दक्षिण कोरियाले ल्यायो फाइभ जी चल्ने स्मार्ट फोन « Khabarhub

दक्षिण कोरियाले ल्यायो फाइभ जी चल्ने स्मार्ट फोन


२३ चैत्र २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दक्षिण कोरियामा संसारमै पहिलो पटक पाचौँ पुस्ताको मोबाइल इन्टरनेट सेवा फाइभजी सपोर्ट गर्ने स्मार्टफोन सार्वजनिक भएको छ ।

दक्षिण कोयिरयाको विद्युतीय उपकरण बनाउने कम्पनी सामसुङले शुक्रबार रिलिज गरेको ‘ग्यालेक्सी एस १० फाइभजी’ फोन फाइभजी सपोर्ट गर्ने विश्वकै पहिलो फोन भएको हो ।

दक्षिण कोरियाका मोबाइल सेवा प्रदायक कम्पनी एसके टेलिकम, केटी र एलजी युप्लसले राजधानी सोलका विभिन्न स्थानमा ग्यालेक्सी फोन रिलिज गर्ने कार्यक्रमको आयोजना गरेका थिए । त्यसअघि बुधबार दक्षिण कोरियाले व्यावसायिक रुपमा फाइभजी सेवा सुरु गर्ने घोषणा गरेको थियो ।

दक्षिण कोरियामा रिलिज भएको फोनको मूल्य करिब १४ लाख वन अर्थात् १ लाख २५ हजार ५ सय भन्दा धेरै नेपाली रुपैयाँ तोकिएको छ ।
स्मार्टफोन विक्री कक्षमा भर्चुअल रियालिटी डिस्प्ले र रोबोटिक प्रदर्शनी पनि राखिएको थियो ।

शुक्रबार औपचारिक रुपमा फाइभजी स्मार्टफोन रिलिज हुनुअघि थोरैलाई मात्रै परीक्षणका लागि फाइभजी चलाउन दिइएको बताइएको छ ।
त्यस्तै, सामसुङको प्रतिस्पर्धी एलजीले पनि यसै महिनाभित्र फाइभजी सपोर्ट गर्ने स्मार्टफोन रिलिज गर्ने बताइएको छ ।

दक्षिण कोरियालाई तीब्र गतिको इन्टरनेटको सञ्जालमा जोड्नका लागि फाइभजी फोन रिलिज गरिएको र यसले दक्षिण कोरिया विश्वमा प्रविधिको अग्रणी मुलुक रहेको स्पष्ट भएको दक्षिण कोरियाली अधिकारीको दाबी छ ।

पाचौँ पुस्ताको तीब्र गतिको अत्याधुनिक तीब्र गतिको फाइभजी मोबाइल इन्टरनेटको सहायताबाट हाल प्रचलनमा रहेको फोरजी भन्दा १० देखि २० गुणासम्म तीब्र गतिमो इन्टरनेट चलाउन सकिने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : २३ चैत्र २०७५, शनिबार  ५ : ५९ बजे

६ हजार शिक्षकको बढुवा उजुरीको पुनरावलोकन हुँदै

काठमाडौँ – शिक्षक सेवा आयोगले बढुवा योग्यताक्रम सूचीमा परेका करिब

एन्फाको ताला खोलियो, कार्यसमितिको बैठक शुक्रबार बस्ने तयारी

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)का बहुमत सदस्यहरूले लामो समयदेखि

श्रीलंकाली अलराउन्डर थरिन्दु रथ्नायकेले सुदूरपश्चिमबाट एनपीएल खेल्ने 

काठमाडौँ– श्रीलंकाली अलराउन्डर थरिन्दु रत्नायकेले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो

प्रहरीको ‘स्वीप अपरेसन’, ९२ जना पक्राउ

काठमाडौँ– काठमाडौँ उपत्यकामा आपराधिक गतिविधि नियन्त्रण तथा शान्ति सुरक्षा सुदृढ

कपिलवस्तुमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रुको मृत्यु 

काठमाडौं– कपिलवस्तुको वाणगंगा नगरपालिका –०३, तिनकुनेमा मोटरसाइकलको ठक्करबाट पैदलयात्री ६३ वर्षीया जलिया