श्रीमतीले काटिदिइन् श्रीमानको खुट्टा, धेरै रगत बगेपछि मृत्यु « Khabarhub

श्रीमतीले काटिदिइन् श्रीमानको खुट्टा, धेरै रगत बगेपछि मृत्यु


२३ चैत्र २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धुलिखेल– काभ्रेको धुलिखेल– २ रवीओपीमा श्रीमतीले श्रीमानको हत्या गरेकी छिन् ।

उनले पतिलाई खुर्पाले हानेर हत्या गरेकी हुन् । ६० वर्षीया लालीमाया तामाङले ६५ वर्षीय श्रीमान शुक्रराम तामाङको हत्या खुर्पाले हानेर गरेको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ ।

इलाका प्रहरी कार्यालय बनेपामा प्रहरी निरीक्षक निरञ्जन भट्टराईका अनुसार श्रीमती लालीमायाले घरयासी झगडामा श्रीमानलाई खुर्पा प्रहार गरेकी छिन् । श्रीमतीले खुट्टा काटिदिएपछि रगत धेरै बगेर पतिको मृत्यु भएको प्रारम्भिक अनुसन्धानले देखिएको छ ।

अभियुक्त लालीमायालाई प्रहरीले नियन्णमा लिएर अनुसन्धान गरिरहेको भट्टराईले जानकारी दिए ।

प्रकाशित मिति : २३ चैत्र २०७५, शनिबार  ७ : ०२ बजे

नागरिक असन्तुष्टि केलाएर नयाँ सङ्कल्पका साथ अघि बढ्नेछौँ : महामन्त्री शर्मा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनमार्फत नागरिक

पार्टी सभापतिलाई बन्द सत्र सम्बोधन गर्न नेताहरूको आग्रह

काठमाडौं– नेपाली कांग्रेसका सहमहामन्त्री फर्मुल्ला मन्सुरले पार्टीको चालु विशेष अधिवेशनको

महाधिवेशनले चाहे नीति र नेता दुबै पनि फेर्छ : गगन थापा

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले महाधिवेशनले चाहेमा नेता र

चुनाव आउँछ जान्छ, नागरिकको भरोसा जोगाउनु छ : गगन थापा

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले चुनाव आउने जाने क्रम