एक थान पेस्तोल र पाँच राउन्ड गोली बरामद « Khabarhub

एक थान पेस्तोल र पाँच राउन्ड गोली बरामद


२० मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– महोत्तरीको जलेश्वर नगरपालिका–६ स्थित पुलमुनिबाट सशस्त्र प्रहरीको गस्ती टोलीले आज एक थान पेस्तोल र पाँच राउन्ड गोली बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल ९ नं हेडक्वार्टर जलसागरका सशस्त्र प्रहरी उपरीक्षक निरकृष्ण अधिकारीका अनुसार आज बिहान साढे १०: ०० बजे सशस्त्र प्रहरी बिओपी जलेश्वरबाट खटिएको गस्ती टोलीले लचका पुलमुनि रहेको खरमा कुनै वस्तु टल्किरहेको देखेपछि नजीकमा गएर हेर्दा त्यहाँबाट पेस्तोल र पाँच राउन्ड गोली बरामद गरेको हो ।

उहाँका अनुसार इन्डियन ओरनान्स कम्पनीबाट सन् २००५ मा बनेको ७.६५ एमएम लेखिएको पेस्तोल थान एक, त्यसमा म्याग्जिन थान एक र म्याग्जिनभित्र पाँच राउन्ड गोली लोड रहेको अवस्थामा फेला परेको हो ।

बरामद पेस्तोल, म्याग्जिन र गोली आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालयमा बुझाउन पठाइएको तथा सो पेस्तोल र गोली कसले, किन र कहिले त्यहाँ फालेको तथा कसको रहेका बारेमा आवश्यक अनुसन्धान भइरहेको उनले बताए ।

प्रकाशित मिति : २० मंसिर २०७६, शुक्रबार  ६ : ०५ बजे

कांग्रेस क्रियाशील सदस्यता वितरणमा सहजीकरणका लागि गगन थापाले गरे ४ बुँदे परिपत्र

काठमाडौं- नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन नजिकिँदै गर्दा सहज र

पूर्वउपप्रधानमन्त्री बद्रीप्रसाद मण्डलको निधन

काठमाडौँ- पूर्वमन्त्री एवम् नेपाल सद्भावना पार्टीका वरिष्ठ नेता बद्रीप्रसाद मण्डलको

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान

चौधौँमा हारेका प्रदीपले पन्ध्रौँ महाधिवेशनमा पनि महामन्त्रीमै प्रतिस्पर्धा गर्ने

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले १५औँ महाधिवेशनमा