लगानीमैत्री वातावरण बनाउन विदेशी लगानीकर्ताको आग्रह | Khabarhub Khabarhub

लगानीमैत्री वातावरण बनाउन विदेशी लगानीकर्ताको आग्रह


२३ माघ २०७५, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा रहेका विदेशी लगानीकर्ताहरुले नेपालमा लगानी बढाउन भिसा र श्रम स्वीकृतिको प्रक्रियालाई सहज बनाउन आग्रह गरेका छन् ।

इन्स्टिच्युट फर स्ट्राटेजिक एण्ड सोसियो इकोनोमिक रिसर्चले पेभिलियन मिडिया हल काठमाडौमा गरेको अन्तरक्रिया कार्यक्रममा सहभागी विदेशी लगानीकर्ताहरुले कामदारमैत्री वातावरण बनाई रोजगारी तथा व्यापार गर्ने वातावरण बनाउन समेत आग्रह गरेका हुन् ।

आगामी मार्च महिनामा हुने लगानी सम्मेलनलाई लक्षित गरी उनीहरुल नेपालमा विदेशी लगानी तथा व्यापारलाई आकर्षित गर्नुपर्नेमा समेत जोड दिए । कार्यक्रममा सहभागी प्रतिनिधिले विदेशी कामदारका लागि छुट्याइएको ५ प्रतिशत कोटाले पनि समस्या पारिरहेकोले पनि नेपालमा आवश्यक दक्ष जनशक्तिको मागलाई पूर्ति गर्न विदेशी कामदारको कोटालाई बढाउनुपर्नेमा जोड दिए ।

त्यस्तै, जटिल एवं झन्झटिलो श्रम स्वीकृति तथा भिसा प्रक्रियाका कारण विदेशी कामदारलाई रोजगारी दिन अफ्ठ्यारो परिरहेको बताउँदै उनीहरुले सरकारलाई सजिलो प्रक्रिया अपनाइ नेपालमा गुणस्तरीय जनशक्तिलाई आकर्षित गर्न समेत आग्रह गरे ।

प्रकाशित मिति : २३ माघ २०७५, बुधबार  ८ : ४४ बजे

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

ट्रम्पलाई अचम्ममा पार्ने लाइबेरियाको विगत

लाइबेरिया खेलकुद जगतमा पहिलो पटक चर्चामा सन् १९९५ मा आएको

बर्सातका कारण सुनसान बने ‘होमस्टे’

बागलुङ– बागलुङमा सबैभन्दा बढी चर्चित छ भकुण्डेको अतिथि सत्कार घरबास