राजधानी दैनिकको समाचारः गरिबी निवारण कोषमा करोडौं घोटाला « Khabarhub

राजधानी दैनिकको समाचारः गरिबी निवारण कोषमा करोडौं घोटाला


२३ माघ २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आजको राजधानी दैनिकले गरिबी निवारण कोषमा करोडौं घोटाला भन्ने शीर्षकमा मुख्य समाचार छापेको छ । राजधानी दैनिकका अनुसार परामर्शदाता छनोटदेखि जिन्सी सामानमा अनियमितता भएको उल्लेख गरेको छ ।

त्यसैगरी ४ करोडका १ हजार १५ आइटम जिन्सी सामान गायब भएको र कार्यकारी निर्देशकको नाममा बेरुजु भएको जनाएको छ ।  छानविन प्रतिवेदन कोषबाट इनकम जेनेरेसन आफ प्रोजेक्टअन्तर्गत ३२ हजार १ सय ९६ सामुदायिक संस्थासँग सम्झौता गर्ने क्रममा गरिएको ३७ करोड ९६ लाख ५६ हजार ९० रुपैयाँमा गम्भीर प्रश्न उठाइएको छ ।

पत्रिकाले महाराजगन्ज–टेकु सडक खण्डमा २ सय ५० खाल्डाखुल्डी, ज्यानै जोखिममा शीर्षकमा अर्को समाचार छापेको छ । त्यस्तै नेकपाको एकताका विषयमा कार्यदलले प्रतिवेदन नबुझाएर सचिवालयको निर्देशन उल्लंघन गरेको समाचार छापेको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले एक वर्ष नपुग्दै जनविरोधी र राष्ट्रहित विपरितका कार्यमा कीर्तिमानी बनाएको आरोप सहितको अर्को समाचार छ ।

प्रकाशित मिति : २३ माघ २०७५, बुधबार  ६ : ५७ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल