सलमान खानको फिल्म ‘भारत’ पाइरेसीको मारमा « Khabarhub

सलमान खानको फिल्म ‘भारत’ पाइरेसीको मारमा


२३ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – यो बुधवारबाट रिलिज भएको फिल्म सलमान खानको फिल्म ‘भारत’ पाइरेसीको मारमा परेको छ । बक्स अफिसमा धमाकेदार इन्ट्री गरेको यो फिल्म रिलिजकै दिन अनलाइन लीक भएको हो ।

बक्स अफिसमा पहिलो दिन ४२ करोड ३० लाखको व्यापार गरेको यो फिल्म एक ह्याकिङका लागि बदनाम साइटले लिक गरिदिएको हो । अनलाइनमा लिक भएपछि यो फिल्मको व्यापारमा घाटा पर्ने अनुमान गरिएको छ ।

सलमान खानका फिल्म यसअघि पनि पाइरेसीको मारमा परेका थिए । यसअघि सलमान खानले फिल्म पाइरेसी हुँदा दुःख व्यक्त गर्दै आएका थिए । एक अन्तर्वार्तामा सलमानले फिल्मले ३ सय करोडभन्दा पनि बढी कमाउने बताएका थिए ।

सलमान खानले हरेक वर्ष ईदको मौका पारेर आफ्ना फिल्म रिलिज गर्ने गर्छन् । सलमानले ईदको फाइदा उठाउने गरेको बताइन्छ । उनका फिल्मले पहिलो दिन नै आक्रामक व्यापार गरेर बक्स अफिसमा उत्साहजनक व्यापार गरेको छ ।

यो फिल्ममा सलमान खान क्याटरीना कैफ, सुनील ग्रोबर, ज्याकी श्राफ लगायतका कलाकारको शीर्ष भूमिका रहेको छ । नेपालमा पनि फिल्मले राम्रो प्रतिक्रिया पाएको छ ।

प्रकाशित मिति : २३ जेठ २०७६, बिहीबार  २ : ३६ बजे

बलिउडका चर्चित हास्य अभिनेता मुस्ताक खानको ७५ वर्षको उमेरमा निधन

काठमाडौं– भारतीय चलचित्र क्षेत्रमा आफ्नो फरक हास्य शैली र अभिनयबाट

बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ

धनगढी– हिमाली जिल्ला बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका किसानले उत्पादन गरेको

तोलामा ५०० रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको

इच्छाकामनाको धारापानीमा पनि भासियो पृथ्वी राजमार्ग

काठमाडौं- कृष्णभीरमा भासिएर आवागमन बन्द भएको पृथ्वी राजमार्ग इच्छाकामना गाउँपालिका

पृथ्वी राजमार्गअन्तर्गत चितवनको धारापानीमा भासिएको सडक (तस्बिरहरू)

काठमाडौं– पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ धारापानीमा सडक भासिएको  छ