नायिका खोज्दै ‘प्रेम गीत ३’ टिम, यसरी जोडिनुस् टिमसँग | Khabarhub Khabarhub

नायिका खोज्दै ‘प्रेम गीत ३’ टिम, यसरी जोडिनुस् टिमसँग


२३ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – छायांकन नहुँदै आउँदो चैत्र २८ गतेलाई प्रदर्शन मिति तोकेको अपकमिङ फिल्म ‘प्रेम गीत ३’ का लागि निर्माण टिमले नायिकाको खोजी गरेको छ । फिल्मले मुख्य नायिकालाई अडिसनमार्फत लिने जानकारी गराएको हो ।

यसअघि दुई पोस्टर सार्वजनिक गरेर फिल्मको रिलिज मिति तय गरेको थियो । फिल्मका निर्माता सन्तोष सेनले चलचित्र ‘प्रेम गीत ३’ मा नयाँ नायिकाको खोजी गरिएको जानकारी दिए । निर्माता सेनले एक अभिनेत्रीको खोजी गरिएको जानकारी गराए । सामाजिक सञ्जाल फेसबूकमा सेनले लेखेका छन्, ‘हामीले अडिसनबाटै एकजना राम्रो अभिनय गर्ने अभिनेत्री चलचित्र उद्योगमा प्रवेश गराउने सोच राखेका छौँ ।’

फिल्ममा ‘गीत’ को भूमिकामा नायिकालाई लिने जनाएको हो । टिमका अनुसार आसुसेन फिल्मसको आधिकारिक वेबसाइट या [email protected] मा इमेल गरेर अडिसनका लागि आह्वान गर्न सक्नेछन् ।

अडिसनका लागि हालै खिचेका ४ तस्वीर र बायोडाटा पठाउन पनि निर्माण टिमले आग्रह गरेको छ । नायिकाका लागि उमेर हद १८ वर्षदेखि २५ वर्ष र उचाइ ५.२ इन्चदेखि ५.७ हुनुपर्ने बताइएको छ । निर्माण टिमले आवेदन परेकाबाट २० जना प्रतियोगीलाई पहिलो चरणमा छान्ने जनाएको छ ।

साथै निर्माण टिमले यो फिल्मका लागि एक वर्षदेखि तयारी गरिरहेको जनाएको छ । फिल्मको निर्माण सन्तोष सेनले गर्नेछन् । फिल्ममा प्रदीप खड्काको शीर्ष भूमिका रहने बताइए पनि आधिकारिक जानकारी भने दिइएको छैन ।

प्रकाशित मिति : २३ बैशाख २०७६, सोमबार  ६ : ४९ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका