नेपाली मन पराउने बेलायती राजकुमार ह्यारीलाई पुत्र लाभ « Khabarhub

नेपाली मन पराउने बेलायती राजकुमार ह्यारीलाई पुत्र लाभ


२३ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बेलायती राजकुमार ड्युक अफ ससेक्स ह्यारीलाई पुत्र लाभ भएको छ । डचेस अफ ससेक्स मेगनले सोमबार बिहान ५ बजेर २६ मिनेटमा छोरालाई जन्म दिएको बकिङघम दरबारले जनाएको हो ।

यद्यपि उनी कहाँ सुत्केरी भएकी हुन् भन्नेबारे भने केही खुलाइएको छैन । नवजात शिशुको तौल ३.२६ किलो रहेको र आमा तथा शिशु दुबै स्वस्थ रहेको बताइएको छ ।

मेगन गर्भवती भएको ४१ औं सातामा सुत्केरी भएकी हुन् । मेगनले छोरालाई जन्म दिएपछि राजकुमार ह्यारीले परिवारमा नयाँ सदस्यको आगमनपछि आफू हर्षित बनेको प्रतिक्रिया दिएका छन् । छोराको जन्म भएपनि उसको नाम राख्ने विषयमा ह्यारीले सोचिरहेको बेलायती सञ्चारमाध्यमले जनाएका छन् ।

राजकुमार ह्यारीले छोरालाई जन्मदिएको कुरा बेलायती महारानी एलिजावेथ, पति राजकुमार फिलिप तथा राजपरिवारका अन्य सदस्यलाई जानकारी गराइएको र सम्पूर्ण बेलायती राजपरिवार यो खबर सुनेर हर्षित बनेको बकिंघम दरबारले जनाएको छ । हालै जन्मेका शिशु बेलायती राजगद्दीको उत्तराधिकारीको रोल क्रममा सातौं नम्बरमा आउने छन् ।

तस्वीरः राम गुरुङ/ टिम रुवीकन युके

ह्यारी नेपाल र नेपालीलाई माया गर्ने राजकुमार हुन् । बेलयती सेनामा कार्यरत रहँदा उनले अफगानिस्तानमा गोर्खाली सेनासँग निकै घुलमिल भए । बेलाबेला गोर्खाली सेनाको उनले मुक्तकण्ठले प्रसंशा गर्दै आएका छन् ।

त्यतिमात्र नभइ नेपालमा २०७२ साल वैशाख १२ गते गएको भूकम्पपछिको पुननिर्माणमा सहयोग तथा घुमफिरका लागि उनी सन् २०१६ मा नेपाल भ्रमणमा आएका थिए । त्यस ताका उनले गोरखाको एउटा विद्यालयमा श्रमदान समेत गरेका थिए ।

भूकम्पले ध्वस्त गाउँको विद्यालय भवन पुनर्निर्माणमा श्रमदान गरेर शिक्षा क्षेत्रमा सहयोग गरेपछि खुशी भएका उत्तरी गोरखाको लापु गाविस–३ लापुबेँसीका स्थानीयवासीले राजकुमार ह्यारीको सम्मानमा डाँडाको नाम नै ‘ह्यारी हिल’ राखेका छन् ।

प्रकाशित मिति : २३ बैशाख २०७६, सोमबार  ९ : ३४ बजे

चिसोबाट प्रभावितहरूलाई सहयोग गर्न संयोजक प्रचण्डको आग्रह 

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको

प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ

धरानबाट करिब १ सय ८० किलो गाँजा बरामद

सुनसरी– धरान उपमहानगरपालिका-६ पानबारी चोकटीबाट बेवारिसे अवस्थामा रहेको गाँजा करिब १ सय

२५ वर्षपछि सुन्धाराको निकास खुल्यो, प्राचीन स्वरूपमा पुनरुत्थान गर्ने वडाको योजना

काठमाडौं– पाशुपत क्षेत्रअन्तर्गत जयबागेश्वरी मन्दिरसँगै रहेको ऐतिहासिक सुन्धाराको बन्द पानी