‘राजमार्ग खुलाउन सिरियाली सेनाको आक्रमण’ | Khabarhub Khabarhub

‘राजमार्ग खुलाउन सिरियाली सेनाको आक्रमण’


२३ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– सिरियाली सेनाले विद्रोहीको नियन्त्रणमा रहेको इडलिब प्रान्तमा शुरु गरेको सैनिक आक्रमण त्यहाँको मुख्य राजमार्ग नियन्त्रणका लागि रहेको सिरियाली विद्रोहीले जनाएका छन् ।

उत्तरी शहर अलेप्पोलाई मुलुकको मध्यभागमा रहेको हामा शहर हुँदै राजधानी दमास्कसँग जोड्ने एम–५ राजमार्ग र अलेप्पोलाई भूमध्य सागरको तटमा अवस्थित शहर लताकियासँग जोड्ने एम–४ राजमार्गमा नियन्त्रणका लागि सिरियाली सेनाको कारवाही लक्षित रहेको सिरियाली विद्रोहीले जनाएका हुन् ।

पछिल्ला ६ दिनयता सिरियाली तथा रुसी वायुसेनाले हामा र इडलिब प्राप्तमा विद्रोही नियन्त्रित क्षेत्रमा व्यापक हवाई आक्रमण गरिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । सिरियाली सेनाको हवाई आक्रमण इडलिब प्रान्तको जिशर अल सिगुर, अल गबको मैदानी भूभाग, मरात अल नुमान शहर तथा अल लतमेना शहरमा केन्द्रित रहेको विद्रोहीको भनाइ छ ।

त्यस्तै जमिनबाट गरिने आक्रमणका लागि पनि सिरियाली सेनाले ठूलो सङ्ख्यामा सैनिकलाई तैनाथ गरेको जनाइएको छ ।

सिरियाली सेनाले पछिल्लो हवाई आक्रमणका क्रममा निकै घातक मानिने ब्यारेल बमको अत्यधिक प्रयोग गरेको संयुक्त राष्ट्रसंघले जनाएको छ ।

सिरियाली सेनाको हवाई आक्रमणबाट दर्जनौं मानिस मारिएको तथा अन्य हजारौं विस्थापित भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
सिरिया सरकारले भने विद्रोहीले जथाभावी रकेट आक्रमण गरेर मानिसहरुको जनजीवनलाई नै अस्तव्यस्त बनाएकाले हवाई आक्रमण गरिएको बताउँदै आएको छ ।

गत सेप्टेम्बरमा टर्की र रुसबीच इडलिबमा विद्रोहीको नियन्त्रणमा रहेका क्षेत्र तथा सिरियाली सेनाको नियन्त्रणमा रहेका केही क्षेत्रलाई समेटेर बफर जोन बनाउने र त्यस क्षेत्रमा सैनिक आक्रमण नगर्ने सम्झौता भएपनि सिरियाली सेना र विद्रोहीबीच त्यस सम्झौताको बेलाबेला उल्लङ्घन हुँदै आएको छ ।

हाल अमेरिका तथा युरोपेली युनियनको नाकाबन्दीका सामना गरिरहेको सिरियाले आफ्नो अर्थतन्त्रलाई राहत दिनका लागि दोश्रो ठूलो शहर अलेप्पोसँगको सडक सञ्जाल खुलाउन प्रयासरत रहेको बताइन्छ ।

प्रकाशित मिति : २३ बैशाख २०७६, सोमबार  १० : ११ बजे

विश्वको समग्र आर्थिक वृद्धिसँगै असमानता गहिरिँदै गएको छ : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको सेभिया शहरमा आयोजित

प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटरेसबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसंघका महासचिव

जीबी राई पक्राउ गर्न सरकारलाई ज्ञानेन्द्र शाहीको चुनौती

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले

ह्वात्तै बढ्यो पेट्रोलियम पदार्थको मूल्य (सूचीसहित)

काठमाडौं – पेट्रोलियम पदार्थको मूल्यमा फेरि वृद्धि भएको छ। नेपाल

नेपाल लगानीका लागि उर्वर, भ्रमणका लागि सुन्दर : योगेश भट्टराई

डेनमार्क – नेकपा (एमाले)का सचिव तथा पूर्वमन्त्री योगेश भट्टराईले डेनिस