आजदेखि ३ दिनसम्म पानी पर्ने, सचेत रहन मौसमविदको सुझाव « Khabarhub

आजदेखि ३ दिनसम्म पानी पर्ने, सचेत रहन मौसमविदको सुझाव


२३ चैत्र २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आजदेखि तीन दिनसम्म देशभरको मौसम बदली हुने र मेघ गर्जनसहित पानी पर्ने सम्भावना देखाएको छ । महाशाखाले गरेको अनुमान अनुसार शनिबार, आइतबार र सोमबार देशभरको मौसम बदली हुनेछ । धेरै ठाउँमा हावाहुरी, चट्याङसहित वर्षा हुने सम्भावना छ । हावाहुरी र चट्याङसहितको वर्षा हुने सम्भावना भएकाले सचेत रहन मौसमविदहरुले सर्वसाधारणलाई आग्रह गरेका छन् ।

महाशाखाले गरेको दैनिक मौसमको अनुमान यस्तो छ:

चैत २३ गते शनिबार(आज)

आज बिहानैदेखि काठमाडौं उपत्यकासहित देशभरका विभिन्नस्थानमा पानी परिरहेको छ । मेघ गर्जन तथा चट्टयाङसहित वर्षा गराउने बादल विकसित भएपछि वर्षाभएको महाशाखाले जनाएको छ ।

आज दिउँसो देशको अधिकांस भूभागहरुमा सामान्यदेखि पूर्णतया बदली रहनेछ । देशका केहि स्थानमा मेघ गर्जनसहित हुरी बतासका साथ वर्षाको संभावना रहेको महाशाखाका मौसमविद बरुण पौडेलले बताए । साथै उच्च हिमाली भूभागका जिल्लाहरुमा हल्कादेखि मध्यम हिमपातको संभावना देखिएको छ । तराइका जिल्लाहरुमा हुरीबतास चल्ने सम्भावना छ ।

राति देशको अधिकांस भूभागहरुमा सामान्यतया बदली रहनेछ । हिमाली जिल्लामा हिमपात, पहाडी जिल्लामा मेघगर्जनसहितको वर्षा र तराईका जिल्लामा हावाहुरीको सम्भावना छ ।

चैत २४ गते आइतबार(भोलि)

आइतबार पनि मौसम बदली रहनेछ । बिहान पानीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । त्यस्तै दिउँसोको समयमा पनि धेरैजसो भूभागहरुमा आंशिकदेखि सामान्य बदली रहनेछ । देशको पुर्वी तथा मध्य भूभागका थोरै स्थानमा, पश्चिमी भुभागका १/२ स्थानहरुमा मेघ गर्जनसहित वर्षा हुने महाशाखाको अनुमान छ । राति पनि मौसममा बदली हुने सम्भावना छ ।

चैत २५ गते सोमबार(पर्सी)

सोमबार साँझबाट मौसममा केही सुधार आएपनि बिहान र दिउँसो सामान्य बदली रहनेछ । सोमबार पनि हिमाली जिल्लामा हिमपात, पहाडी जिल्लामा वर्षा र तराईका जिल्लामा हावाहुरी र मेघ गर्जनसहितको वर्षा हुने सम्भावना छ ।

प्रकाशित मिति : २३ चैत्र २०७५, शनिबार  ८ : १६ बजे

रास्वपाले धेरै कुरा सिक्न बाँकी रहेछ, आगामी दिनमा सच्चिन्छौं : अशोक चौधरी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य अशोक चौधरी आज

प्रधानमन्त्री पत्नी काफ्लेले भनिन् : सुरक्षाकर्मीले बाेकेको ब्याग मेरो होइन

काठमाडौं – प्रधानमन्त्री बालेन शाहकी पत्नी सविना काफ्लेले आफ्नो ब्याग

रास्वपा महाधिवेशन : मतदान समय आधा घण्टा पछि सारियो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय

सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने १९ वर्षीय युवक पक्राउ

काठमाडौं – सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गरेको अभियोगमा चन्द्रागिरी

बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ महभिरमा बुधबार पहिरोमा पुरिएको गाडीबाट