‘हर प्रहर गाउँ र नगरी, टोल टोलमा नेपाल प्रहरी’ | Khabarhub Khabarhub

‘हर प्रहर गाउँ र नगरी, टोल टोलमा नेपाल प्रहरी’


२३ माघ २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– समाजमा शान्तिसुरक्षा कायम गर्न भन्दै नेपाल प्रहरीले समुदायसँग सहकार्य गर्ने लक्ष्यसहित थालेको ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम कार्यान्वयनका लागि ७४७ स्थानीय तहसँग सम्झौता गरेको छ ।

‘हर प्रहर, गाउँ र नगरी, टोल टोलमा नेपाल प्रहरी’ नाराका साथ कात्तिक ११ गतेदेखि कार्यक्रम शुरु भएको थियो । कार्यक्रमअन्तर्गत ७५ जिल्ला समिति, ७३७ गाउँपालिका समिति, ३ हजार ९ सय ४१ वडा समिति, दुई हजार ९ सय ४६ टोल समिति र चार हजार ३ सय ५२ विद्यालय सम्पर्क समिति गठन गरिएको प्रहरीले जनाएको छ ।

सामाजिक न्याय, राष्ट्रिय सुरक्षा, आपसी मेलमिलाप, सामुदायिक शिक्षा र जनचेतना जगाउने उद्देश्यले थालिएको कार्यक्रम सञ्चालनका लागि कूल १० हजार ५६ प्रहरी कर्मचारीलाई प्रशिक्षण दिइएको प्रहरी प्रवक्ता उत्तमराज कार्कीले बताए ।

प्रकाशित मिति : २३ माघ २०७५, बुधबार  ५ : २२ बजे

मधेश प्रदेश सरकारद्वारा चालु आवमा ७१ प्रतिशतभन्दा बढी रकम खर्च

जनकपुरधाम – मधेश प्रदेश सरकारले चालु आर्थिक वर्षमा कुल बजेटको

सभामुखले भने : लोकतन्त्रको विकल्प छैन

भक्तपुर – सभामुख देवराज घिमिरेले लोकतन्त्रको विकल्पमा अरू कुनै व्यवस्था

पूर्वनिर्वाचन आयुक्त इला शर्माको निधन

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त एवं पूर्वपत्रकार इला शर्माको हृदयाघातका कारण

स्थानीय उत्पादन प्रवर्द्धन गर्दै टीकापुर नगरपालिका

कैलाली – टीकापुर नगरपालिका नगरप्रमुखको कार्यकक्षमा प्रवेश गर्नेबित्तिकै देखिन्छन्, चिटिक्क

नेपालसँगको सम्बन्धलाई चीनले प्राथमिकतामा राखेको छ : झलनाथ खानाल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता एवं