रुसमा विमानमा आगो लाग्यो, कम्तिमा ४१ जनाको मृत्यु « Khabarhub

रुसमा विमानमा आगो लाग्यो, कम्तिमा ४१ जनाको मृत्यु


२३ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– एक रुसी यात्रु विमानमा आगो लाग्दा कम्तिमा पनि ४१ जनाको मृत्यु भएको छ ।

बीबीसीका अनुसार यात्रु बोकेको विमानमा आगो लागेपछि मस्क स्थित विमानस्थलमा आपतकालिन अवतरण गरिएको थियो ।

विमानमा कुल ७८ यात्रु सवार थिए जसमध्ये ३७ जनामात्र जीवित रहेको प्रमुख जाँचकर्ताले जानकारी दिएका छन् । रुसी सरकारी सञ्चारमाध्यमहरुले दुर्घटनामा ४१ जनाको ज्यान गएको सरकारी अधिकारीलाई उदृत गर्दै लेखेका छन् ।

रुसको सरकारी विमान कम्पनी ‘एयरोफ्लोट’ का अनुसार विमानमा समस्या देखिएपछि विमानस्थलमा फर्कनु परेको थियो । तर कम्पनीले भने यसबारेमा केही बताएको छैन ।

सामाजिक सञ्जालहरुमा आएको भिडियोका अनुसार यात्रुलाई विमानको आपतकालिन ढोकाबाट निकालिइरहिएको छ ।

एक अर्को भिडियोमा विमान ल्याण्ड गरिरहेको समयमा त्यसबाट धुवाको कालो मुस्लो उडिरहेको देखिएको छ । अर्को भिडियोमा भने विमान अवतरण गर्ने समयमा यताउति हल्लिएको देखिएको छ ।

यो एक सुपरजेट १०० विमान हो जो मस्कोको शेरेमेत्येवो विमानस्थालबाट मरमास्क जाँदै थियो । एयरोफ्लोट कम्पनीका अनुसार विमानले उडान भरिसकेको थियो तर केही प्राविधिक समस्या देखिएपछि विमानलाई विमानस्थल फर्काइएको थियो । रनवेमा ल्याण्ड गर्ने क्रममा विमानको इन्जिनमा आलो लागेको थियो ।

प्रकाशित मिति : २३ बैशाख २०७६, सोमबार  ७ : ३१ बजे

चिसोबाट प्रभावितहरूलाई सहयोग गर्न संयोजक प्रचण्डको आग्रह 

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको

प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ

धरानबाट करिब १ सय ८० किलो गाँजा बरामद

सुनसरी– धरान उपमहानगरपालिका-६ पानबारी चोकटीबाट बेवारिसे अवस्थामा रहेको गाँजा करिब १ सय

२५ वर्षपछि सुन्धाराको निकास खुल्यो, प्राचीन स्वरूपमा पुनरुत्थान गर्ने वडाको योजना

काठमाडौं– पाशुपत क्षेत्रअन्तर्गत जयबागेश्वरी मन्दिरसँगै रहेको ऐतिहासिक सुन्धाराको बन्द पानी