यसरी पाउन सकिन्छ नेदरल्याण्ड्सको पीआर « Khabarhub

यसरी पाउन सकिन्छ नेदरल्याण्ड्सको पीआर


२१ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

युरोपेली मुलुक नेदरल्याण्ड्समा हरेक वर्ष अध्ययन, रोजगार र भ्रमणका लागि जाने गरेका छन् । धेरैलाई त्यहीँ बसोबास गर्ने चाहना पनि हुनसक्छ ।

त्यहाँ बसोबास गर्न आवश्यक स्थायी बसोबास अनुमतिपत्र पीआर कसरी पाउने होला भन्ने पनि त्यहाँ बसोबास गरिरहेकालाई जिज्ञासा हुने गर्छ ।

कसरी पाइन्छ नेदरल्याण्ड्सको पीआर ?

नेदरल्याण्ड्सले दिने पीआर मूलतः दुई किसिमको वर्गीकरण गरिएको छ । नेदरल्याण्ड्सले युरोपेली मुलुकका नागरिक तथा नेपालजस्ता गैर युरोपेली मुलुकका नागरिकलाई गरि दुई फरक वर्गमा स्थायी बसोबास अनुमतिपत्र प्रदान गर्छ । यसअनुसार नेपालजस्ता गैर युरोपेली मुलुकका नागरिकका लागि नेदरल्याण्ड्सको पीआर पाउन युरोपेली मुलुकका नागरिकलाई भन्दा केही जटिल छ ।

गैर युरोपेली मुलुकका नागरिकले नेदरल्याण्ड्सको पीआर पाउन त्यहाँ निरन्तर ५ वर्षसम्म वैधानिक रुपमा अल्पकालिन बसोबास गरेको दस्तावेज हुनुपर्छ ।

पीआर पाउन आफूसँग आयको पर्याप्त श्रोत भएको र डच समाजमा घुलमिल भएको हुनुपर्छ । त्यस्तै, आफू डच समाज तथा राष्ट्रका लागि सुरक्षा चुनौतिका रुपमा तोकिएको हुनुहुन्न ।

यसपछि राहदानी र अन्य ट्राभल डकुमेन्ट, आय श्रोतको प्रमाण तथा डच समाजमा घुलमिल भएको प्रमाणपत्र तथा १५६ युरो तिरेर पीआरका लागि आवेदन दिन सकिन्छ ।

आवेदकले युरोपेली आयोगको मापदण्ड पूरा गरे–नगरेको त्यहाँको अध्यागमन तथा अङ्गीकृत सेवाले निक्र्यौल गर्छ । आवेदकले युरोपेली मापदण्ड पूरा गरेको निश्चित भएमा आवेदकलाई युरोपेली ‘लङ टर्म रेजिडेन्ट’ सहितको पीआर दिइन्छ । यस्तो किसिमको पीआर पाएकाहरुले युरोपेली युनियन ईयूका अन्य सदस्य राष्ट्रहरुमा समेत गएर बसोबास गर्न सक्छन् ।

तर, युरोपेली आयोगको मापदण्ड पूरा नगर्ने आवेदकलाई भने नेदरल्याण्ड्को राष्ट्रिय मापदण्डमा रही पीआर दिइन्छ । यस्तो पीआर पाउनेले युरोपेली ‘लङ टर्म रेजिडेन्ट’ जस्तो अधिक अधिकारको उपयोग भने गर्न पाउन्नन् ।

प्रकाशित मिति : २१ असार २०७६, शनिबार  ५ : ३३ बजे

भारत लैजाँदै गरेका २५ बालबालिकाको उद्धार

काठमाडौँ– भारत लैजाँदै गरेका २५ नेपाली बालबालिकाको उद्धार गरिएको छ

अध्यक्ष ओलीद्वारा एमाले नेता घिमिरेको निधनप्रति दुःख व्यक्त

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा

काठमाडौं– सरकारले बुढीगण्डकी बाढीबाट प्रभावित स्थानीय तहलाई ३ महिनाको लागि

साल्ट ट्रेडिङका सुपथ मूल्य पसलमा चिनी, नुनदेखि खाद्यान्नसम्म छुट (तस्बिरहरू)

काठमाडौं– चाडपर्वलाई लक्षित गर्दै साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले सञ्चालनमा ल्याएको

मन्त्रिपरिषद् बैठकका १३ निर्णय (सूचीसहित)

काठमाडौँ – सरकारले बाढीपहिरोका कारण अतिप्रभावित भएका बागलुङका दुई स्थानीय