भारतमा पाँचौ चरणको चुनाव, मतदाताले गर्नेछन् राहुल–सोनिया गान्धीको भाग्य फैसला | Khabarhub Khabarhub

भारतमा पाँचौ चरणको चुनाव, मतदाताले गर्नेछन् राहुल–सोनिया गान्धीको भाग्य फैसला


२३ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतमा आज पाँचौ चरणको चुनाव अन्तर्गत मतदान शुरु भएको छ । लोकसभा चुनाव अन्तर्गत सात राज्इको ५१ सीटका लागि मतदान शुरु भएको हो ।

बिहार, झारखण्ड, उत्तर प्रदेश, पश्चिम बंगाल, जम्मू कश्मीर, राजस्थान तथा मध्यप्रदेशमा मतदान शुरु भएको हो ।

यो चरणमा कांग्रेस अध्यक्ष राहुल गान्धी, यूपीए प्रमुख सोनिया गान्धी, गृहमन्त्री राजनाथ सिंह, केन्द्रीय मन्त्री स्मृति ईरानी, राज्यवर्धन सिंह र महबूबा मुफ्ती जस्ता हस्तीहरुको फैसला मतदाताले गर्नेछन् ।

५१ सीटमा ६७४ उम्मेदवार मैदानमा उत्रिएका छन् । यस चरणका साथ लोकसभाको ४२५ सीटका लागि मतदानको काम पूरा हुने छ ।

पाँचौं चरणका करीब ८.७५ करोड मतदाताले मताधिकारको प्रयोग गर्नेछन् । जसमा करीब ४.६३ करोड पुरुष र ४.१२ करोड मतदाता छन् ।

प्रकाशित मिति : २३ बैशाख २०७६, सोमबार  ८ : ०७ बजे

वैदेशिक रोजगारीमा ठगी, दुई जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अल्बानिया पठाइदिन्छु भन्दै

जबज सामाजिक न्यायका लागि मार्गदर्शन गर्ने चिन्तन हो : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले अभ्यास गरिरहेको

सिङ्गो मुलुकले माधव नेपाललाई भ्रष्टाचारी भन्न सकेको छैन, झाँक्रीले मरेको सिनो भन्ने ? – पाण्डे

काठमाडौं– नेकपा एकीकृत समाजवादीकी स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले अध्यक्ष

जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषित

काँक्रेविहार– जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा भएको छ