मनोचिकित्सक थापा भन्छन् : आत्महत्याको विचार आउनु मानसिक रोगको उपज हो « Khabarhub

मनोचिकित्सक थापा भन्छन् : आत्महत्याको विचार आउनु मानसिक रोगको उपज हो


२३ माघ २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालको जनसंख्याको २५ प्रतिशत मानिसमा कुनै न कुनै किसिमको मानसिक स्वास्थ्य समस्या रहेको चिकित्सकहरू बताउछन् ।

नेपालमा सबैभन्दा धेरै डिप्रेसनका बिरामी रहेको रिदम न्युरो-साइकियाट्री हस्पिटल एण्ड रिसर्च सेन्टरका निर्देशक एवं मानसिक रोग विशेषज्ञ डा रितेश थापाले बताए ।

मानसिक स्वास्थ्य समस्याका कारण अस्पतालमा आउने बिरामीमध्ये १० प्रतिशतमा कडा खालको मानसिक स्वास्थ्य समस्या हुने गरेको डा. थापाले बताए ।

‘मानसिक रोग धेरै किसिमका हुन्छन् । मानसिक रोगका बिरामीहरु सुरुमै उपचारमा आउँने हो भने काउन्सिलिङले मात्रै पनि धेरै समस्या कम गर्न सकिन्छ,’ डा. थापाले भने, ‘तर धेरैजस्तो बिरामीहरू ढिलो उपचारमा आउँछन् । मानिसक रोगको उपचार जति छिटो पहिचान हुन्छ त्यति नै छिटो उपचार हुन्छ ।’

ढिला गरी उपचारमा आउँदा मानिसमा उनीहरूमा कडा खालको मानसिक समस्या भइसकेको हुने र उपचारमा समय लाग्ने डा. थापाको भनाइ छ ।

डा. थापाका अनुसार कडा खालको मानसिक रोगीमा यस्ता लक्षण देखिन्छन्।
-असामान्य व्यवहार गर्ने ।
-नभनेका कुराहरु सुन्ने ।
-आत्महत्याको भावना उत्पन्न हुने ।

सामान्य खालको मानसिक स्वास्थ्य समस्यामा मनोचिकित्सकको काउन्सिलङबाट पनि रोग निको हुने डा थापाको भनाइ छ । तर मानिसमा कडा खालको स्वास्थ्य समस्या देखिएपछि मात्रै उपचारको आउने गरेको डा. थापाले बताए ।

यस्ता छन् मानसिक समस्याका लक्षण
-मन डराउने ।
-निद्राको समस्या हुने ।
– भिडभाडमा जान बोल्न डराउने ।
-उदास हुने ।
-लामो समय सम्म टाउको दुख्ने ।

प्रकाशित मिति : २३ माघ २०७५, बुधबार  १२ : ५७ बजे

चिकित्सा शिक्षामा ४१८ सिट थप, निजी कलेजको सिट यथावत् राखेर सरकारीलाई प्रोत्साहन

काठमाडौं– चिकित्सा शिक्षा आयोगले चालु शैक्षिक सत्रका लागि चिकित्सा शिक्षाका

काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको बस सिन्धुलीमा दुर्घटना, ९ जना घाइते

सिन्धुली – बीपी राजमार्गअन्तर्गत सिन्धुलीको गोलान्जर गाउँपालिका–७ स्थित ट्रायल सेन्टर

खगेन्द्र सुनार प्रकरण : रास्वपाको छानबिन टोलीलाई जनआस्थाले बुझायो अडियो र लिखित विवरण

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचित प्रतिनिधि सभा सदस्य

बाढीले थपियो चुनौती, काभ्रेका खानी तथा क्रसरको नियमन कमजोर

बनेपा– काभ्रेपलाञ्चोकमा नदीजन्य पदार्थ उत्खनन तथा प्रशोधन गर्दै आएका खानी र

जापानमा ९.९ म्याग्निच्युडको भूकम्प जाने सूचना फैलिएपछि…

काठमाडौं– जापानको मौसमसम्बन्धी निकायले शुक्रबार कुरील टापु क्षेत्रमा ९.९ म्याग्निच्युडको