सलमानको फिल्मले तोड्यो रेकर्ड, कति कमायो ? « Khabarhub

सलमानको फिल्मले तोड्यो रेकर्ड, कति कमायो ?


२३ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बुधवारबाट रिलिज भएको सलमान खानको फिल्म ‘भारत’ चोरीको शिकार भएको छ । बक्स अफिसमा धमाकेदार इन्ट्री गरेको यो फिल्म रिलिजकै दिन अनलाइन लीक भएको भारतीय सञ्चारमाध्यमहरुले दाबी गरेका छन् ।

सलमानको भारत फिल्मले पहिलो दिन ४२ करोड ३० लाखको व्यापार गरेको छ । अनलाइनमा लिक भएपछि यो फिल्मको व्यापारमा घाटा पर्ने अनुमान गरिएको छ ।

सलमान खानको फिल्मले करियरको सबैभन्दा ठूलो अपनिङ हो । यो फिल्मले इदको अवसर पारेर रिलिज भएका अन्य फिल्महरुको रेकर्ड पनि तोडेको छ ।

सलमान खानका फिल्म यसअघि पनि पाइरेसीको मारमा परेका थिए । यसअघि सलमान खानले फिल्म पाइरेसी हुँदा दुःख व्यक्त गर्दै आएका थिए । एक अन्तर्वार्तामा सलमानले फिल्मले ३ सय करोडभन्दा पनि बढी कमाउने बताएका थिए ।

सलमान खानले हरेक वर्ष ईदको मौका पारेर आफ्ना फिल्म रिलिज गर्ने गर्छन् । सलमानले ईदको फाइदा उठाउने गरेको बताइन्छ । उनका फिल्मले पहिलो दिन नै आक्रामक व्यापार गरेर बक्स अफिसमा उत्साहजनक व्यापार गरेको छ ।

यो फिल्ममा सलमान खान क्याटरीना कैफ, सुनील ग्रोबर, ज्याकी श्राफ लगायतका कलाकारको शीर्ष भूमिका रहेको छ । नेपालमा पनि फिल्मले राम्रो प्रतिक्रिया पाएको छ ।

प्रकाशित मिति : २३ जेठ २०७६, बिहीबार  ५ : ४५ बजे

एनएमबि बैंक साधारण शेयरधनीलाई ७ प्रतिशत नगद लाभांश दिने

काठमाडौं- एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को वितरण योग्य

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य ५०० ले बढेको छ

पोखरा–जोमसोम हवाई उडानमा यात्रुको चाप उच्च

गण्डकी– पोखरादेखि म्याग्दीको बेनी हुँदै मुस्ताङ जोड्ने सडक बाढीपहिराले अवरुद्ध

इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सञ्चालन

चितवन– इच्छाकामना आधारभूत अस्पतालले नवनिर्मित भवनबाट स्वास्थ्य सेवा सुरुआत गरेको

सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशसभाको बैठक यही २४ गते बस्ने भएको छ