बोलिभियामा पहिरो, १४ जनाको मृत्यु « Khabarhub

बोलिभियामा पहिरो, १४ जनाको मृत्यु


२३ माघ २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ल्याटिन अमेरिकी मुलुक बोलिभियामा पहिरो जाँदा कम्तीमा १४ जनाको ज्यान गएको छ ।

राजधानी ला पाजलाई उत्तरी शहर काराभानीसँग जोड्ने सडकमा दुईवटा पहिरो गएको बोलिभियाका सरकारी अधिकारीले जनाएका छन् । घटनामा अरु ७ जना हराइरहेका छन् ।

पछिल्ला केही दिन यता भारी वार्षापछि पहिरो गएको हो । पहिरोले सडकमा गुडिरहेका ६ सवारी साधनमा क्षति पुर्या‍एको र त्यसबाट ५० जनाभन्दा धेरै घाइते भएका छन् ।

राष्ट्रपति इभो मोरालेजले ३४ जना घाइतेलाई उद्धारकर्मीले हेलिकोप्टरको प्रयोग गरी उद्धार गरेको ट्विटरमार्फत् जानकारी दिएका छन् । उनले मानिसहरुलाई पहिरो प्रभावित क्षेत्रबाट टाढै बस्न आग्रह समेत गरेका छन् ।

पहिरोपछि काराभानी शहरका शिक्षा अधिकारीले नयाँ शैक्षिक सत्रको अध्यापन कार्य एक साताका लागि स्थगित गरेका छन् ।

राजधानी ला पाजलाई अमेजन जङ्गलसँग जोड्ने यो सडकलाई संसारकै सबैभन्दा खतरनाकमध्येको एक मानिन्छ ।

एजेन्सी

प्रकाशित मिति : २३ माघ २०७५, बुधबार  ५ : १२ बजे

 सभामुखसँग अमेरिकी कावा राजदूत शिष्टाचार भेट

काठमाडौँ– सभामुख डोलप्रसाद (डिपी) अर्यालसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन

सडकमै नयाँ नोटको व्यापार (तस्बिरहरू)

काठमाडौँ– रत्नपार्कस्थित फुटपाथमा दसैँका लागि सर्वसाधारण नोट साटिरहेका छन् ।

उपराष्ट्रपति यादवसँग प्रधान सेनापति सिग्देलको शिष्टाचार भेट

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग प्रधान सेनापति अशोकराज सिग्देलले शिष्टाचार भेट

पाकिस्तानी लेजेन्ड मिस्बाह-उल-हक सुदूरपश्चिम रोयल्सको प्रशिक्षक

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल टिम सुदूरपश्चिम रोयल्सले पाकिस्तानी लेजेन्ड

सरकारी सफ्टवेयर प्रणाली सुधारका लागि प्राविधिक विज्ञ माग, कात्तिक १८ सम्म आवेदन दिन सकिने

काठमाडौँ – नेपाल सरकारका निकायहरूका लागि आवश्यक सफ्टवेयर प्रणालीको विकास,