शेयर बजारमा सुधार, सोमबार २२ अंकले बढ्यो नेप्से « Khabarhub

शेयर बजारमा सुधार, सोमबार २२ अंकले बढ्यो नेप्से


२३ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– लगातार घट्दै आएको शेयर बजार साप्ताहिक कारोबारको दाेस्राे दिन बुधबार भने करिब २२ अंकले बढेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक २१ दशमलव ७३ अंकले वृद्धि भई एक हजार २९९ दशमलव ४१ बिन्दुमा पुगेको छ । प्रतिशत आधारमा हेर्दा सोमबार शेयर बजार १ दशमलव ७० प्रतिशतले बढेको हो ।

यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ५ दशमलव ०१ अंकले बढेको छ । सेन्सेटिभ परिसूचक भने १ दशमलव ८३ प्रतिशतले वृद्धि भएको छ । उच्च अङ्कले नेप्से परिसूचक वृद्धि भए पनि कारोबार रकम भने सोही अनुसार वृद्धि हुन सकेन । कूल १७२ कम्पनीको २० लाख ७५ हजार ४० कित्ता शेयर रु ६३ करोड ३६ लाख ५३ हजार ५२९ मूल्यमा कारोबार भयो ।

स्टकका अनुसार कारोवार भएका कूल ११ उपसमूहमध्ये सोमबार अन्य उपसमूह बाहेक अरु सबै उपसमूहको शेयर वृद्धि भएको छ । अन्य उपसमूह शुन्य दशमलव ८५ अंकले घटेको छ । बैंकिङ २९ दशमलव ६१, व्यापार १० दशमलव ३५, होटल १९ दशमलव ८४, विकास बैंक १५ दशमलव ८६, जलविद्युत् ३ दशमलव ३६, वित्त १ दशमलव ७६, निर्जीवन बीमा ४ दशमलव ६६, उत्पादन ७३ दशमलव ३६, लघुवित्त १० दशमलव १७ र जीवन बीमा ७५ दशमलव ६९ बिन्दुले बढेका छन् ।

स्टकका अनुसार कारोवारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा रहेको छ । प्रतिकित्ता  ३८८ मा ४ करोड ९४ लाख १५ हजार १५२ मूल्यमा शिवमको कारोबार भयो । यस्तै जनता बैंकको ३ करोड ८६ लाख ५४ हजार ६७८, नेपाल बैंक लिमिटेड ३ करोड ८५ लाख ५२ हजार ३५९, एनएमबी बैंक ३ करोड १० लाख १४ हजार ३७७, प्रभु बैंक २ करोड ४० लाख ९४ हजार ९, नेको इन्स्योरेन्स २ करोड २ लाख १ हजार ८५८ मूल्यमा कारोवार भई शीर्ष स्थानमा रहे ।

स्टकका अनुसार सोमबार साल्ट ट्रेडिङ लिमिटेडका शेयरधनीले ९ दशमलव ७८ प्रतिशतले कमाए । मल्टीपर्पोज फाइनान्स कम्पनी ९ दशमलव ७०, शिवम् सिमेन्ट ८ दशमलव ३८, मेगा बैंक ६ दशमलव शुन्य चार, बैंक अफ कमाठमाडौँ ५ दशमलव ४५, एशियन लाइफ इन्स्योरेन्स ४ दशमलव ६०, जनता बैंकका शेयरधनीले ४ दशमलव ५२ प्रतिशतले कमाएका छन् ।

त्यस्तै पाँचथर पावर कम्पनीका शेयरधनीले ६ दशमलव २७ प्रतिशतले गुमाए । मिर्मिरे लघुवित्त वित्तीय संस्था ५ दशमलव ५९, यूनिभर्सल पावर कम्पनी ३ दशमलव १२, सिदार्थ इक्विटी फण्ड दुई दशमलव ८३, आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्थाका शेयरधनीले दुई दशमलव ३९ प्रतिशतले गुमाए ।

प्रकाशित मिति : २३ बैशाख २०७६, सोमबार  ६ : ०८ बजे

करको दर पुनरावलोकन गरी पेट्रोलियम पदार्थको मूल्य घटाउन कांग्रेसको माग

काठमाडौं । नेपाली कांग्रेसले पेट्रोलियम पदार्थको मूल्य अत्यधिक बढेको भन्दै

निजी सञ्चार माध्यममा विज्ञापन रोक्ने निर्णयमा कांग्रेसको आपत्ति

काठमाडौँ – निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापनबाट वञ्चित गर्ने बालेन्द्र

प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति छानबिन गर्न कांग्रेसको माग

काठमाडौँ – नेपाली कांग्रेसले प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति छानबिन गर्न

कैलालीमा छतबाट खसेर प्रहरी कार्यालयका सहयोगीको मृत्यु

कैलाली – भान्साको माथिल्लो तलाबाट खसेर सुदूरपश्चिम प्रदेश प्रहरी गण

पेट्रोलियम पदार्थको मूल्य घटाउन कांग्रेसको माग

काठमाडौं – नेपाली कांग्रेसले पेट्रोलियम पदार्थको बढ्दो मूल्यका कारण जनजीवनमा