पप्पुका पूर्व अध्यक्षसमेत रहेका सांसद रौनियार निलम्बनमा परेपछि ४ करोड बजेट फ्रिज हुँदै « Khabarhub

पप्पुका पूर्व अध्यक्षसमेत रहेका सांसद रौनियार निलम्बनमा परेपछि ४ करोड बजेट फ्रिज हुँदै


२३ माघ २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज- पर्सा क्षेत्र नं ३ बाट निर्वाचित सांसद हरिनारायण रौनियार निलम्बनमा परेपछि सो क्षेत्रको संसदीय समितिको बैठक अन्योलमा परेकाले संसदीय विकासको करीब रु चार करोड बराबरको बजेट फ्रिज हुने भएको छ ।

सो क्षेत्रमा रहेको संसदीय विकास कोषको बजेट सञ्चालन गर्न उक्त क्षेत्रका सांसदको अध्यक्षतामा योजना छनोट गरी पुस मसान्तभित्र निर्णय गरी केन्द्रमा पठाउनुपर्ने प्रावधान रहे पनि सांसद रौनियारको पद निलम्बनमा परेपछि योजना छनोट हुन नसक्दा सो क्षेत्रको बजेट फ्रिज हुने सम्भावना बढेको जिल्ला समन्वय समिति पर्साले जनाएको छ ।

संसद् सचिवालयबाट सत्ता साझेदारी दल सङ्घीय समाजवादी फोरम नेपालका तर्फबाट निर्वाचित सांसद रौनियार निलम्बनमा परेको पत्र आएपछि संयोजकबारे सङ्घीय समाजवादी फोरम नेपाल र नेकपाका सांसदबीच विवाद हुँदा बैठक बस्न नसक्दा योजना छनोट हुन नसकेको सांसद पुष्पा कर्णले  बताए ।

पर्सा क्षेत्र नं ३ को संसदीय बजेट सञ्चालन गर्ने समयसीमा सकिएकाले रु चार करोड बजेट चलाउन नसकिने अवस्था आएकाले उक्त रकम फ्रिज हुने सम्भावना बढेर गएको पर्साका जिल्ला समन्वय अधिकारी हरि लम्सालको भनाइ छ ।

सांसद रौनियारको पद निलम्बनमा परेपछि पर्सा क्षेत्र नं ३ को संसदीय विकास कोषको संयोजक बन्न फोरम तथा नेकपा सांसदबीच होडबाजी चलेको छ । सो रकम फ्रिज हुने भएपछि त्यस क्षेत्रमा सडक, नाला तथा भौतिक पूर्वाधारको विकास काम प्रभावित भएको स्थानीयवासीको भनाइ छ ।

प्रकाशित मिति : २३ माघ २०७५, बुधबार  १ : २२ बजे

कास्कीको घान्द्रुकमा पर्यटकीय चहलपहल

कास्की– कास्कीको अन्नपूर्ण गाउँपालिका–१० र ११ स्थित रमणीय गाउँ घान्द्रुकमा

अमेरिका–इरान तनाव : ट्रम्प भन्छन्, सम्झौता बिना पछि हट्दैनौं’

काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग नयाँ सम्झौता नभएसम्म

इटहरी गोल्डकपको उपाधि मोरङलाई

सुनसरी – सोह्रौँ संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण रेडबुल इटहरी गोल्डकप फुटबल

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

आईपीएल : तिलकको शतकमा मुम्बईको विशाल जित, गुजरात ९९ रनले पराजित

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ अन्तर्गत सोमबार राति