मर्जरपछि सबैभन्दा ठुलो बन्यो ग्लोबल आइएमई बैंक | Khabarhub Khabarhub

मर्जरपछि सबैभन्दा ठुलो बन्यो ग्लोबल आइएमई बैंक


२० मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–ग्लोबल आइएमई बैंक देशकै सबैभन्दा ठुलो बैंक बनेको छ । ग्लोबल आइएमई बैंक र जनता बैक मर्ज भएर आज (शुक्रबार)देखि एकीकृत कारोबार थाल्दैछ ।

संख्यात्मक आकारको रुपमा दुई बैंकको मर्जरपछि बैंक धेरै सूचकांकमा सबैभन्दा ठूलो बैंक बन्नेछ । अब यो बैंक कोर बिजनेसको रुपमा रहेको निक्षेप संकलन र कर्जा लगानीको आकारमा पनि सबैभन्दा ठूलो हुनेछ ।

अहिलेसम्म कुनैपनि वाणिज्य बैंकहरुले २०० अर्ब भन्दा बढी निक्षेप संकलन गर्न सकेको इतिहास छैन । जसलाई ‘ब्रेक’ गर्ने काम मर्जरपछिको यो बैंकले गर्नेछ ।

ग्लोबल आइएमई बैंकसँग जनता बैंक मर्ज हुँदा ‘स्वाप रेसियो’ १०० :८५ तोकिएको छ। यसको मतलब ग्लोबल आइएमईको १०० कित्ता सेयर बराबर जनता बैंकको ८५ कित्ता हुनेछ ।

चालू आर्थिक वर्षको पहिलो तीन महिनाको अपरिस्कृत वित्तीय विवरण अनुसार जनता बैंकको आठ अर्ब र ग्लोबल आइएमई बैंकको १० अर्ब ४३ करोड रुपैयाँ चुक्ता पुँजी छ।

एकीकृत कारोबारपछि बन्ने ग्लोबल आइएमई बैंकको कुल चुक्तापुँजी १८ अर्ब ४३ करोड हुनेछ । त्यस्तै, जनता बैंकको सम्पत्ति एक खर्ब १ अर्ब ६२ करोड र ग्लोबल आइएमईको एक खर्ब ६२ अर्ब ६७ करोड रुपैयाँ गरी दुई खर्ब ६४ अर्ब ३० करोड रुपैयाँ कुल सम्पत्ति पुग्नेछ ।

जनता बैकको ९० अर्ब ६२ करोड र ग्लोबल आइएमई बैंकको एक खर्ब ४५ अर्ब ३८ करोड गरी कुल २ खर्ब ३६ अर्ब रुपैयाँ दायित्व रहेको दुवै बैंकले प्रकाशित गरेको चालू आर्थिक वर्षको पहिलो तीन महिनाको अपरिष्कृत वित्तीय विवरणमा उल्लेख गरिएको छ ।

हालसम्म नाफाको आधारमा हेर्दा सबैभन्दा अगाडि राष्ट्रिय वाणिज्य बैंक, नबिल बैंक र त्यसपछि एनआईसी एशिया बैंक छन् ।

मर्जरपछि ग्लोबल आइएमई बैंकको चुक्ता पुँजी सबैभन्दा बढी हुनेछ । चुक्ता पुँजीको हिसाबले हेर्ने हो भने ग्लोबल आइएमई बैंकले अब चुक्ता पुँजीको ३० गुणा बढी अर्थात् ५ खर्ब ५२ अर्ब ९० करोड रुपैयाँ बराबरको कारोबार गर्न सक्छ ।

मर्जरपछि नाफामा ग्लोबल आइएमईले एनआइसी एसियालाई उछिने तेस्रो स्थान कब्जा गर्नेछ । अहिले नाफामा ग्लोबल ७ सातौं स्थानमा छ भने जनता २५औं स्थानमा छ ।

नाफालाई छाड्ने हो भने बाँकी सूचकमा ग्लोबल आइएमई एक नम्बर बैंक बन्नेछ । पुँजी, निक्षेप, कर्जा लगानी, शाखा कार्यालय, कर्मचारीलगायत सूचकमा ग्लोबलले सबैलाई पछि पार्नेछ ।

अहिले सबैभन्दा धेरै कर्जा लगानी गर्नेमा एनआईसी एशिया, राष्ट्रिय वाणिज्य र नबिल बैंक छन् । चुँक्ता पुँजीको आधारमा अहिले नेपाल इन्भेष्टमेन्ट बैंक सबैभन्दा अगाडि छ । सो बैंकको चुक्ता पुँजी १२ अर्ब ८६ करोड रुपैयाँ छ ।

आरओई, बेसरेट, कस्ट अफ फण्ड जस्ता सबै पक्षहरु एक अर्काका परिपूरक हुन् । यी सबैले व्यवस्थापन कति प्रभावकारी छ भनेर देखाउने मात्रै हुन् । यो अवस्थाले बैंकिङ बजारमा बैंकले गुणात्मक रुपमा अझै ठूलो सुधार देखाउनु जरुरी छ ।

निक्षेपकर्ताको उच्च ब्याजको अपेक्षा, ऋणीको सस्तो ऋणको अपेक्षा, कर्मचारीहरुको उच्च सेवा सुविधाको अपेक्षा र लगानीकर्ताको उच्च प्रतिफलको अपेक्षालाई प्रभावकारितासँग समायोजन गर्दै जाने हो भने ८० को दशकका बैंकहरूको पनि ‘आइडल’ बैंक बन्नसक्ने अवसर नयाँ ग्लोबल आईएमई बैंकलाई छ ।

नेपाल राष्ट्र बैंकका गभर्नर डा. चीरञ्जीवी नेपालले ‘बिग मर्जर’का लागि नेपालका वाणिज्य बैंकहरुलाई ‘दबाब’ दिन थालेको करिब एक वर्षपछि मात्र यसको सुरुवातको रुपमा ग्लोबल आइएमई बैंक र जनता बैंक मर्ज हुन लागेका हुन् ।

गभर्नर नेपालले गत वर्ष वाणिज्य बैंकहरुलाई बिग मर्जरका लागि निर्देशन दिएको एक हप्तापछि ग्लोबल आइएमई बैंकले जनता बैंकलाई गाभ्ने सम्झौतामा हस्ताक्षर गरेको थियो ।

मर्जरपछि पनि बैंकको नाम भने ग्लोबल आइएमई बैंक नै रहनेछ । ग्लोबल आइएमईका अध्यक्ष चन्द्र ढकाल सञ्चालक समिति अध्यक्ष र जनता बैंकका प्रमुख कार्यकारी अधिकृत पर्शुराम कुँवर क्षत्री हुने सहमतिमा ग्लोबल आइएमई बैंकले जनता बैंकलाई मर्जर गराएको हो ।

प्रकाशित मिति : २० मंसिर २०७६, शुक्रबार  ८ : ४६ बजे

कसका कारण भाँडियो दलहरूबीच जुटिसकेको सहमति?

काठमाडौं – सहकारी ठगी प्रकरण छानबिनका लागि गठन गर्ने भनिएको

आईपिएल फाइनल : कोलकाताविरुद्ध पहिले ब्याटिङ गर्दै हैदरावाद

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) २०२४ को फाइनलमा सनराइजर्स

जोस बटलर टी–२० मा तीन हजार रन बनाउने पहिलो इङ्ग्लिस खेलाडी

बेलायत –इङ्ग्ल्यान्डका कप्तान जोस बटलर आफ्नो देशबाट टी–२० मा तीन

सरकारले बजेटमार्फत् वित्तीय औजार चलाओस्‌ : अर्थविद् आचार्य (भिडियो)

काठमाडौं– अर्थविद् केशव आचार्यले आर्थिक शिथिलता हटाउन सरकारले अबको बजेटमार्फत

नेपालमा डाक्टरको संख्या विश्व स्वास्थ्य संगठनले तोकेभन्दा बढी

काठमाडौं- नेपालमा चिकित्सकको संख्या ४५ हजार ४ सय ९८ पुगेको