पप्पुका पूर्व अध्यक्षसमेत रहेका सांसद रौनियार निलम्बनमा परेपछि ४ करोड बजेट फ्रिज हुँदै | Khabarhub Khabarhub

पप्पुका पूर्व अध्यक्षसमेत रहेका सांसद रौनियार निलम्बनमा परेपछि ४ करोड बजेट फ्रिज हुँदै


२३ माघ २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज- पर्सा क्षेत्र नं ३ बाट निर्वाचित सांसद हरिनारायण रौनियार निलम्बनमा परेपछि सो क्षेत्रको संसदीय समितिको बैठक अन्योलमा परेकाले संसदीय विकासको करीब रु चार करोड बराबरको बजेट फ्रिज हुने भएको छ ।

सो क्षेत्रमा रहेको संसदीय विकास कोषको बजेट सञ्चालन गर्न उक्त क्षेत्रका सांसदको अध्यक्षतामा योजना छनोट गरी पुस मसान्तभित्र निर्णय गरी केन्द्रमा पठाउनुपर्ने प्रावधान रहे पनि सांसद रौनियारको पद निलम्बनमा परेपछि योजना छनोट हुन नसक्दा सो क्षेत्रको बजेट फ्रिज हुने सम्भावना बढेको जिल्ला समन्वय समिति पर्साले जनाएको छ ।

संसद् सचिवालयबाट सत्ता साझेदारी दल सङ्घीय समाजवादी फोरम नेपालका तर्फबाट निर्वाचित सांसद रौनियार निलम्बनमा परेको पत्र आएपछि संयोजकबारे सङ्घीय समाजवादी फोरम नेपाल र नेकपाका सांसदबीच विवाद हुँदा बैठक बस्न नसक्दा योजना छनोट हुन नसकेको सांसद पुष्पा कर्णले  बताए ।

पर्सा क्षेत्र नं ३ को संसदीय बजेट सञ्चालन गर्ने समयसीमा सकिएकाले रु चार करोड बजेट चलाउन नसकिने अवस्था आएकाले उक्त रकम फ्रिज हुने सम्भावना बढेर गएको पर्साका जिल्ला समन्वय अधिकारी हरि लम्सालको भनाइ छ ।

सांसद रौनियारको पद निलम्बनमा परेपछि पर्सा क्षेत्र नं ३ को संसदीय विकास कोषको संयोजक बन्न फोरम तथा नेकपा सांसदबीच होडबाजी चलेको छ । सो रकम फ्रिज हुने भएपछि त्यस क्षेत्रमा सडक, नाला तथा भौतिक पूर्वाधारको विकास काम प्रभावित भएको स्थानीयवासीको भनाइ छ ।

प्रकाशित मिति : २३ माघ २०७५, बुधबार  १ : २२ बजे

कोप–२८ प्रभावकारी र परिणाममुखी भएको प्रधानमन्त्री प्रचण्डको दाबी

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय

विधानसभा चुनाव : तीन प्रदेशमा भाजपा र तेलंगानामा कंग्रेस-आईको जित

काठमाडौं- भारतको विधानसभा निर्वाचनमा भारतीय जनता पार्टी (भाजपा) ले तीन

भारतले दियो अष्ट्रेलियालाई १ सय ६१ रनको लक्ष्य

काठमाडौं – श्रेयस ऐरको अर्धशतक मद्दतमा भारतले पाँचौं तथा अन्तिम

जाजरकोट भूकम्पबाट महिला, बालबालिका र सुत्केरी जोखिममा परेको भन्दै अनेमसंघद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौं- अखिल नेपाल महिला संघ केन्द्रीय कमिटीले जाजरकोटमा आएको शक्तिशालि

मंसिरभित्र अस्थायी टहरा बनाइसक्नु : मन्त्री शर्मा

जाजरकोट – सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले मंसिर