मन्त्री मगरको योजना–२०३० सम्ममा सबैलाई प्रशोधित स्वच्छ खानेपानी « Khabarhub

मन्त्री मगरको योजना–२०३० सम्ममा सबैलाई प्रशोधित स्वच्छ खानेपानी


२३ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ– खानेपानी तथा सरसफाइ मन्त्री बिना मगरले शत प्रतिशत जनसंख्यालाई आधारभूत स्तरको खानेपानी सेवा पुर्‍याउन सरकार योजना बनाएर अघि बढीरहेको बताएकी छिन् ।

खानेपानी तथा सरसफाई डिभिजन कार्यालय दाङको आयोजना तथा जिल्ला खानेपानी सञ्जाल दाङको सह–आयोजनामा तुलसीपुरमा भएको खानेपानी संचालन तथा सुरक्षा योजना सम्बन्धी दुईदिने अभिमुखिकरण कार्यक्रममा मन्त्री मगरले सन् २०३० सम्ममा जनतालाई प्रशोधित स्वच्छ खानेपानीको सेवा पुर्‍याउने योजनामा मन्त्रालय रहेको बताइन् ।

“खानेपानीको समस्या भोगिरहेका हरेक गाउँ बस्ती, टोल र शहर बजारमा खानेपानीको सहज आपूर्ति व्यवस्था मिलाउन नयाँ आयोजना सञ्चालन गर्ने तयारीमा छौं’ मन्त्री मगरले भनिन्,‘शुद्ध खानेपानीको उपभोग गर्न पाउनु हरेक नागरिकको मौलिक अधिकार हो । यस कुरामा सरकार गम्भीर छ ।’

दाङ लगायत देशै भरीका विभिन्न सुख्खा क्षेत्रहरुमा खानेपानीका केही ठूला आयोजनाहरुको बारेमा अध्ययन गरिरहेको मन्त्री मगरले बताइन् ।
‘प्रदेश र स्थानीय सरकारसँग मिलेर केन्द्र सरकारले ठूला आयोजना अगाडि बढाउन र त्यसका लागि लगानी जुटाउने विषयमा मोडालिटीको बारेमा छलफल भैरहेको छ’ मन्त्री मगरले भनिन्,‘सरकारले शिक्षा, स्वास्थ्य र खानेपानीलाई पहिलो प्राथमिकता दिएर बजेट विनियोजन गरेको छ, जुन आफैंमा अति महत्त्वपूर्ण कुरा हो ।’

मन्त्री मगरले दाङ जिल्लालाई महत्त्वपूर्ण प्राथमिकता दिएर पातुखोला जस्तो ठूलो आयोजनालाई मन्त्रालयले अघि बढाउन लागेको स्पष्ट पारिन् । सरकारका आयोजनाहरुलाई कार्यान्वयन गर्न उपभोक्ता समितिहरुले खेलेको भूमिकाको मन्त्री मगरले प्रशंसा गरिन् ।

कार्यक्रममा राष्ट्रिय सभाका सदस्य कोमल वलीले जलवायु परिवर्तन र वातावरणको प्रभावले नेपालका पानीका मुहानहरु सुक्दै गइरहेको भन्दै चिन्ता व्यक्त गरिन् ।

विकसित मुलुकहरूका कारण नेपाल जस्तो अति कम विकसित मुलुकलाई असर पर्दै गइरहेको उनको भनाइ थियो ।

नेकपा संसदीय दलकी सचेतक शान्ता चौधरीले दाङ जिल्लामा पानी र सिचाइको अभाव हुँदै गइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराइन् । चौधरीले दाङमा बढ्दो सहरीकरण र औद्योगिकीकरणका कारण पानीका स्रोतहरु सुक्दै गएको औंल्याइन् ।

दाङ जिल्लामा क्रमागत खानेपानी आयोजनाहरुको संख्या १ सय ३३ वटा रहेको र जसमा ९० वटा योजना संघ अन्तर्गत र ४३ वटा आयोजना प्रदेश अन्तर्गत रहेर संचालित भैरहेको खानेपानी डिभिजन कार्यालय दाङका प्रमुख गुणनिधी पोखरेलले जानकारी दिइन् ।

प्रकाशित मिति : २३ जेठ २०७६, बिहीबार  ४ : १५ बजे

३५ करोड लगानीमा नेपालमै ‘स्किन केयर’ सामग्री उद्योग

काठमाडौं– कोरियन प्रविधि र नेपाली उद्यमशीलताको संयोजनमा नेपालमै विश्वस्तरीय ‘स्किन केयर’

रानीसैनमा सशस्त्र र प्रहरीको अस्थायी ‘बिओपी’ र चौकी स्थापना

बाजुरा– हिमाली गाउँपालिकाको रानीसैन क्षेत्रको संरक्षण र नागरिकको सुरक्षाका लागि

स्वर्णिमको गुनासो- करलाई लिएर मेराबारे संगठित रुपमा अफवाह फैल्याइयो

काठमाडौं– अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले करका विषयमा आफूमाथि संगठित रुपमा अफवाह

इनड्राइभद्वारा ‘इनड्राइभसँग आफ्नै रोजाइमा, छैन प्रेसर’ ड्राइभर ३६० क्याम्पेन सार्वजनिक

काठमाडौं– इनड्राइभले नेपालमा सञ्चालनको पाँच वर्ष पूरा गरेको छ । नेपालमा पाँच

दल त्यागपछि एमालेका ८ वडा अध्यक्षको पद रिक्त

काठमाडौं– निर्वाचन आयोगले दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश