हलिउडकी यी अभिनेत्रीलाई पतिकै अगाडि फ्यानले जबरजस्ती किस गरेपछि‍‍‍… « Khabarhub

हलिउडकी यी अभिनेत्रीलाई पतिकै अगाडि फ्यानले जबरजस्ती किस गरेपछि‍‍‍…


२३ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


हलिउड अभिनेत्री तथा गायिका माइली सायरसलाई एक व्यक्तिले भीडमा जबरजस्ती किस गरेका छन् । माइली आफ्ना पतिका साथ एक कार्यक्रममा सिलसिलामा स्पेन गएकी थिइन् । जहाँ फ्यानको निकै ठूलो भीड थियो । भीडमा एक व्यक्तिले माइलीलाई समाएर चुम्बन गरे । यो दृश्यको एक भिडियो फुटेज सामाजिक सञ्जालमा जबरजस्ती भाइरल भइरहेको छ ।

बताइएको छ कि, माइली स्पेनको बार्सिलोनामा आफ्ना पति लियाम हेम्सवर्थसँग एक कार्यक्रमका लागि गएकी थिइन् । कार्यक्रममा मान्छेको ठूलो भीड थियो । सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडियोमा देखिन्छ कि, अभिनेता भीडबाट अगाडि बढिरहेकी छिन् । उसै दौरान एक व्यक्ति अचानक उनलाई किस गर्न आउँछन् । भीड यति ठूलो हुन्छ कि, माइलीले के गर्ने भन्ने मै अलमल पर्छिन् ।

उक्त क्षणपछि माइलीका पति लियामले ती व्यक्तिबाट बचाउँदै अघि बढ्छन् । र, सुरक्षा गार्डले पनि ती व्यक्तिलाई धक्का दिन्छन् ।

सामाजिक सञ्जाल ती युवकको व्यवहारलाई लिएर कडा आलोचना पनि भइरहेको छ । कतिले त ती व्यक्तिलाई कानूनी दायरामा ल्याउन समेत आग्रह गरेका छन् ।

‘हेना मोन्टाना’ शो बाट भइन् चर्चित

अभिनेत्री माइली आफ्नो लोकप्रिय शो ‘हेना मोन्टाना’ बाट दर्शकमाझ निकै लोकप्रिय भएकी थिइन् । यो कार्यक्रमलाई दर्शकले यति रुचाए कि, यो शो पूरै चार सिजनसम्म चलेको थियो । यो शोपछि माइलीले दर्शकमाझ विशेष छाप छोडेकी थिइन् ।

शोमा उनको आउटफिट र डान्सलाई मान्छेले रुचाएका थिए । अब माइली हलिउडको टिभी शो ब्ल्याक मिरर मा पनि देखिँदैछिन् । माइलीले सन् २०१८ मा आफ्ना ब्याइफ्रेन्ड लियामसँग बिहे गरेकी थिइन् । यी दुई लामो समय डेटिङमा थिए ।

प्रकाशित मिति : २३ जेठ २०७६, बिहीबार  १२ : ३२ बजे

एनएमबि बैंक साधारण शेयरधनीलाई ७ प्रतिशत नगद लाभांश दिने

काठमाडौं- एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को वितरण योग्य

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य ५०० ले बढेको छ

पोखरा–जोमसोम हवाई उडानमा यात्रुको चाप उच्च

गण्डकी– पोखरादेखि म्याग्दीको बेनी हुँदै मुस्ताङ जोड्ने सडक बाढीपहिराले अवरुद्ध

इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सञ्चालन

चितवन– इच्छाकामना आधारभूत अस्पतालले नवनिर्मित भवनबाट स्वास्थ्य सेवा सुरुआत गरेको

सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशसभाको बैठक यही २४ गते बस्ने भएको छ