नयाँ पत्रिका- साढे ३३ किलो सुन तस्करीका फरार अभियुक्त दुबईमा पक्राउ « Khabarhub

नयाँ पत्रिका- साढे ३३ किलो सुन तस्करीका फरार अभियुक्त दुबईमा पक्राउ


२३ माघ २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आजको नयाँ पत्रिका दैनिकले अर्थतन्त्रमा समस्या, अर्थ मन्त्रालयमा बैठकको शीर्षकमा मुख्य समाचार छापेको छ । अर्थमन्त्रालयले बोलाएको आकस्मिक बैठकमा राष्ट्र बैकका बैंकका गभर्नर, अर्थ र उद्योग मन्त्रालयका सचिव तथा निजी क्षेत्रका प्रतिनिधि उपस्थित भएको जनाएको छ ।

बैंकमा तरलता संकट, ब्याजदर वृद्धि, व्यवसायीको आन्दोलन र विदेशी लगानी तथा अनुदानमा गिरावटबारे गम्भीर समीक्षा भएको जनाएको छ । बैठकमा अर्थमन्त्रीले आन्तरिक स्रोतले मात्र समस्या सुल्झिन नसक्ने जनाएका थिए ।

त्यसैगरी पत्रिकाले जाली कागजातका आधारमा विदेशिले लिएका ३३९ नेपाली नागरिकता रद्द गरिएको अर्को समाचार छापेको छ । नागरिकता रद्द गर्न गृहमन्त्रालयमा ३० भन्दा धेरैको उजुरी परेको उल्लेख गरेको छ ।

त्यस्तै साढे ३३ किलो सुन तस्करीका फरार अभियुक्त दुबईमा पक्राउ भन्ने शीर्षकमा समाचार पनि छापेको छ । साढे ३३ केजी सुन तस्करी र सनम शाक्य हत्या मुद्दाका फरार एक मुख्य अभियुक्त हरिशण खड्का दुबईमा पक्राउ परेका हुन् । नेपाल प्रहरीको आग्रहमा संयुक्त अरब इमिरेट्स (यूएई) प्रहरीले उनलाई पक्राउ गरेको हो । गोरेको समूहमा सामेल भएपछि उनी कामदारबाट करोडपति बनेको शीर्षकमा पनि समाचार छापेको छ ।

त्यसैगरी ऐतिहासिक काष्ठमण्डपको निर्माण धरहरा र ताहचलको माटो तथा बर्दिबासको काठले बन्दै शीर्षकमा अर्को समाचार छापेको छ । काष्ठमण्ड मन्दिरको मुख्य थाम उठाइएका असारसम्म पहिलो तला बन्ने उल्लेख गरेको छ । मन्दिर निर्माणका लागि १७ हजार क्युफिट काठमा र २ लाख इँटा लाग्ने जनाएको छ ।

प्रकाशित मिति : २३ माघ २०७५, बुधबार  ७ : १५ बजे

रवि लामिछानेको बचाउ बयान : मलाई कारागारको पत्रमा मेरो सहभागिता थिएन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले डिल्लीबजार कारागारबाट

प्रदीप पौडेलले भने- सरकारले जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्नुपर्छ

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तत्काल भदौ २३ र

दोस्रो विश्वयुद्धपछि सबैभन्दा हिंसात्मक चरणमा विश्व : संयुक्त राष्ट्र

एजेन्सी– विश्व अहिले दोस्रो विश्वयुद्धपछि कै सबैभन्दा हिंसात्मक चरणबाट गुज्रिरहेको

निर्वाचन लोकतन्त्रको मेरुदण्ड : राष्ट्रपति

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचनमार्फत जनताले प्रकट गरेको अभिमतले जनप्रतिनिधिको