कालो बादल देखेपछि जीउ सिरिङ्ग हुन्छ | Khabarhub Khabarhub

कालो बादल देखेपछि जीउ सिरिङ्ग हुन्छ


२३ चैत्र २०७५, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज – इजहार मियाँ आकाशतिर हेर्छन्, आकाशमा कालो बादल लागेको छ र मेघगर्जनको सम्भावना देखेपछि फेरि कुनै अनिष्ट हुने सङ्केतले उनको जीउ सिरिङ्ग हुन्छन् र मनभित्र भय, त्रासका कारण शङ्काउपशङ्का उब्जन थाल्छ ।

“आइतबार साँझ शुरुमा आकाशमा यस्तै कालो बादल लागेको थियो । केही समयको अन्तरालमा आएको विनाशकारी हावाहुरीले विनाशलिला देखाएर श्रीमती, बुहारी र दुई नातिको ज्यान लिएर गएपछि फेरि मौसममा परिर्वतन देख्दा आइतबारको कहालीलाग्दो रातले भयवित छु“, ६५ वर्षीय पीडित इजहार मियाँले पीडा पोखे ।

“ठूलो आवाज र गर्जनसहित आएको सो दुईवटा चक्रवात आफ्नो घर अगाडि एकआपसमा जुधे । त्यसको अगाडि जे पर्यो, त्यसलाई विनाश गर्दै अगाडि बढ्यो त्यो चक्रवात”, फेटा गाउँपालिका–६ पूरैनियाका लैस मियाँ आइतबार साँझको विनाशलिला सम्झँदै भने, “त्यो चक्रवातमा आगो जस्तो देखिने उल्का जस्तो थियो” । तीन सय मिटर जति चौडाइको चक्रवात घुम्ने क्रममा भलुही, भरवलीयामा दोहोरिएर आएपछि यसले ठूलो विनाश गरेर गयो ।

यो भयाङ्कर चक्रवातले पर्सा, बारा जिल्लाको खुटवा, जब्दी, भलुही, पूरैनिया, धर्मनगर, फुलवरिया, हर्दिया, तेलगाई, परशुरामपुर, धर्मपुरलगायतका ठाउँमा ब्यापक रुपमा धनजनको क्षति गरेको छ । अहिले कालो बादल लागेकाले आइतबार आएका अनिष्ट जस्तै फेरि त्यो अनिष्ट दोहोरीन्छकी भने डरले सताइरहेको छ पीडित फैजुलहक भन्छन्, “मैले आफ्नो श्रीमती मुस्तकीमा खातुनसहित बुहारी बिबिया खातुनलाई समेत गुमाएकाले मौसममा एकाएक खराबी आएपछि डरत्रास लागेको छ ।

हुनत सङ्घीय सरकारले हावाहुरीबाट घरबार विहीनलाई ओत लाग्न पूरैनिया र भरवलीयामा नेपाली सेनामार्फत रात गुजार्नका लागि त्रिपाल बनाइदिएको छ, फेटा गाउँपालिकाका अध्यक्ष अमिरीलाल प्रसादले सुनाए, “बादल लागेको छ, मेघ गर्जिदैछन् यदि पानी प¥र्यो भने गाउँनै डुबानमा परी पीडित थप पीडामा पर्ने देखिन्छन् ।” उनले एकपटक पानी मात्र प¥र्यो भने महिला, बालबालिका र ज्येष्ठ नागरिक सबैभन्दा बढी पीडित हुनेछ बताए । उनले भने, “आइतबार साँझ दुई तीन मिनेटका लागि आएको अलच्छिने बतासले ब्यापक धनजनको क्षति गरेको अवस्थामा फेरि यस्तो विपद् आयो भने पीडितलाई पीडा मात्र थपिने छ ।”

बनाएको घरले त वर्षा र हावाहुरीबाट जोगिन सकेन भने पीडितका लागि सेनाले बनाइ दिएको अस्थायी टहरा त्रिपालले फेरि आउने हावाहुरी र वर्षालाई कसरी रोकन सकिन्छ, आफ्नै घरको पिलरले किचिएर ज्यान गुमाएको बुबा हरिनारायणको किरियामा बसेका फेटा गाउँपालिका–१ भलुहीका राजेन्द्र दासको पीडा छ । घर आएका आफन्त त्रिपालमुनी आश्रय लिएका छन् तर मौसम बिग्रिदै गएकाले फेरि हावाहुरी आउँदा अनिष्ट हुने चिन्ताले उनीहरुलाई सताइरहेको छ ।

बिहीबार बसेको सङ्घीय सरकारको मन्त्रिपरिषद्को बैठकले बारा पर्साको हावाहुरीबाट प्रभावितको घर सेनामार्फत बनाउने निर्णय गरेकाले वर्षायाम शुरु हुनुअघिनै पीडितका लागि घर बनाउनुपर्ने माग जनप्रतिनिधिहरुको छ ।

गरीबहरुका पनि आ–आफ्नै मीठो सपना हुन्छन् । यही सपना सङ्गालेर आफ्नै आङ्गनमा वैशाखतिर छोरीको विवाह गर्ने सपना लिएर बसेका कलैया उपमहानगरपालिका–१३ बलिरामपुरका वीरबहादुर साह कानुको त्यो सपना आइतबार साँझ आएका हावाहुरीले उडाएर लगेको छ । निर्धन उत्थान लघुवित्त संस्था कलैयाबाट रु दुई लाख ऋण लिएर छोरीको विवाहका लागि भनेर डेढ तोला सुनको टीका, नाकको फुली, नथिया राखेको थियो तर हावाहुरीसँगै घर भत्किँदा उनको सपना त्यही भग्नावशेषमा पुरिन गयो ।

घर भत्किएपछि को भग्नावशेषमा वीरबहादुरले माटो हटाएर खोजी रहेको खुशी अझसम्म भेटिएका छैनन् । हावाहुरीले भत्किएको घरको भग्नावशेषभित्र गरगहना खोजी रहेको अवस्थामा त्यहाँ पुगेका राससकर्मीसँग वीरबहादुरले भने, “खुला आकाशमुनि त्रिपालमा रात बिताइरहेका छौँ तर आकाशतिर हेर्दा कालो बादल छाएको छ । अलिअलि हावाहुरी पनि चलेको छ यदि बेगले हावाहुरी आयो र पानी प¥र्यो भने खोजीरहेको खुशी भने भेटदिन होला ।”

त्यो विनाशकारी हावाहुरीबाट बारा पर्सा गरी २७ जनाको मृत्यु भएको, ६७६ जना घाइते भएको र एक हजार ८९५ घरमा क्षति पुगेको स्थानीय प्रसाशनले जनाएको छ । हावाहुरीबाट ज्यान गुमाएका तथा घरबारविहीन परिवारलाई चाँडै स्थायी बसोवासको व्यवस्था गर्नुपर्ने पीडितहरुको माग छ ।

जसरी पहाडमा आएको विनाशकारी भूकम्पले पु¥याएको क्षति र पीडामा तराईले मलम लगाएका थिए, त्यसैगरी विपद्मा डुबेको बेला हावाहुरीबाट पीडितलाई ब्यापक राहत दिएर पहाडले मधेशमा मलम लगाउने काम गरिरहेको छ ।

-रासस

प्रकाशित मिति : २३ चैत्र २०७५, शनिबार  १ : ३४ बजे

तेञ्जिङ नोर्गे शेर्पा खुला आरोहण प्रतियोगिता हुँदै

काठमाडौं – तेञ्जिङ नोर्गे शेर्पा खुला आरोहण प्रतियोगिताको दोस्रो संस्करण

शुक्रबारदेखि पुसे झरीको सम्भावना, जाडो बढ्ने

काठमाडौं – पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले आगामी शुक्रबार रातिदेखि पुनः

पार्टीले ६ महिनाको छुट्टी दियो : विन्दा पाण्डे

काठमाडौं – नेकपा एमालेबाट ६ महिना निलम्बनमा परेकी नेतृ डा.

महाधिवेशनको मुखमा नेविसंघमा भाँडभैलो, इतरले थाल्यो समानान्तर अभ्यास

काठमाडौं– नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघमा ‘भाँडभैलो’ मच्चिएको

मध्यपुरथिमिमा बुद्धको अस्थिधातु स्थापना

भक्तपुर – मध्यपुरथिमिको पाटी बिहारमा आज बुद्धको अस्थिधातु स्थापना गरिएको