सामन्ती सोच भएका व्यक्तिले मात्रै ‘मेरो सरकार’को विरोध गर्न सक्छन्– प्रधानमन्त्री ओली | Khabarhub Khabarhub

सामन्ती सोच भएका व्यक्तिले मात्रै ‘मेरो सरकार’को विरोध गर्न सक्छन्– प्रधानमन्त्री ओली


२३ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दा राष्ट्रपति भण्डारीले ‘मेरो सरकार’ भनेको विषयमा भइरहेको विरोधप्रति आपत्ति जनाएका छन् । सामन्ती चिन्तन भएका व्यक्तिले मात्रै ‘मेरो सरकार’ भनेको विषयमा विरोध गर्न सक्ने प्रधानमन्त्री ओलीको भनाइ छ ।

राज्यको सर्वोच्च निकाय भएकाले राष्ट्रपतिले जननिर्वाचित सरकारलाई अपनत्व दिन पनि ‘मेरो सरकार’ भन्ने गरेको ओलीको तर्क छ ।

शुक्रबार संघीय संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा राष्ट्रपति विद्या भण्डारीले ‘मेरो सरकार’ भनेकी थिइन् । जननिर्वाचित सरकारलाई राष्ट्रपतिले ‘मेरो सरकार’ भन्नु लोकतान्त्रिक मान्यता विपरित भएको भन्दै चर्को विरोध भइरहेको छ ।

प्रधानमन्त्री ओलीले भने विरोध गर्नेहरुलाई भारतीय राष्ट्रपतिले ‘मेरो सरकार’ भन्ने गरेको हेर्न आग्रह गरे । ‘जननिर्वाचित सरकारलाई राष्ट्रपतिले मेरो सरकार भनेर अपनत्व दिन्छ । स्विर्काछ,’ सोमबार सिंहदरबारमा गणतन्त्र दिवस मूल समारोह समितिको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले भने, ‘मेलै मेरो देश भन्छु, तर तपाईंहरुको देश होइन् भनेको होइन । मेरो राष्ट्र, मेरो भाषा, मेरो संस्कृति भनेर मैले निजी भनेको हो र ? मैले त राष्ट्रिय सामूहिक भाषाको सर्वोच्च अभिव्यक्ति मात्रै दिएको हो ।’

प्रधानमन्त्री ओलीले राष्ट्रपति सर्वोच्च पद भएकाले सेना परिचालन गर्ने, संसदले पारित गरेको विधेयकलाई प्रमाणित गर्ने काम गर्ने गरेको पनि स्मरण गराए ।

प्रकाशित मिति : २३ बैशाख २०७६, सोमबार  २ : ४३ बजे

बागमतीसहित यी प्रदेशमा ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

महिला एसिया कप : आइतबार भारत र श्रीलंकाको फाइनल भिडन्त

काठमाडौं – एसिसी महिला एसिया कप क्रिकेटको फाइनलमा भारत र

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार