नयाँ पत्रिका- साढे ३३ किलो सुन तस्करीका फरार अभियुक्त दुबईमा पक्राउ | Khabarhub Khabarhub

नयाँ पत्रिका- साढे ३३ किलो सुन तस्करीका फरार अभियुक्त दुबईमा पक्राउ


२३ माघ २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आजको नयाँ पत्रिका दैनिकले अर्थतन्त्रमा समस्या, अर्थ मन्त्रालयमा बैठकको शीर्षकमा मुख्य समाचार छापेको छ । अर्थमन्त्रालयले बोलाएको आकस्मिक बैठकमा राष्ट्र बैकका बैंकका गभर्नर, अर्थ र उद्योग मन्त्रालयका सचिव तथा निजी क्षेत्रका प्रतिनिधि उपस्थित भएको जनाएको छ ।

बैंकमा तरलता संकट, ब्याजदर वृद्धि, व्यवसायीको आन्दोलन र विदेशी लगानी तथा अनुदानमा गिरावटबारे गम्भीर समीक्षा भएको जनाएको छ । बैठकमा अर्थमन्त्रीले आन्तरिक स्रोतले मात्र समस्या सुल्झिन नसक्ने जनाएका थिए ।

त्यसैगरी पत्रिकाले जाली कागजातका आधारमा विदेशिले लिएका ३३९ नेपाली नागरिकता रद्द गरिएको अर्को समाचार छापेको छ । नागरिकता रद्द गर्न गृहमन्त्रालयमा ३० भन्दा धेरैको उजुरी परेको उल्लेख गरेको छ ।

त्यस्तै साढे ३३ किलो सुन तस्करीका फरार अभियुक्त दुबईमा पक्राउ भन्ने शीर्षकमा समाचार पनि छापेको छ । साढे ३३ केजी सुन तस्करी र सनम शाक्य हत्या मुद्दाका फरार एक मुख्य अभियुक्त हरिशण खड्का दुबईमा पक्राउ परेका हुन् । नेपाल प्रहरीको आग्रहमा संयुक्त अरब इमिरेट्स (यूएई) प्रहरीले उनलाई पक्राउ गरेको हो । गोरेको समूहमा सामेल भएपछि उनी कामदारबाट करोडपति बनेको शीर्षकमा पनि समाचार छापेको छ ।

त्यसैगरी ऐतिहासिक काष्ठमण्डपको निर्माण धरहरा र ताहचलको माटो तथा बर्दिबासको काठले बन्दै शीर्षकमा अर्को समाचार छापेको छ । काष्ठमण्ड मन्दिरको मुख्य थाम उठाइएका असारसम्म पहिलो तला बन्ने उल्लेख गरेको छ । मन्दिर निर्माणका लागि १७ हजार क्युफिट काठमा र २ लाख इँटा लाग्ने जनाएको छ ।

प्रकाशित मिति : २३ माघ २०७५, बुधबार  ७ : १५ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन