रियालमड्रिडमा रहँदा कर छली गरेका माउरिन्होलाई एक वर्षको जेल सजाय « Khabarhub

रियालमड्रिडमा रहँदा कर छली गरेका माउरिन्होलाई एक वर्षको जेल सजाय


२३ माघ २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– म्यानचेष्टर युनाईटेडका पूर्व प्रशिक्षक जोसे माउरिन्होले स्पेनमा कर छलेको स्वीकारेपछि एक वर्षको जेल सजाय पाएका छन् ।

स्पेनको अदालतले माउरिन्होलाई एक वर्षको जेल सजाय सुनाएको छ ।

उनलाई एक वर्षको जेल सजाय सुनाइएपनि उनी जेल भने बस्ने छैनन् ।

स्पेनमा सामान्यतया दुई बर्ष भन्दा कम समयको सजाय भएको खण्डमा जरिवाना तिरेर जेल जानु नपर्ने कानूनी प्रावधान रहेको छ । जरिवानी स्वरुप उनले २ मिलियन युरो भुक्तान गर्नुपर्नेछ ।

सन् २०११ देखि १२ मा रियल मड्रिडमा हुँदा उनले ३.३ मिलियन युरो बराबरीको कर छलेको आरोप उनीविरुद्ध लागेको थियो । रियलको प्रशिक्षक हुँदा माउरिन्होले इमेज राईटको आम्दानीमा कर छलेको उनीमाथि आरोप थियो ।

प्रकाशित मिति : २३ माघ २०७५, बुधबार  १२ : ५५ बजे

 सभामुखसँग अमेरिकी कावा राजदूत शिष्टाचार भेट

काठमाडौँ– सभामुख डोलप्रसाद (डिपी) अर्यालसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन

सडकमै नयाँ नोटको व्यापार (तस्बिरहरू)

काठमाडौँ– रत्नपार्कस्थित फुटपाथमा दसैँका लागि सर्वसाधारण नोट साटिरहेका छन् ।

उपराष्ट्रपति यादवसँग प्रधान सेनापति सिग्देलको शिष्टाचार भेट

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग प्रधान सेनापति अशोकराज सिग्देलले शिष्टाचार भेट

पाकिस्तानी लेजेन्ड मिस्बाह-उल-हक सुदूरपश्चिम रोयल्सको प्रशिक्षक

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल टिम सुदूरपश्चिम रोयल्सले पाकिस्तानी लेजेन्ड

सरकारी सफ्टवेयर प्रणाली सुधारका लागि प्राविधिक विज्ञ माग, कात्तिक १८ सम्म आवेदन दिन सकिने

काठमाडौँ – नेपाल सरकारका निकायहरूका लागि आवश्यक सफ्टवेयर प्रणालीको विकास,