अरुलाई दोष लगाएर पानीमाथिको ओभानो नबन्न कांग्रेसलाई नेकपा सांसदको चेतावनी | Khabarhub Khabarhub

अरुलाई दोष लगाएर पानीमाथिको ओभानो नबन्न कांग्रेसलाई नेकपा सांसदको चेतावनी


२३ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेकपाका सांसद जनार्दन शर्माले एकले अर्कालाई दोषारोपण गरेर पानीमाथिको ओभानो नबन्न प्रमुख प्रतिपक्षी दललाई आग्रह गरेका छन् ।

प्रतिपक्षी दल नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसाल गौतमले माओवादीको हिंसात्मक द्वन्द्वका कारण नेपाली युवाहरु विदेश जान बाध्य भएको धारणा राखेपछि त्यसको प्रतिकार गर्दै सांसद शर्माले अरुलाई दोषारोपण गरेर उम्कने काम नगर्न चेतावनी दिएका हुन् ।

उनले संविधान निर्माण लगायत उपलब्धिको श्रेय मात्रै नलिएर सबै कमी कमजोरीको सामूहिक जिम्मेवारी लिनुपर्ने बताए । उनले सत्तामा बसेर निरन्तर नेतृत्व लिएकाहरुले राम्रा कामका जस मात्रै नभई गल्तीहरुको पनि जिम्मेवारी लिनुपर्ने बताए ।

गल्तीहरु दोषारोपण गरेर पानी माथिको ओभानो भएर सुख नपाईने भन्दै उनले सबै जस अपजसको सामुहिक जिम्मेवारी लिनुपर्ने बताए ।

उनले भने “परिर्वतनलाई, संघीयतालाई, संविधानसभालाई, अहिलेको अधिकारलाई बडो गर्वका साथ फलानोको पालामा यसो गर्यौ भन्ने ? अनि त्यसपछि आएर जनयुद्ध, जंगल पसेर सब विनास गरे भनेर भन्ने ? म जिम्मा लिन चाहन्छु । जनयुद्ध गरेर यो देशको परिर्वतन गर्नेको एउटा कमाण्डर म पनि हुँ । त्यसकारण म पुर्ण रुपमा जिम्मा लिन चाहन्छु । त्यसले दिएको उपलब्धि , परिर्वतका पक्षहरु, राजतन्त्र अन्त्य गरेको कुराहरु आज विर्सन मिल्छ ? त्यसकारण गल्तीहरुपनि सामुहिक रुपमा लिउँ । त्यहा भएका कमिकमजोरीहरु लिन म तयार छु । र त्यतिबेलाको माओवादी लिन तयार छ । कमरेड प्रचण्ड लिन तयार हुनुहुन्छ । ”

सांसद भुसालले २०४८ साल देखिको मुलुकको आर्थिक अवस्थाको फेयरिस्त प्रस्तुत गर्दे नेपाली कांग्रेसले लिएको नीजिकरणलाई तात्कालिन कम्युनिष्ट पार्टीले पनि सहयोग गरेको तथा २०५० सालमा एक बर्षको अवधिमा ९० हजारको रोजगारी श्रृजना भएको दाबी गरिन् । सोही क्रमममान उनले तात्कालिन माओवादी द्धन्द्धका कारण युवाहरु विदेशीन बाध्य भएको बताएकी थिइन् ।

उनले भनिन् “जब नेकपा एमालेले नीजिकरणको विरोध गर्दै गयो , अरुण तेश्रो योजनालाई अघि बढाउ भन्दाखेरी त्यसको विरोध गर्दे गयो र आज आएर भारतसंग ५ सय मेगावाट किनेर रोजगारी श्रृजना गर्ने अवसरलाई गुमायो । नीजीकरणको नीतिलाई गुमायो भने अर्कोतिर माओवादीहरु जंगलमा गएर हिंसात्मक द्धन्द्ध गरेर नीजी क्षेत्रलाई ध्वस्त पार्दे गए, युवालाई विदेश जानका लागि बाध्य गरे । नीजीकरणको विरोध गरे त्यसको परिणाम स्वरुप नेपाली युवाहरु विदेश जान बाध्य भएका थिए । त्यही भएर नेपाली कांग्रेसको समयमा युवाहरु विदेश गए भन्ने तथ्यांक म निवेदन गर्न चाहन्छु बालुवाटारको प्रधानमन्त्री कार्यालयमा गएर हेरौ । नेपाली कांग्रेसको समयमा ९० हजार भन्दा बढी युवाहरुले रोजगारी पाएका थिए ।”

प्रकाशित मिति : २३ जेठ २०७६, बिहीबार  २ : ३८ बजे

प्रदेशसभा सदस्य सुनीता ‘डेफ नेसन एक्पो’मा सहभागी हुने 

पोखरा – गण्डकी प्रदेशकी प्रदेशसभा सदस्य सुनीता थापा आगामी साउन

कालीगण्डकी करिडोर अवरुद्ध, रोकिएन पहिरो

गुल्मी– शुक्रबारदेखि अवरुद्ध कालीगण्डकी करिडोर  निरन्तरको पहिराका कारण आज पनि

लहानबाट अन्तरप्रदेशीय मार्ग निर्माण गरिने

सिरहा– मधेस प्रदेश सरकारले अन्तरप्रदेशीय मार्ग विस्तारको पहल लहान नगरपालिकाबाट

काठमाडौंको मुटुमै रहेको रत्नपार्कमा रमाउँछन् केटाकेटी, तरुणतन्नेरी र बूढाबूढी (तस्बिरहरु)

काठमाडौं- रत्नपार्क राधानीको मुटुमै अवस्थित छ । काठमाडौंमा खुला स्थान

नाइजेरियामा आईएसआईएसको आक्रमण, ३४ सैनिकको मृत्यु

एजेन्सी– नाइजेरियाको दक्षिणपश्चिमी भागमा, मालीको सीमा नजिकै रहेको सैनिक अड्डामा