आगामी बुधबारबाट कांग्रेसको जागरण अभियान « Khabarhub

आगामी बुधबारबाट कांग्रेसको जागरण अभियान


२३ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली काँग्रेसले यही बैशाख २५ गते बुधबारदेखि राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने भएको छ । नेपाली काँग्रेसले सोमबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरी आगामी बुधबारदेखि राष्ट्रिय जागरण अभियान संचालन हुने औंपचारिक जानकारी गराएको हो ।

बैशाख ११ गतेबाट शुरु हुने भनिएको सो जागरण अभियान नेता रामकृष्ण ताम्राकारको निधनका कारण स्थगित गरिएको थियो । सोही जागरण अभियान बुधबारबाट शुरु गर्न लागिएको काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।  जागरण अभियान अन्तरगत पहिलो चरणको कार्यक्रम एक महिनाको हुनेछ । बैशाख २५ गतेबाट जेठ २५ गतेसम्म संचालन हुने पहिलो चरणको जागरण अभियान सबै जिल्लामा संचालन गरिनेछ । त्यसका लागि पार्टीका केन्द्रीय सदस्यहरु जिल्लामा पुग्ने काम शुरु भइसकेको पनि प्रवक्ता शर्माले बताए ।

त्यसैगरी काँग्रेसको दोस्रो चरणको जागरण अभियान भदौ २४ गते विपी जयन्तिको अवसर पारेर सुभारम्भ हुनेछ । असोज १० गते सम्पन्न हुने दोस्रो चरणको जागरण अभियान ३ सय ३० वटै प्रदेश निर्वाचन क्षेत्रमा संचालन हुने पनि प्रवक्ता शर्माले बताए ।

हिमाल, पहाड, तराई–मधेश र प्रवासमा समेत संचाचलन हुने सो राष्ट्रिय जागरण अभियान अन्तरगतको तेस्रो चरणको कार्यक्रम आगामी पुस ७ गते सूरु भई पुस १६ गते राष्ट्रिय मेलमिलाप दिवसको दिन सम्पन्न गर्ने काँग्रेसले जनाएको छ ।

प्रवक्ता शर्माका अनुसार तीनै चरणको जागरण अभियानमा पार्टीका केन्द्रीय नेताहरु परिचालन हुनेछन । नेपाली काँग्रेसले बुधबारबाट सुरु हुने तीन चरणको जागरण अभियानमा उत्साह र जाँगरका साथ सहभागी हुन पनि पार्टीका सबै नेता, कार्यकर्तालाई आह्वान गरेको छ ।

प्रकाशित मिति : २३ बैशाख २०७६, सोमबार  ५ : ४४ बजे

मोरक्कोसँग भिड्दै ब्राजिल : समर्थकको मन जित्न सफल होलान् त भिनिसियस ?

काठमाडौं – पाँच पटकको विश्व विजेता ब्राजिलले फिफा विश्वकप २०२६

सुर्खेतको हिरासतमा अचेत भेटिएका २१ वर्षीय युवकको मृत्यु

कर्णाली – जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवाको

बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु

ढाका – गत मे महिनामा बङ्गलादेशमा सडक, रेल र जलमार्ग

यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा

काठमाडौं – यस वर्षको मनसुनमा काठमाडौँ महानगरपालिले १२८ ठाउँमा डुबानको

दुर्गम जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिकको म्याद असार ७ सम्म थप

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशनलाई लक्षित गर्दै क्रियाशील