यार्सा टिप्न गएका ८ जनाको मृत्यु « Khabarhub

यार्सा टिप्न गएका ८ जनाको मृत्यु


२३ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोल्पा-धन कमाएर परिवारलाई खुशी बनाउने र छोराछोरीका समस्या टार्ने भन्दै डोल्पाका पाटनमा गएका आठ यार्सा सङ्कलकको मृत्यु भएको छ । मृत्यु भएकामध्ये अधिकांशको लेक लागेर ज्यान गएको छ भने केहीको लडेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा जाजरकोट, रुकुम, जुम्ला र डोल्पाका व्यक्ति छन् । यार्सा सङ्कलनका लागि जाँदै गर्दा जुम्लाको पतारासी गाउँपालिका–६ का १७ वर्षीय गोपाल विष्टको शे–फोक्सुण्डो गाउँपालिकाको लामाडाँडामा लेक लागेर मृत्यु भएको छ । यस्तै जुम्ला गोठीचौर गाउँपालिका–४ का ४४ वर्षीय जयकृष्ण पाण्डे यही जेठ १० मा कागमारास्थित लेकमा भीरबाट लडेर मृत्यु भएको थियो ।

डोल्पा ठूलीभेरी नगरपालिका–११ की ३८ वर्षीया बुद्धीकुमारी कार्कीको यही जेठ १६ गते ग्यालवारा पाटनमा भीरबाट लडेर निधन भएको थियो । त्यस्तै शे–फोक्सुण्डो गाउँपालिकाको प्यारीकोप्कामा जाजरकोटका बारेकोट गाउँपालिका–६ का २२ वर्षीय रमेश चलाउनेको यही जेठ १७ गते लेक लागेर मृत्यु भएको थियो भने जाजरकोटकै बारेकोट गाउँपालिका–१ का १८ वर्षीय कृष्ण विकको यही जेठ १८ गते लेक लागेर मृत्यु भएको थियो ।

त्यस्तै रुकुमपश्चिम आठबिसकोट नगरपालिका–९ का ३९ वर्षीय कृष्णबहादुर शाहीको डोल्पोबुद्ध गाउँपालिकाको ताक्सीलेकमा यही जेठ २० गते लेक लागेर मृत्यु भएको थियो । जेठ १९ मा ग्यालवारा पाटनमा डोल्पा ठूलीभेरी नगरपालिका–५ की ४० वर्षीया धनकला बुढाको मृत्यु भएको थियो । यस्तै यही जेठ २० गते काइके गाउँपालिकाको व्यासरिखीमा कान्छी विकको नवजात शिशुको चिसोका कारण मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ ।

फोनको पहुँच नभएका कारण के–कति बिरामी छन् र कहाँ के भइरहेको थाहा हुन नसकेको प्रहरीले जनाएको छ । सदरमुकाम दुनैभन्दा कयौँ टाढा रहेका उच्च हिमालमा यार्सा सङ्कलन हुने भएकाले खबर आदानप्रदान गर्न समस्या भएको हो । यार्सा सङ्कलनकर्ताको स्वास्थ्यलाई ध्यान दिएर नौ ठाउँमा स्वास्थ्य शिविर राखिएका भए पनि मृत्यु हुनेको सङ्ख्या बढिरहेको छ । आधा दर्जन बढी घाइते र बिरामी भएर उपचार भइरहेको छ । डोल्पाका ७० भन्दा बढी पाटनमा अहिले यार्सागुम्बा सङ्कलनको काम भइरहेको छ ।

प्रकाशित मिति : २३ जेठ २०७६, बिहीबार  १० : १४ बजे

रास्वपा महाधिवेशन : प्रत्येक प्रदेशबाट ५–५ जना निर्वाचित हुने व्यवस्था

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा प्रत्येक प्रदेशबाट

नाइजेरियामा भएको आक्रमणमा २० जनाको मृत्यु

नाइजेरिया– नाइजेरियाको मध्य पठार राज्यमा अज्ञात सशस्त्र समूहले गरेको आक्रमणमा

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो लागेको

रास्वपा महाधिवेशनमा प्रतिनिधि शुल्क नलिने निर्णय, बुझाएको रकम फिर्ता लिन सकिने

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले

सभापतिमा लामिछानेसँग प्रतिस्पर्धा गर्न खोजेका साहको प्रतिनिधिबाट नै नाम हटाइयो

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनमा सभापति पदमा रवि लामिछानेसँग प्रतिस्पर्धा