दक्षिण कोरियाले ल्यायो फाइभ जी चल्ने स्मार्ट फोन « Khabarhub

दक्षिण कोरियाले ल्यायो फाइभ जी चल्ने स्मार्ट फोन


२३ चैत्र २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दक्षिण कोरियामा संसारमै पहिलो पटक पाचौँ पुस्ताको मोबाइल इन्टरनेट सेवा फाइभजी सपोर्ट गर्ने स्मार्टफोन सार्वजनिक भएको छ ।

दक्षिण कोयिरयाको विद्युतीय उपकरण बनाउने कम्पनी सामसुङले शुक्रबार रिलिज गरेको ‘ग्यालेक्सी एस १० फाइभजी’ फोन फाइभजी सपोर्ट गर्ने विश्वकै पहिलो फोन भएको हो ।

दक्षिण कोरियाका मोबाइल सेवा प्रदायक कम्पनी एसके टेलिकम, केटी र एलजी युप्लसले राजधानी सोलका विभिन्न स्थानमा ग्यालेक्सी फोन रिलिज गर्ने कार्यक्रमको आयोजना गरेका थिए । त्यसअघि बुधबार दक्षिण कोरियाले व्यावसायिक रुपमा फाइभजी सेवा सुरु गर्ने घोषणा गरेको थियो ।

दक्षिण कोरियामा रिलिज भएको फोनको मूल्य करिब १४ लाख वन अर्थात् १ लाख २५ हजार ५ सय भन्दा धेरै नेपाली रुपैयाँ तोकिएको छ ।
स्मार्टफोन विक्री कक्षमा भर्चुअल रियालिटी डिस्प्ले र रोबोटिक प्रदर्शनी पनि राखिएको थियो ।

शुक्रबार औपचारिक रुपमा फाइभजी स्मार्टफोन रिलिज हुनुअघि थोरैलाई मात्रै परीक्षणका लागि फाइभजी चलाउन दिइएको बताइएको छ ।
त्यस्तै, सामसुङको प्रतिस्पर्धी एलजीले पनि यसै महिनाभित्र फाइभजी सपोर्ट गर्ने स्मार्टफोन रिलिज गर्ने बताइएको छ ।

दक्षिण कोरियालाई तीब्र गतिको इन्टरनेटको सञ्जालमा जोड्नका लागि फाइभजी फोन रिलिज गरिएको र यसले दक्षिण कोरिया विश्वमा प्रविधिको अग्रणी मुलुक रहेको स्पष्ट भएको दक्षिण कोरियाली अधिकारीको दाबी छ ।

पाचौँ पुस्ताको तीब्र गतिको अत्याधुनिक तीब्र गतिको फाइभजी मोबाइल इन्टरनेटको सहायताबाट हाल प्रचलनमा रहेको फोरजी भन्दा १० देखि २० गुणासम्म तीब्र गतिमो इन्टरनेट चलाउन सकिने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : २३ चैत्र २०७५, शनिबार  ५ : ५९ बजे

पार्टीभित्र कुनै मत–मतान्तर छैन : शंकर पोखरेल

 काठमाडौं– नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टीभित्र अहिले कुनै

पाकिस्तानमा प्रहरीको गोली लागेर अस्ट्रेलियाली बालिकाको मृत्यु

एजेन्सी– पूर्वी पाकिस्तानमा प्रहरीले गल्तीवश चलाएको गोली लागेर एक अस्ट्रेलियाली

इरान-अमेरिका समझदारी : दुवै पक्षद्वारा जितेको दाबी, इजरायलले नमान्ने, लेबनानमा अन्यौल

काठमाडौं- इरान र अमेरिका विगत साढे तीन महिनादेखि जारी द्वन्द्व

दयाहाङ–सौगातभन्दा मुकुन अगाडि, स्वस्तिमाले देखाइन् स्टारडम

काठमाडौं – दुई डिमान्डेड नायकहरू दयाहाङ राई र सौगात मल्ललाई

मगर समुदायले काठमाडौंमा मनाए भूमे पर्व (तस्बिरहरू)

काठमाडौं– मगर समुदायले भूमे अर्थात् प्रकृतिको पूजाआजा गर्दै मनाउने पर्व