आईसीसी विश्वकपमा आज भारत र श्रीलंका भिड्दै | Khabarhub Khabarhub

आईसीसी विश्वकपमा आज भारत र श्रीलंका भिड्दै


२१ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आईसीसी विश्वकप क्रिकेटमा आज (शनिबार) भारत र श्रीलंकाबीच प्रतिस्पर्धा हुदैछ ।

भारत यो खेल अगावै सेमिफाईनलमा स्थान पक्का गरिसकेको छ । श्रीलंका भने यो खेलमा जीत हासिल गर्दै प्रतियोगिताको सुखद अन्त्य गर्ने दाउमा हुनेछ ।

सेमिफाइनलको खेल अगाडी गल्तीहरु सच्चाउन श्रीलंकाविरुद्वको खेल भारतलाई लाभकारी हुनेछ ।

भारतलाई मुख्य रुपमा चार नम्बर ब्याट्सम्यानले सताएको छ । मयांक अग्रवाल टिमसग जोडिएका छन् । उनलाई भारतीय टिमले एक मौका दिन सक्नेछ । लड्समा हुने खेल नेपाली समय अनुसार अपरान्ह पौने ३ बजे शुरु हुनेछ ।

यता श्रीलंका विश्वकपमा आफ्नो खराब प्रर्दशन भुल्न चाहन्छ । श्रीलंकाका ब्याट्सम्यान मुख्य गरि आलोचित छन् । कप्तान दिमुथ करुणारत्ने नयाँ र युवा छन् ।

एन्जेलो म्याथयुज र लाथिस मालिङासंगै थिसेस परेरा जस्ता खेलाडी भएपनि उनीहरुले उल्लेख्य प्रर्दशन गर्न सकेनन् । उनीहरुले ठुलो खेलमा वेस्ट ईन्डिजलाई हराएका थिए ।

प्रकाशित मिति : २१ असार २०७६, शनिबार  १२ : ३१ बजे

विश्वको समग्र आर्थिक वृद्धिसँगै असमानता गहिरिँदै गएको छ : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको सेभिया शहरमा आयोजित

प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटरेसबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसंघका महासचिव

जीबी राई पक्राउ गर्न सरकारलाई ज्ञानेन्द्र शाहीको चुनौती

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले

ह्वात्तै बढ्यो पेट्रोलियम पदार्थको मूल्य (सूचीसहित)

काठमाडौं – पेट्रोलियम पदार्थको मूल्यमा फेरि वृद्धि भएको छ। नेपाल

नेपाल लगानीका लागि उर्वर, भ्रमणका लागि सुन्दर : योगेश भट्टराई

डेनमार्क – नेकपा (एमाले)का सचिव तथा पूर्वमन्त्री योगेश भट्टराईले डेनिस