नागढुङ्गाबाट लागुऔषधसहित पक्राउ | Khabarhub Khabarhub

नागढुङ्गाबाट लागुऔषधसहित पक्राउ


२३ माघ २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले अवैध लागुऔषधसहित एकजनालाई पक्राउ गरेको छ ।

प्रभागको टोलीले जनकपुरबाट काठमाडौँ आउँदै गरेको ना ८ ख १८०८ नम्बरको बस जाँचका क्रममा सोलुखुम्बुका २० वर्षीय छिरिङ शेर्पालाई आज बिहान पक्राउ गरेको हो ।

प्रभागका प्रमुख एवं प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले झोलामा लुकाएर अवैध लागुऔषध ल्याउँदै गरेको अवस्थामा शेर्पालाई पक्राउ गरिएको जानकारी दिनुभयो । शेर्पासँग प्रहरीले ७५० ट्याब्लेट नाइट्राभेट बरामद गरेको छ । अभियुक्त शेर्पालाई आवश्यक अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त थानकोट पठाएको प्रभागले जनाएको छ ।

प्रकाशित मिति : २३ माघ २०७५, बुधबार  ६ : ५० बजे

विश्वको समग्र आर्थिक वृद्धिसँगै असमानता गहिरिँदै गएको छ : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको सेभिया शहरमा आयोजित

प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटरेसबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसंघका महासचिव

जीबी राई पक्राउ गर्न सरकारलाई ज्ञानेन्द्र शाहीको चुनौती

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले

ह्वात्तै बढ्यो पेट्रोलियम पदार्थको मूल्य (सूचीसहित)

काठमाडौं – पेट्रोलियम पदार्थको मूल्यमा फेरि वृद्धि भएको छ। नेपाल

नेपाल लगानीका लागि उर्वर, भ्रमणका लागि सुन्दर : योगेश भट्टराई

डेनमार्क – नेकपा (एमाले)का सचिव तथा पूर्वमन्त्री योगेश भट्टराईले डेनिस