फोरम र नयाँ शक्तिको एकता, ‘समाजवादी पार्टी नेपाल’ घोषणा | Khabarhub Khabarhub

फोरम र नयाँ शक्तिको एकता, ‘समाजवादी पार्टी नेपाल’ घोषणा


२३ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने भन्दै संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीको एकीकरण भएको छ । मधेस आन्दोलनबाट उदाएका फोरम अध्यक्ष उपेन्द्र यादव र माओवादी युद्धबाट स्थापित भएका बाबुराम भट्टराईले गैर कम्युनिस्ट ‘समाजवादी पार्टी नेपाल’ पार्टी घोषणा गरेका छन् ।

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच अघिल्लो वर्ष भएको पार्टी एकताले पूर्ण आकार नलिएका बेला पूर्वप्रधानमन्त्री समेत रहेका डाक्टर वावुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपाल पार्टी र वर्तमान सरकारमा रहेको दल संघीय समाजवादी पार्टीका बिचमा पार्टी एकीकरण भएको छ ।

क्षेत्रीय राजनीति गरिरहेको दल समाजवादी फोरम र सत्ताबाहिर रहेको दल नयाँ शक्तिको एकता प्रक्रिया नेकपाकै मोडलमा भएको छ । पार्टीमा दुबैजना अध्यक्ष हुने व्यवस्थासहितको पार्टी एकीकरण गर्नेसम्बन्धमा यसै साता भएको सहमतिअनुसार सोमबार एक सभामार्फत पार्टी एकीकरण भएको घोषणा गरिएको हो ।

१० वर्षे सशस्त्र युद्धमा नेतृत्वदायी भूमिका खेलेका डा. वावुराम भट्टराईले संविधानसभाबाट संविधान जारी भएपछि तत्कालीन एकीकृत माओवादी पार्टी परित्याग गरेका थिए । माओवादी पार्टी छाडेर नयाँ शक्ति पार्टी नेपाल नामक पार्टी निर्वाचन आयोगमा दर्ता गराएका भट्टराईले गत चुनावमा अपेक्षित परिणाम हासिल गर्न सकेनन् ।

गत चुनावमा कांग्रेससँग तालमेल गरी संघीय संसदमा गोरखाबाट आफू (एकजना) मात्रै निर्वाचित भएका भट्टराई नेतृत्वको नयाँ शक्तिले ३ नम्बर प्रदेशको रसुवाबाट प्रदेशसभा १ ठाउँमा चुनाव जितेको थियो ।

नयाँ शक्तिको रसुवा जिल्ला कमिटि नै कांग्रेस प्रवेश गर्ने तयारी भए पनि कानूनी जटिलता सिर्जना भएपछि कांग्रेमा आउन सकेको छैन । अन्य जिल्लामा पार्टी संगठन भए पनि नयाँ शक्तिले उल्लेख्य निर्वाचन क्षेत्रमा खासै प्रभाव राख्न छैन । मधेस केन्द्रित राजनीतिमा सक्रिय संघीय समाजवादी फोरमसँगको एकतापछि बन्ने पार्टी प्रतिनिधिसभाको चौथो ठूलो दल बन्ने छ ।

सरकारमा रहेको दल फोरम र प्रतिपक्षमा रहेको दल नयाँ शक्तिका बिचमा एकीकरण भएपछि अब नयाँ पार्टी सरकारमै रहन्छ वा सरकारबाट बाहिरिन्छ भन्ने बहश समेत शुरु भइसकेको छ ।

नेकपा एकीकरणकै मोडेलमा पार्टीमा २ अध्यक्ष रहने व्यवस्थामा सहमति गरेका बाबुराम भट्टराई र उपेन्द्र यादवमध्ये भट्टराईले संघीय परिषद्को अध्यक्षता गर्ने छन् भने यादवले केन्द्रीय समितिको । फोरमका १६ र नयाँ शक्तिका ९ गरी २५ सदस्यीय पदाधिकारी हुने छन् ।

संघीय परिषद् करिब एक हजार जनाको र केन्द्रीय समिति करिब ३ सय ५० जनाको हुने छ । संघीय संसदअन्तर्गत प्रतिनिधि सभामा फोरमका १६ र नयाँ शक्तिका १ सांसद छन् । राष्ट्रियसभामा फोरमका २ सांसद छन् । फोरमको नेतृत्वमा प्रदेश २ मा प्रदेश सरकार छ । कांग्रेसले खरो प्रतिपक्षको भूमिका निभाउन नसकिरहेको अवस्थामा समाजवादी पार्टी सरकारबाट बाहिरिएर त्यो भूमिका खेल्न कतिपयको आकलन छ ।

दुई पार्टीका बिचमा यसअघि समेत पार्टी एकीकरणको प्रयास भएको थियो । स्थानीय तहको चुनावमा सहकार्य गरेका २ पार्टीका बीचमा पार्टी नै एकीकरण गर्ने विषयमा छलफल भएपनि अन्तिममा आएर एकता भाँडिएको थियो ।

प्रकाशित मिति : २३ बैशाख २०७६, सोमबार  १ : ४५ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन