पार्टी र सरकारविरुद्ध भइरहेको आलोचनाको प्रतिवाद गर्न सांसदलाई ओलीको निर्देशन « Khabarhub

पार्टी र सरकारविरुद्ध भइरहेको आलोचनाको प्रतिवाद गर्न सांसदलाई ओलीको निर्देशन


२१ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारविरुद्ध भइरहेको आलोचनाको समूहिक ढंगले प्रतिवाद गर्न सांसदहरुलाई आग्रह गरेका छन् ।

शनिवार बसेको नेकपाको संसदीय दलको बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले राम्रो काम गर्दा प्रतिपक्षी र अन्यदलबाट सरकारमाथि आक्रमण भएको भन्दै त्यसको बचाउँ गर्न सांसदहरुलाई निर्देश दिएका छन् ।

प्रधानमन्त्री ओलीले पार्टी र सरकारसँग सम्बन्धित असन्तुष्टिलाई पार्टीभित्र राख्न सांसदहरुलाई निर्देशन समेत दिए । उनले सार्वजनिक रुपमा सरकार र पार्टी आलोचना गर्दै नहिँड्न सांसदहरुलाई आग्रह गरे ।

सांसदहरुले भने आफ्नै निर्णयबाट पछि हट्ने सरकारको कार्यशैलीले जनताप्रतिको विश्वास गुम्दै गएको भन्दै पार्टी नेतृत्वको आलोचना गरेका थिए ।

संघीय संसद भवन नयाँ वानेश्वरमा शनिबार बसेको नेकपाको संसदीय दलको बैठकमा सांसदहरुले निर्णय गर्दै पछि हटेको भन्दै सरकारको र पार्टी नेतृत्वको आलोचना गरेका हुन् ।

कुनै पनि निर्णय गर्नुभन्दा पहिला पर्याप्त छलफल गरेरमात्र निर्णयमा पुग्न सांसदहरुले पार्टी नेतृत्वलाई सुझाव दिएका छन् ।

गुठी विधेयक, आईफा अवार्ड र भारतबाट आयातित तरकारी तथा फलफूलमा प्रयोग भएको विषादी परीक्षण नगर्ने लगायत विषयमा सरकारले गरेका निर्णयहरु आलोचित भएको भन्दै सांसदहरुले त्यस तर्फ नेतृत्वको ध्यानाकर्षण गराएका थिए ।

उनीहरुले सरकारका कतिपय राम्रा कामहरु पनि पार्टीको संयन्त्र विकास हुन नसक्दा जनतामाझ लैजान नसकिएको भन्दै पार्टी एकताको काम छिटो टुंगोमा पुर्याउनुपर्नेमा जोड दिएका थिए ।

त्यसैगरी तीन तहको सरकारबीच आवश्यक समन्वयन हुन नसक्दा जनताले राज्य संञ्चालनको नया स्वरुपको पुर्ण सरकारको अनुभव गर्न नपाएको र विकास निर्माणका कार्य पनि प्रभावित भएको भन्दै सांसदहरुले त्यस तर्फ पनि आवश्यक पहल गर्न नेतृत्वलाई सुझाएका थिए ।

सरकारले संसदमा प्रस्तुत गर्ने विधेयकहरुका बारेमा संसदीय समितिमा पर्याप्त छलफल हुन नसक्दा प्रतिरक्षा गर्न नसकिएको गुनासो पनि सांसदहरुले गरेका थिए । सांसदहरु रामनारायण विडारी, कृष्ण कुमार राई, राम कुमारी झाँक्री, लेखराज भट्ट लगायतले सरकारले गर्ने निर्णयमा पर्याप्त छलफल हुनुपर्ने बताएका थिए ।

बैठकमा दुवै अध्यक्षले एक महिनाभित्र पार्टी एकताको सम्पुर्ण प्रक्रिया पुरा गर्ने विश्वास दिलाउनुभएको सांसद राम नारायण विडारीले जानकारी दिए । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आर्थिक बर्षदेखि सरकारका कामकारवाही तिब्र हुने आश्वासन दिलाए ।

प्रकाशित मिति : २१ असार २०७६, शनिबार  ७ : ३८ बजे

यू–१९ एसिया कप र विश्वकपका लागि नेपालको प्रारम्भिक टोली घोषणा

काठमाडौँ : आसन्न एसिया कप र आउँदो वर्ष आयोजना हुने आइसिसी

विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ

काठमाडौँ । प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न

युक्रेनमा नेटो सेनाको उपस्थिति अस्वीकार्यः क्रेमलिन

काठमाडौँ । युक्रेनमा उत्तर एटलान्टिक सन्धिसङ्गठन (नेटो) सदस्य राष्ट्रका सैनिक

काठमाडौंका विद्यालयदेखि हिमाली गुम्बासम्म इनलाइटको सहयोग

काठमाडौं– नेपालका विभिन्न विद्यालय, स्वास्थ्य केन्द्र, बौद्ध गुम्बा तथा हिमाली

लुम्बिनी सरकारले गर्‍यो प्रदेशसभा अधिवेशन अन्त्य

काठमाडौँ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ