महाकाव्यकार दाहालको ‘बित्छ बिहान आमाको’ सार्वजनिक « Khabarhub

महाकाव्यकार दाहालको ‘बित्छ बिहान आमाको’ सार्वजनिक


६ मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – महाकाव्यकार खेमनाथ दाहालको शब्द रचना रहेको गीत ‘बित्छ बिहान आमाको’ सार्वजनिक भएको छ । डा. यज्ञश्वर निरौलाको प्रमुख आतिथ्यतामा बिहीबार काठमाडौंमा एक विशेष कार्यक्रमबीच उक्त गीतको भिडियो सार्वजनिक गरिएको हो । विशिष्ठ गायिका ज्ञानु राणाको स्वरमा रहेको गीत महाकाव्यकार दाहालको कृति ‘योद्धा’मा रहेको काव्यलाई कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठले संगीत गरेका हुन् ।

मिलापको आयोजनामा साहित्यकार लेखनाथ पोख्रेलको सभापतित्वमा भएको कार्यक्रममा गीता अधिकारीले स्वागत मन्तव्य राख्दै मिलापका पछिल्ला कार्यको चर्चा गरेका थिए । कीर्तिमानी संगीतकार श्रेष्ठले काव्यबाट लिएको हुनाले आफूहरूले छन्दभंग नहुने गरी गीत तयार पारिएको जानकारी गराए ।

डा. बुनु दाहालले महाकाव्यकार दाहालका कृतित्व र व्यक्तित्वका बारेमा आफू परिचित रहेको बताउँदै उहाँका साहित्य सिर्जनाको विशिष्ठ गुण रहेको आफूले पाएको बताए । यस्तै, विशिष्ठ कलाकार उत्तम केसीले गीतका शब्द अत्यान्तै मार्मिक रहेको बताउँदै ‘आमा’ शब्दमा रचना गरिएको गीत उत्कृष्ट रहेको जिकिर गरे । गीतकार संघका अध्यक्ष वसन्त वित्यासी थापाले साहित्यमा एउटा उचाइ प्राप्त गरेको व्यक्त दाहाल गीतकारका रूपमा पनि त्यतिकै सशक्त रहेको आफूले पाएको धारणा राखे ।

जनकविकेशरी धर्मराज–सावित्री थापा स्मृति प्रतिष्ठानका अध्यक्ष मदन थापाले गीतको समीक्षा गर्दै एउटा उत्कृष्ट गीत श्रोता÷दर्शकमाझ आएको बताए । पछिल्लो समय यस्ता शब्दमा गीत नआउने गरेको गुनासो गर्दै वरिष्ठ गायिका राणाले महाकाव्यकार दाहालका उत्कृष्ट शब्द रचना रहेको जिकिर गरे । महाकाव्यकार दाहालले आफूले ‘योद्धा’ काव्यमा समावेश गरेका पंक्तिलाई सन्तोष र ज्ञानु दिदीको सहकार्यमा यो गीत रकेर्ड गरिएको बताए । ‘योद्धा’ काव्य कसरी तयार भयो भन्ने सन्दर्भ उनले प्रस्तुत गरे ।

मिलापका सम्पादक कृष्ण भुसालले सहजीकरण गर्नुभएको कार्यक्रममा प्रमुख अतिथि डा।निरौलाले ‘योद्धा’ काव्यको चर्चा गरे । उनले महाकाव्यकार दाहालका कृतित्व र व्यक्तित्वको बारेमा आफ्ना भनाइ राखेकाथिए । संगीत र काव्यको सजीव संयोजनले तयार भएको ‘बित्छ बिहान आमाको’ केवल आमाप्रतिको प्रेममात्र नभएर, नेपाली साहित्य र संगीतको साझा पहिचानको प्रतीक बन्न सफल भएको डा निरौलाको भनाइ थियो । ‘योद्धा’ काव्यलाई महाकाव्यका रूपमा ल्याउन उनको सुझाव थियो ।

राजु कार्कीको संगीत संयोजन ‘बित्छ बिहान आमाको’मा दिल समर्पणको संगीतसञ्चयन, प्रकाश मिश्रको संगीत सम्पादन छ । अकस्टिक नेपाल संगीतसञ्चयन कक्ष रहेको यो गीतको भिडियोलाई त्यही नै राजन खरेलले सम्पादन गरेका हुन्।

महाकाव्यकार खेमनाथको विसं २०६० सालमा प्रकाशित काव्य कृति हो ‘योद्धा’ । यसै योद्धाबाट केही दिनअघि ‘लाली गुराँसको साटो’ गीत सन्तोषको स्वर र संगीतमा सार्वजनिक भएको थियो । यस्तै, उनको ‘स्वेतपत्र’ महाकाव्यबाट पनि सन्तोषको स्वर र संगीतमा ‘बुद्धको देश नेपाल’ श्रोतारदर्शकमाझ आएको छ ।

लाब्री, तेह्रथुमका साहित्यकार खेमनाथ दाहालका ‘श्वेतपत्र’ (महाकाव्य), ‘रश्मि’ (खण्डकाव्य) तथा ‘श्रद्धाञ्जलि, योद्धा, हावर्डको चौतारीमा, म त बन्दी भएको छु’ जस्ता कवितासंग्रह प्रकाशित छन् । यस्तै उहाँका ‘यात्राको सिकर्नी’ नियात्रा, ‘अहोरात्र’ उपन्यास र ‘सिर्जनामा दृष्टि’ भूमिकासंग्रह जस्ता कृति पाठकमाझ आएका छन् ।

प्रकाशित मिति : ६ मंसिर २०८२, शनिबार  १० : ५९ बजे

कर्णाली प्रदेशसभा : ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत

कर्णाली – कर्णाली प्रदेश सरकारले राजस्व र व्ययको वार्षिक अनुमानसहितको

हराएका सीमा स्तम्भ खोजी गरी पुनःस्थापना गरिने

कञ्चनपुर – नेपाल–भारत सीमा समन्वय समितिको बैठक यहाँ सम्पन्न भएको

परराष्ट्रमन्त्री खनाल र सिपिसीका नेता लिउबीच भेटवार्ता

काठमाडौं – चीनको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री एवं राष्ट्रिय स्वतन्त्र

सांसद खुश्बु ओलीको चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं – प्रतिनिधि सभा सदस्य खुश्बु ओलीको चरित्रहत्या गरेको आरोपमा

राधास्वामीका आश्रित भोकै, महानगर भन्छ : सिस्टम फेरिएकाले खुवाउन सकेनौँ, आन्दोलन जरूरी थिएन

काठमाडौं- कीर्तिपुरको राधास्वामीस्थित सुकुम्वासी होल्डिङ सेन्टरको मूल गेटमा सुत्केरी, बालबालिका,