कालापानी फिर्ता गराउन राजनीतिक र कूटनीतिक प्रयास जारी– उपप्रधानमन्त्री पोखरेल « Khabarhub

कालापानी फिर्ता गराउन राजनीतिक र कूटनीतिक प्रयास जारी– उपप्रधानमन्त्री पोखरेल


२० मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर–उपप्रधानमन्त्री ईश्वर पोखरेलले भारतले निकालेको नयाँ नक्सामा कालापानी र लिपुलेक गाभेको देखिएकाले यसलाई फिर्ता गराउन सरकारले राजनीतिक र कूटनीतिक प्रयास गरिरहेको बताएका छन् ।

विराटनगर विमानस्थलमा आज पत्रकारसँग कुरा गर्दै उनले कालापानी र लिपुलेक नेपालको भूमि भएको बताए । उपप्रधानमन्त्री पोखरेलले नेपालको सीमा सम्बन्धमा सरकारले भारतीय सरकारलाई औपचारिक पत्र पठाइसकेको जानकारी दिए ।

दुई ठूला पार्टी एकीकरण भएपछि बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सहमति र समझदारीबाट नै अगाडि बढिरहेको बताउँदै भर्खरै सम्पन्न भएको निर्वाचनपछि देखिएको परिणामबाट स्थानीय तहमै समीक्षा गरेर पार्टीको केन्द्रीय समितिमा पठाउन निर्देशन पनि दिइसकेको स्पष्ट पारे ।

प्रकाशित मिति : २० मंसिर २०७६, शुक्रबार  ६ : ३२ बजे

नेपाल वायुसेवा निगमको काठमाडौं–दमाम उडान रद्द

काठमाडौँ- साउदी अरेबियाको सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै नेपाल वायुसेवा निगमले काठमाडौं–दमाम

शिक्षामन्त्री पोखरेल र स्विस राजदूत मेउलीबीच भेटवार्ता

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि स्विट्जरल्याण्डका

ट्रम्पकी प्रशंसक निकी मिनाजलाई ह्वाइट हाउसको प्रेस सचिव बनाउने प्रस्ताव, के छ वास्तविकता?

काठमाडौं– अमेरिकी र्‍यापर निकी मिनाजको चर्चा अब उनको संगीतमा मात्र

स्पेनमा दुई रेल ठोक्किँदा ३० जनाको मृत्यु, उद्धार जारी

बार्सिलोना- मध्य स्पेनमा बुधबार दुई रेल एकआपसमा ठोक्किँदा कम्तीमा ३० जनाको