मधेश प्रदेश सरकारद्वारा चालु आवमा ७१ प्रतिशतभन्दा बढी रकम खर्च « Khabarhub

मधेश प्रदेश सरकारद्वारा चालु आवमा ७१ प्रतिशतभन्दा बढी रकम खर्च


२८ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम – मधेश प्रदेश सरकारले चालु आर्थिक वर्षमा कुल बजेटको ७१ दशमलव ४८ प्रतिशत खर्च गरेको छ ।

चालु आवका लागि रु ४३ अर्ब ८९ करोड २१ लाख ७० हजार विनियोजन गरेकामा रु ३१ अर्ब ३७ करोड ५२ लाख ४३ हजार खर्च भएको मधेश प्रदेश लेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।

उक्त खर्चमध्ये पुँजीगततर्फ रु २१ अर्ब २९ करोड ७९ लाख ३१ हजार र चालुतर्फ रु नौ अर्ब ८७ करोड ७३ लाख १२ हजार खर्च भएको कार्यालयले जनाएको छ ।

प्राप्त विवरणअनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयतर्फ ३४ दशमलव ०६, श्रम तथा यातायात मन्त्रालयतर्फ ३८ दशमलव १९, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयतर्फ ४३ दशमलव ५५ प्रतिशत र अर्थ मन्त्रालयतर्फ ८३ दशमलव ३६ प्रतिशत बजेट खर्च भएको छ ।

यसैगरी, भौतिक पूर्वाधार विकास मन्त्रालयतर्फ ७८ दशमलव दुई प्रतिशत, वन तथा वातावरणतर्फ ७७ दशमलव ४५, शिक्षा तथा संस्कृतितर्फ ७७ दशमलव ३१, उद्योग, वाणिज्य तथा पर्यटनतर्फ ७३ दशमलव ६५, ऊर्जा सिँचाइ तथा खानेपानीतर्फ ७५, गृह, सञ्चार तथा कानुनतर्फ ७२ दशमलव नौ, खेलकुद तथा समाज कल्याणतर्फ ६९ दशमलव ३१ र स्वास्थ्य तथा जनसङ्ख्यातर्फ ६५ दशमलव ५३ प्रतिशत बजेट खर्च भएको छ ।

यसअघि, मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०७५/७६ मा ५१ दशमलव ७५ प्रतिशत, आव २०७६/७७ मा ४० दशमलव ४६, आव २०७७/७८ मा ६५ दशमलव ४६, आव २०७८/७९ मा ५७ दशमलव ३२, आव २०७९/८० मा ५५ दशमलव ६४ र २०८०/८१ मा ५५ दशमलव ६४ प्रतिशत मात्र बजेट खर्चभएको थियो । चालु आवमा सात वर्षको तुलनामा सबैभन्दा बढी खर्च भएको हो ।

प्रकाशित मिति : २८ असार २०८२, शनिबार  १० : ५२ बजे

राष्ट्रपति पौडेलद्वारा निर्वाचन आयोगको प्रमुख आयुक्तमा मानबहादुर कार्की नियुक्त

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर

सहरी पूर्वाधार, सौर्य ऊर्जा र वातावरणीय व्यवस्थापनमा सहकार्य

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले काठमाडौं महानगरपालिकासँग सहकार्य

कुवेतको चिनियाँ कम्पनीमा इरानी आक्रमण : एकजना नेपालीको मृत्यु

काठमाडौं– पश्चिम एसिया युद्धको असर वैदेशिक रोजगारीमा रहेका नेपालीमा पनि

सुनसरीको तनाव सिरहा सर्‍यो, ठाउँ ठाउँमा आगजनी (तस्बिरहरू)

काठमाडौं– सुनसरीमा दुई समुदायबीच सुरु भएर अन्य जिल्लामा फैलिएको प्रदर्शन सिरहामा

देश जल्न थाल्यो, पूर्वराजा र राष्ट्रपति बोल्दा पनि तोडिएन प्रधानमन्त्रीको मौनता

काठमाडौं- पाँच दिनदेखि देशका विभिन्न क्षेत्रमा प्रहरी र प्रदर्शनकारीबीच झडप