ।

सिंह : परिवारसँग बसेर रमाइलो गर्ने अवसर प्राप्त हुने दिन छ। दाम्पत्य जीवन सुमधुर बन्नेछ। व्यपारमा सहभागी भए कम्पनी फाइदामा जानेछ। स्वास्थ्यको ख्याल गर्नुपर्ने दिन छ।

कन्या : व्यापारमा अगाडि बढ्ने दिन छ। सम्पत्ति खर्च भए पनि इज्जत बढ्नेछ। बौद्धिक क्षेत्रका साथीसँग परामर्श लिनुपर्ने दिन छ। परिवारको साथ र सहयोग रहनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

तुला : लगानीका क्षेत्रमा घाटा हुनेछ। नयाँ लगानी नगर्नु उचित हुनेछ। मन अशान्त बन्नेछ।  परिवारमा ठुलालाई सम्मान गरेर अगाडि बढे फााइदा हुनेछ।

वृश्चिक : भाग्यको स्थानमा चन्द्रमा पुगेको छ। राम्रो काममा हिम्मत गर्नुपर्नेछ। स्वास्थ्यको ख्याल नगर्दा समस्या हुनेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारमा बौद्धिक टकराब हुनेछ।

धनु : स्वास्थ्यमा सुधार हुनेछ। परिवारका सदस्यबाट विरोधी आवाज सुनिने भएकाले सचेत बन्नुपर्नेछ। शिक्षामा लगानीको हिम्मत गर्नुपर्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मकर : आम्दानी हुनेछ । दान गरेर दिनको सुरुवात गरेमा सफलता मिल्नेछ। धार्मिक क्षेत्रमा गरेको दानले फाइएदा हुनेछ। परिवारमा रमाइलो गर्ने अवसर मिल्नेछ।

कुम्भ : सानो कुराले मनमा झन्झट बढ्नेछ। स्वास्थ्यमा गढबढी हुने जोखिम छ। परिवारसँगको सहकार्यले मन शान्त बन्नेछ। दक्षिणको लामो यात्रा नगर्नु उचित हुनेछ।

मीन : परीक्षा लेखेको भए सफलता मिल्नेछ। सोचेको काम पूरा हुँदा मनमा खुसी  मिल्नेछ । आज पारिवारिक मेलमिलाप हुनेछ । श्रमको मूल्य प्राप्त हुँदा मनमा उत्साह बढ्ने छ ।

प्रकाशित मिति : २३ आश्विन २०८३, शुक्रबार  ५ : ५० बजे

मन्त्री मेहताद्वारा निर्माणाधीन लमही ट्रमा सेन्टरको निरीक्षण

तुलसीपुर – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले दाङको लमहीमा निर्माणाधीन

आजदेखि दशैंको अग्रिम टिकट बुकिङ खुला

काठमाडौं- दशैं मनाउन घर जाने यात्रुलाई लक्षित गर्दै सरकारले आजदेखि

कांग्रेस महाधिवेशन : नयाँ नेतृत्व चयनका लागि आज मतदान

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८३ साल असोज २३ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २३ गते शुक्रबार सन् २०२६