यू–१९ एसिया कप र विश्वकपका लागि नेपालको प्रारम्भिक टोली घोषणा « Khabarhub

यू–१९ एसिया कप र विश्वकपका लागि नेपालको प्रारम्भिक टोली घोषणा


९ भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : आसन्न एसिया कप र आउँदो वर्ष आयोजना हुने आइसिसी यू–१९ महिला विश्वकपका लागि नेपालको प्रारम्भिक टोली घोषणा गरेको छ।

नेपाल क्रिकेट सङ्घ (क्यान)ले आज सोनी पाख्रिनको कप्तानीमा २८ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको हो। 

आगामी एसिया कप तथा यू–१९ महिला विश्वकपमा सहभागिता जनाउने नेपाली यू–१९ महिला राष्ट्रिय क्रिकेट टोलीको पहिलो चरणको क्याम्पका लागि २८ खेलाडी छनोट गरिएको छ।

क्यानले अन्तिम टोली चाँडै घोषणा गर्नेछ। क्यान सचिव पारस खड्काका अनुसार प्रथम चरणको क्याम्पमा पर्नेहरूमा कप्तान सोनी पाख्रिन, प्रथा श्रेष्ठ, रचना चौधरी, चन्द्रमाया बराल, कुसुम गोदार, रञ्जना साउद, ज्योत्सिका मरासिनी, तिर्सना विश्वकर्मा, रिया शर्मा, प्रिन्सा राना मगर, टीका साह, पूर्णिमा राजवंशी, अञ्जिला पाठक रहेका छन्। 

यस्तै, आशना चौधरी, सुप्रिया बुढा मगर, प्रतिमा साह, साक्षी यादव, आरती महतो, सावित्री धामी, मनीषा चौधरी, जयन्ती भण्डारी, आशिकाकुमारी महरा, अन्जु पार्की, सोनाम जोशी, अनु कडायत, मनीयाकुमारी उपाध्याय, साना प्रवीण र अलिसाकुमार यादवले पनि बन्द प्रशिक्षणमा मौका पाएका छन्।

उनीहरूमध्ये केही खेलाडीले सिनियर महिला टोलीको समेत प्रतिनिधित्व गरिसकेका छन्। 

प्रकाशित मिति : ९ भाद्र २०८३, मंगलबार  १० : ३८ बजे

शिक्षा प्रणालीलाई समयअनुकूल परिमार्जन गर्नुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले बदलिँदो विश्व परिवेशअनुरूप शिक्षा प्रणालीलाई परिमार्जन

पृथ्वीराजमार्गको अवरोध हटाउन सडक विभाग सक्रिय

काठमाडौं– सडक विभागले धादिङको गजुरी नजिक गलौंदीमा भासिएर अवरुद्ध भएको

खेतमा बेसार, किसानलाई बजारको चिन्ता

कञ्चनपुर– कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-१० कुतियाकवरका खडक बुढाले डेढ बिघा

ऊर्जा आपूर्ति र युक्रेन संकटबारे पुटिन–ट्रम्पबीच वार्त

एजेन्सी– रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच युक्रेन

गगन थापाको राजनीतिक यात्रा : विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म

काठमाडौँ– नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित भएका छन् ।