रियालमड्रिडमा रहँदा कर छली गरेका माउरिन्होलाई एक वर्षको जेल सजाय « Khabarhub

रियालमड्रिडमा रहँदा कर छली गरेका माउरिन्होलाई एक वर्षको जेल सजाय


२३ माघ २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– म्यानचेष्टर युनाईटेडका पूर्व प्रशिक्षक जोसे माउरिन्होले स्पेनमा कर छलेको स्वीकारेपछि एक वर्षको जेल सजाय पाएका छन् ।

स्पेनको अदालतले माउरिन्होलाई एक वर्षको जेल सजाय सुनाएको छ ।

उनलाई एक वर्षको जेल सजाय सुनाइएपनि उनी जेल भने बस्ने छैनन् ।

स्पेनमा सामान्यतया दुई बर्ष भन्दा कम समयको सजाय भएको खण्डमा जरिवाना तिरेर जेल जानु नपर्ने कानूनी प्रावधान रहेको छ । जरिवानी स्वरुप उनले २ मिलियन युरो भुक्तान गर्नुपर्नेछ ।

सन् २०११ देखि १२ मा रियल मड्रिडमा हुँदा उनले ३.३ मिलियन युरो बराबरीको कर छलेको आरोप उनीविरुद्ध लागेको थियो । रियलको प्रशिक्षक हुँदा माउरिन्होले इमेज राईटको आम्दानीमा कर छलेको उनीमाथि आरोप थियो ।

प्रकाशित मिति : २३ माघ २०७५, बुधबार  १२ : ५५ बजे

जेन-जी आन्दोलनको उपहास : सर्वत्र पाका उम्मेदवारको रजगज

काठमाडौं – आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचन नेपाली

पाल्पामा २९ मतदानस्थल ‘अति संवेदनशील’

पाल्पा– जिल्ला सुरक्षा समिति पाल्पाले दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको

पञ्चैबाजा समूहबाट लोकबाजा घर स्थापना

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ बिममा नौमती बाजाघर निर्माण भएको छ

राष्ट्रियसभा अन्तर्गत दुईवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेका विभिन्न दुईवटा समितिका बैठक

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

चितवन– चितवनको भरतपुर महानगरपालिका–१४ राधापुर नहरमा गए राति मोटरसाइकल खसेर