सहकारीलाई कृषि क्षेत्रमा जोड्न मन्त्री अर्यालको आग्रह « Khabarhub

सहकारीलाई कृषि क्षेत्रमा जोड्न मन्त्री अर्यालको आग्रह


२१ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर– कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री पद्ममाकुमारी अर्यालले सहकारी संस्थालाई कृषि उत्पादनतर्फ जोड्नुपर्ने विचार व्यक्त गरेकी छिन् ।

अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा आज ललितपुरमा आयोजित कार्यक्रममा उनले कृषिको आयात प्रतिस्थापन गर्न सहकारी मुख्य विकल्प बन्न सक्ने बताइन् ।

मुलकभर झन्डै ३५ हजार सहकारी भएपनि कृषिमा सहकारी संस्थाको आकर्षण छैन । राज्यले कृषिलाई व्यावसायिक बनाउन अनुदान तथा सहुलियत कर्जाको व्यवस्था गरे पनि कृषिको आयात भने घटेको पाइँदैन । नेपालका सहारी संस्थासँग झण्डै रु सात खर्ब पूँजी बचत छ भने ६५ हजारले प्रत्यक्ष रोजगारी पाएका छन् ।

जुलाई ६ मा अन्तर्राष्ट्रिय सहकारी दिवस पर्छ । यस वर्ष उक्त दिवसको नारा ‘मर्यादित कामका लागि सहकारी’ भन्ने रहेको छ । प्रत्येक वर्ष नेपालमा सहकारी महासङ्घको आयोजनमा अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउने चलन छ । आजकै दिन २५औँ संयुक्त राष्ट्रसङ्घ र २६औँ राष्ट्रिय सहकारी दिवस पनि पर्छ ।

शनिवारमा ललितपुरमा तीनवटै संस्थाको स्थापना दिवसको अवसर पारेर यस वर्षको उत्कृष्ट सहकारी पुरस्कार २०७५ ललितपुरको बहुउद्देश्यीय सहकारी सङ्घलाई र उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार क्रमशः प्रदेश १ बाट शुभलक्ष्मी सहकारी संस्था लि गौरादह–१ झापालाई, प्रदेश २ मा मनोकामना बहुउद्देश्यीय सहकारी संस्था लि हरिवन सर्लाहीलाई, प्रदेश ३ मा लालिगुराँस बहुउद्देश्यीय सहकारी संस्था लि ललितपुरलाई प्रदान गरिएको छ ।

त्यसैगरी, गण्डकी प्रदेशमा आदर्श सञ्चार सहकारी संस्था लि बागलुङ, प्रदेश ५ मा सामूहिक विकास बचत तथा ऋण सहकारी संस्था लि। रुपन्देही, कर्णाली प्रदेशमा साना किसान कृषि सहकारी संस्था लि सुर्खेत र सुदूरपश्चिम प्रदेशमा किसान बहुउद्देश्यीय सहकारी संस्था लि कैलालीलाई नगद रु २० हजारसहित सम्मान गरिएको छ ।

प्रकाशित मिति : २१ असार २०७६, शनिबार  ६ : ४६ बजे

चाडपर्वमा कालोबजारी र अस्वाभाविक मूल्यवृद्धि नगर्न प्रशासनको आग्रह

महेन्द्रनगर– चाडपर्वका बेला खाद्यान्न, इन्धन तथा ग्यासको कृत्रिम अभाव, कालोबजारी,

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

यमनमा राष्ट्रपतिको कार्यालय परिसरमा हुथी समूहको आक्रमण, पाँच जनाको मृत्यु

एजेन्सी – यमनको दक्षिणी बन्दरगाह सहर एडेनस्थित राष्ट्रपतिको कार्यालय परिसरमा हुथी

चाडपर्वमा खाद्य स्वच्छता कायम गर्न होटल तथा रेस्टुरेन्टलाई विभागको निर्देशन

काठमाडौँ – खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दसैँ, तिहार र

नवरात्रको छैटौँ दिन : कात्यायनी देवीको विशेष पूजा आराधना गरिँदै

काठमाडौँ– दुर्गा पक्ष अर्थात् नवरात्रको छैटौँ दिन दसैँ घर वा