यातायात कार्यालयका लेखापालको कमाइ : ६ करोडको सम्पत्ति र ४ जना श्रीमती ! « Khabarhub

यातायात कार्यालयका लेखापालको कमाइ : ६ करोडको सम्पत्ति र ४ जना श्रीमती !


२३ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं–  यातायात व्यवस्था कार्यालय कोशीका लेखापाल सुरेश अधिकारीको ५ करोड १० लाख बराबरको सम्पत्तिको स्रोत नखुलेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

लेखापाल अधिकारीले गैर कानूनी रुपमा सम्पत्ति आर्जन गरेको भन्दै परेको उजुरीमाथि छानबिन गर्दा अधिकारीसँग ५ करोड १० लाख ३३ हजार ६ सय २३ रुपैयाँ स्रोत नखुलेको सम्पत्ति भेटिएको अख्तियारले जनाएको छ ।

१६ जेट २०५९ मा रोल्पाको तत्कालीन तेवाङ्ग गाविसको सचिवका रुपमा सरकारी सेवा प्रवेश गरेका अधिकारीले सो पश्चात ५ करोड ९८ लाख ६८ हजार ५ सय ८ रुपैयाँ बराबरको सम्पत्ति आर्जन गरेको देखिएको छ ।

अधिकारीले आफ्नी श्रीमती भन्दै ४ जना महिला दूर्गा अधिकारी, दिपा श्रेष्ठ (अधिकारी) सुस्मिता अधिकारी, सोममायाँ श्रेष्ठसहित सासु पुष्प कुमारी निरौला र मामा नाताका बलराम श्रेष्ठको नाममा सम्पत्ति खरिद गरि राखेको अख्तियारको छानबिनबाट खुलेको छ ।

जसमध्ये ८८ लाख ३४ हजार ८ सय ८५ रुपैयाँ बराबरको सम्पत्तिको मात्रै वैधानिक स्रोत देखिएको अख्तियारले जनाएको छ ।

बाँकी ५ करोड १० लाख ३३ हजार ६ सस २३ रुपैयाँ बराबरको सम्पत्तिको स्रोत नखुलेकाले उनी विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका केन्द्रीय प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

अख्तियारले अधिकारीविरुद्ध ५ करोड १० लाख ३३ हजार ६ सस २३ रुपैयाँ बिगो तथा जरिवाना र कैद सायज माग दावी गर्दै मुद्दा दर्ता गरेको छ । अख्तियारले अधिकारीविरुद्ध दर्ता गरेको मुद्दामा उनकी श्रीमती अधिकारी, दिपा श्रेष्ठ (अधिकारी) सुस्मिता अधिकारी, सोममायाँ श्रेष्ठसहित सासु पुष्प कुमारी निरौला र मामा नाताका बलराम श्रेष्ठलाई समेत विपक्षी बनाएको छ ।

प्रकाशित मिति : २३ बैशाख २०७६, सोमबार  ५ : ०१ बजे

महाअष्टमीमा मैतीदेवी मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौँ- बडादसैँको आठौँ दिन महाअष्टमीका अवसरमा काठमाडौंको मैतीदेवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको

रुबियो भारत भ्रमणमा, ऊर्जा र व्यापार सहकार्य प्राथमिकतामा

वासिङ्टन– अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत र उज्बेकिस्तानको भ्रमणका लागि

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर

जलजला बाढीपहिरो प्रभावितलाई प्रवासीबाट साढे सात लाखभन्दा बढी सहयोग

म्याग्दी- पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित पर्वतको जलजला गाउँपालिकालाई अस्ट्रेलियामा रहेका

महाअष्टमीमा सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा भक्तजनको घुइँचो

डडेलधुरा – महाअष्टमी पर्वका अवसरमा सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा