प्रतिनिधिसभा बैठक बस्दै, ४ जना मन्त्रीले सांसदहरुको प्रश्नको जवाफ दिने « Khabarhub

प्रतिनिधिसभा बैठक बस्दै, ४ जना मन्त्रीले सांसदहरुको प्रश्नको जवाफ दिने


२३ माघ २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिसभाको बैठक आज बस्दैछ ।

दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा चार जना मन्त्रीले सांसदहरुको प्रश्नको जवाफ दिनेछन् । जसमा गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री युवराज खतिवडा, वनमन्त्री शक्तिबहादुर बस्नेत, महिला तथा बालबालिका मन्त्री थममाया थापा, कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणि खनाल रहेका छन् ।

निर्मला पन्त प्रकरण, भक्तपुरमा ११ वर्षीय बालक निशान खड्काको अपहरणपछि हत्या भएपछिको इन्काउन्टर लगायतका विषयमा गृहमन्त्रीले सांसदहरुको जवाफ दिने छन् ।

अर्थमन्त्री खतिवडाले नेपालमा रहेका बहुराष्ट्रिय कम्पनीले आफ्ना कर्मचारी र डिलरलाई विदेश भ्रमणमा पठाउँदा विदेशी मुद्रा बाहिरिएको र त्यसलाई रोक्न भइरहेको पहलबारे जवाफ दिनेछन् ।

त्यस्तै अन्य मन्त्रीले पनि सांसदहरुको प्रश्नको जवाफ दिनेछन् । ४ मन्त्रीलाई सोध्ने प्रश्न सांसदहरुले यसअघि नै संसद सचिवालयमा दर्ता गराइएसकेका छन् ।

प्रकाशित मिति : २३ माघ २०७५, बुधबार  ९ : ४४ बजे

म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन

म्याग्दी– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत म्याग्दीका सबै स्थानीय तहमा नेतृत्व

जलवायु वित्त तथा वन शासनमा आदिवासी जनजाति युवा तथा महिलाको भूमिका विषयक कार्यशाला सम्पन्न

सुर्खेत– नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) अन्तर्गत सञ्चालित डिजिएम नेपाल

एक साताभित्र स्ट्रेट अफ होर्मुज खोल्न सकिने अमेरिकालाई इरानको प्रस्ताव

काठमाडौँ– इरानले एक साताभित्र स्ट्रेट अफ होर्मुज खोल्न सकिने अमेरिकासामु

एसियन गेम्समा सन्दीप र लोकेशकाे अर्धशतक : नेपालले जापानलाई दियो १५० रनको चुनौतीपूर्ण लक्ष्य

काठमाडौँ – ऐसियन गेम्स अन्तर्गत क्रिकेट प्रतिस्पर्धामा आयोजक जापानलाई नेपालले

एसियन गेम्स क्रिकेट : जापानविरुद्ध नेपालका सन्दीप जोराले बनाए अर्धशतक

काठमाडौँ – एसियन गेम्स अन्तर्गत क्रिकेट प्रतिस्पर्धामा आयोजक जापानविरुद्ध नेपालका